बाबुराममा भन्दा प्रचण्डमा नैतिकता देखियो – मोहन वैद्य ‘किरण’


तपाईं भारतविरोधी नेता हो ?
म भारतविरोधी होइन, भारतीय उत्पीडन र हैकमको विरोधी हो । म भारतको विरोधी होइन, भारतीय जनताको विरोधी होइन । मलाई भारतविरोधी भन्नेहरू गलत हुन् । हामी अन्तर्राष्ट्रियता र राष्ट्रवादी हौं । त्यसैले हाम्रो भारतीय जनता र भारतसंग कुनै विरोध छैन । नेपालमा भारतीय उत्पीडन नहोस् भन्ने हाम्रो भावना हो । त्यो संगसंगै हामीले नेपाली दलालहरूको पनि विरोध गरेका हुन्छौं । ।
देशमा दलाल को छन् अहिले ?
नेपाल एउटा अर्धऔपनिवेशिक, अर्धसामन्ती मुलुक हो । दोस्रो विश्वयुद्धपछि प्रत्यक्ष औपनिवेशिक बनाउने चलन गयो । तर, नवऔपनिवेश सुरु भयो । अहिले कुनै देशभित्रका दलालहरूलाई हातमा लिएर उनीहरूको नेतृत्वमा सरकार बनाएर शोषण दोहन गर्ने काम हुने गर्र्दछ ।
तपाईंहरूको भारत विरोधले नेपाललाई फाइदा भएको छ ?
हामीले उठाएको विषयलाई यसरी विरोधका रूपमा नलिऊं । समस्याहरू छन्, समस्याको समाधानका लागि सरकारले विषयहरूलाई कसरी लिन्छ मुख्य कुरा त्यो हो । हामी एउटा राजनीतिक पार्टी हौ । यी समस्या छन् भनेर हामीले प्रश्न उठायौं । हिजो तिनै प्रश्न बाबुरामजीले उठाउनुभएको थियो । यदि समस्या छन् भने हल त गर्नुपर्छ नि । उतापट्टिको उत्पीडन र यतापट्टिको सरकार अब के हुन्छ हेर्न बांकी छ । तपाईं दिनदिनै समस्याहरू सुन्नुहुन्छ, यहांको सीमा मिचियो, यहांबाट स्तभ्म हरायो, त्यहांको राखियोजस्ता कुराहरू यो सब कुरा हेर्नुपरेन ?
भारतको विरोध गरेर समस्या समाधान हुन्छ त ?
हामीले भारतको मात्रै विरोध गरेको होइन । भारतीय उत्पीडनको पनि हो, यहांका दलालहरूको पनि हो । यहा“को सरकारका लागि पनि हो, सरकारले यो विषयमा खबरदारी गरोस् न त । गाडीका आवतजावतका समस्या छन्, राजस्वको समस्या छ, त्यो त समाधान गर्नुप¥यो नि ।
त्यसो भए भारतीय गाडी नेपालमा चलाउन पाइंदैन त ?
चलाउन पाइन्छ तर मर्यादामा आउनुप¥यो । मर्यादाको उल्लङ्घन गर्नुभएन, कानुनी प्रक्रिया मिलाउनुप¥यो । कैयांै ठाउंमा थुप्रैथुप्रै भारतीय सवारीसाधनहरू आउंछन्–जान्छन्, त्यहां सरकारले अनुगमन गर्न पर्दैन ? प्रक्रिया मिलाएर आओस् । कानुनी प्रक्रिया मिलाउनुप¥यो । अति भइसकेको छ । गाडीको मात्रै समस्या होइन अरू पनि समस्याहरू छन् । तर, दीर्घकालीन रूपमा यो निषेध गर्ने भन्ने कुरा हुंदैन ।
यो निर्णय फिर्ता लिन चौतर्फी दबाब छ नि, फिर्ता होला ?
