खेल संसार


क्रिकेटमा नयाँ नियम लागु ३ श्रावण २०७६, शुक्रबार १८:५१

काठमाडौँ, ३ साउन । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले क्रिकेट खेलमा केहि नियम परिमार्जन गरेको छ । बोर्डको बैठकले खेलको क्रममा सुस्त गतिमा ओभर सक्ने टिमको क्याप्टेनलाई कारवाहि गर्ने नियम परिमार्जन गरेको छ । परिमार्जित नियमअनुसार अब खेलमा सुस्त गतिमा ओभर सकियो भने..

पुरा पढ्नुस »

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित २९ असार २०७६, आईतवार २३:५०

काठमाडौँ, २९ असार । मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको..

पुरा पढ्नुस »

१३ औँ साग तोकिएकै मितिमा : सदस्यसचिव सिलवाल

कास्की, २९ असार । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमै आयोजना गरिने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा..

पुरा पढ्नुस »

मध्य झरीमा मेयर कप, खेलाडीको बिजोग ! (फोटो फिचर) २८ असार २०७६, शनिबार ०९:२७

निरोज कुमार थापा, रामेछाप, २८ असार । रामेछापमा अहिलेसम्मकै ठुलो पुरस्कार राशी भएको भनिएको फुटबल प्रतियोगीता जारी छ । असारको अन्तिममा मध्य झरीको ख्याल नै नगरी रामेछाप नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगीतामा १२ वटा टिम मैदानमा थिए । यीमध्ये चार टिम बाहिरिएका छन् । रामेछाप..

पुरा पढ्नुस »

न्युजिल्यान्डका कप्तान भन्छन्, ‘धोनी भारत बस्न चाहादैनन् भने हामी सोच्नेछौँ’ २६ असार २०७६, बिहीबार १३:१२

इङल्याण्ड, २६ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत न्युजिल्यान्डसित पराजित भएपछि भारतमा महेन्द्रसिंह धोनीको आलोचना भइरहेको छ । बुधबार भएको रोमान्चक खेलमा भारतलाई १८ रनले पराजित गरेर दोस्रो पटक न्युजिल्यान्ड फाइनलमा पुुगेको छ । न्युुजिल्यान्डले दिएको २४०..

पुरा पढ्नुस »

विश्वकपबाट बाहिरिएपछि कप्तान कोहलीले यसो भने

इङ्ल्याण्ड, २६ असार । विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । बुधवारको हारसँगै विश्वकपको दावेदारमध्येको एक भारतको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पराजयपछि भारतीय कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरहरूको..

पुरा पढ्नुस »

विश्वकप एशिया छनौटको फाइनल खेल्ने नेपाली टोलिको बिदाई २४ असार २०७६, मंगलवार १४:५७

काठमाडौँ, २४ असार । सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनौट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीको बदिाई गरिएको छ । पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे । नेपाली..

पुरा पढ्नुस »

एसिसि यु १९ को उपाधि नेपाललाई

मलेसिया, २४ असार । नेपालले एसिसि यु १९ को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा हङ्‍कङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस जितेर बलिंङ गरेको नेपालले हङ्‍कङलाई ९६ रन मै अल आउट गरेको थियो । खेलमा सागर ढकालले सर्वाधिक ५ विकेट लिए । ९६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा चार..

पुरा पढ्नुस »

१६ वर्षपछि भिड्दै भारत र न्युजिल्याण्ड, यस्तो छ हेड टु हेड नतिजा !

इङ्ल्याण्ड, २४ असार । विश्वकप क्रिकेटमा आज पहिलो सेमिफाइनलको खेल हुँदैछ । पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ । १६ वर्ष पछि यी दुई देश भिड्न लागेका हुन् । सन् २००३ मा यी दुई टोलि आमनेसामने भएका थिए । यी दुई देश यस वर्षको सुरुवातमा ५ एकदिवसीयको सिरिजमा भिडेका थिए ।..

पुरा पढ्नुस »

राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त २३ असार २०७६, सोमबार १५:२३

काठमाडौँ, २३ असार । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्त गरेको हो । तर यो निर्णय भने सरकारले सार्वजनिक गरिसकेको छैन । सिलवाल गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका..

पुरा पढ्नुस »

एसीसी यू–१९ क्रिकेटमा नेपाल फाइनल प्रवेश

मलेसिया, २३ असार । नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो । नेपालको..

पुरा पढ्नुस »

महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई

फ्रान्स, २३ असार । महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफको ६१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग््ता लियो ।..

पुरा पढ्नुस »

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

ब्राजिल, २३ असार । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो । ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे ।..

पुरा पढ्नुस »

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो, मेस्सीले खाए करियरकै दोस्रो ‘रेड कार्ड’ २२ असार २०७६, आईतवार ०९:३६

ब्राजिल, २२ असार । अजेन्टिनी कप्तान लियोनल मेस्सीले करियकै दोस्रो कार्ड खाएका छन् । जारी कोपा अमेरिका फुटबल प्रतियोगीता अन्तर्गत आइतबार बिहान भएको चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् । खेलमा अर्जेन्टिनाले चिलीलाई हराएर तेस्रो भएपनि मेस्सीले अहिलेसम्मको खेल जीवनमा..

पुरा पढ्नुस »

पाकिस्तानी अलराउण्डर मलिकद्धारा सन्यासको घोषणा २१ असार २०७६, शनिबार ११:५५

इङ्ल्याण्ड, २१ असार । पाकिस्तानी क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनी पाकिस्तानका अलराउन्डर क्रिकेटर हुन् । आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले वन डे करियरबाट सन्यास लिएको घोषणा गर्दै फ्यानहरुलाई धन्यवाद दिएका छन् । मलिकले..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..