निर्णय फिर्ताको कुरा नगर्नुस्, पहिला हामी समस्या समाधान भएको हेर्छौं, त्यसपछि कुरा गरौंला । हामीले सरकारलाई भनेको कुरा नै त्यही हो । दबाबको कुरा छोडनुस् । उद्योग व्यवसायीहरूले आफ्नै ढङ्गले भनिरहनुभएको छ, त्यो पनि ठीकै छ । तर, आमजनताको चाहना के छ भने नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा होस्, सम्मान होस् । तपाईं गाडीको मात्रै कुरा नगुर्नस् माथिल्लो कर्णाली किन संसद्लाई छलेर दिइयो ? अरुण तेस्रो किन सदनलाई छलेर दिएको ? कसैलाई थाहै नदिई कोसी उच्चबांध पनि गर्ने काम भएको छ । यी सारा गलत कुरा यहांका दलालहरूले गरिरहेका छन् ।
त्यसका लागि त सरकारको विरोध गर्नुप¥यो नि, भारतको विरोध गरेर हुन्छ ?
हामीले गरेकै छौं । अब समस्याको हल कसरी गर्ने भन्ने विषयमा सबै अघि आउनुप¥यो । राष्ट्रवादी शक्तिहरू पनि बाहिर आउनुप¥यो । यहां जनता, कानुन छैन, सबैलाई मिचेर जे मन लाग्यो त्यो कहां गर्न पाइन्छ ।
काङ्ग्रेस सभापतिले पनि तपाईंहरूको निर्णय फिर्ता हुनुपर्छ भन्नुभएको छ ?
ज–जसले यो आन्दोलन फिर्ता हुनुपर्छ भन्नुहुन्छ, उहांहरूले यो समस्याको समाधान पनि दिन सक्नुपर्छ । समस्याको समाधान गरौं भन्ने पक्षमा हामी छौं, दुश्मनी गर्ने पक्षमा होइन ।
भारतीय सवारीसाधनहरू के गर्दा नेपालमा निर्विवाद चल्न पाउंछन् ?
भारतीय गाडी नेपालमा आवश्यकताअनुसार चल्ने हो, निर्विवाद रूपमा चल्ने कुरा हुंदैन । नेपाली गाडी भारतमा थोरै मात्र चल्न पाउ.छन्, त्यसमा समानता त हुनुप¥यो नि । अहिलेको सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले नै ५२ सालमा यो कुरा उठाएका हुन् । अहिले पनि समस्या ज्युंकात्युं छ । नेपालमा धेरै परिवर्तन भयो, तर यी समस्या त जस्ताको त्यस्तै रहे । म सुन्दै छु सरकारले कारबाही गर्ने अरे । सरकारले कारबाही गर्ने हो कि समस्याको समाधान गर्ने हो ।
पब्लिसिटीका लागि तपार्इंले पार्टीको एजेण्डा लाद्न खोज्नुभयो भन्ने आरोप छ नि ?
लोकप्रियताको निम्ति कसैले केही गर्दैन । समस्या विकराल छ, त्यसैको समाधानका लागि कुरा उठाएका हौ“ । हाम्रो देशमा त नेताहरू यस्ता दलाल बने कि गाडीको कुरा त छाड्नुस् दिनदिनै सीमास्तम्भहरू उखेलिएका छन्, किन चुप लागेर बसेका ?
कूटनीतिक रूपमा हल खोज्नुपर्ने होइन ?
उनीहरूले ड्याङड्याङ गर्ने, उनीहरूले चाहिं कूटनीतिक रूपमा गर्नुपर्दैन, अनि हामीले विरोध गर्ने कि नगर्ने ?
भारतसंग तपाईंहरू लड्न तयार हुनुहुन्छ ?
हामी बिल्कुल लड्न तयार छैनौं । हामी कूटनीतिक रूपमा पनि जान चाहन्छौं, सबै उपाय अविलम्ब गर्न चाहन्छौं । हाम्रो यो विरोधको आवाज हो, यसलाई सबै देशभक्तहरूले सुन्नुप¥यो । सरकारले पनि सुन्नुप¥यो र समस्याको समाधान कसरी गर्ने हो भन्ने विषय आउनुप¥यो ।
तपाईंहरूको मुद्दालाई गम्भीरतापूर्वक नलिए के हुन्छ ?
गम्भीरतापूर्वक लिएन भने के हुन्छ भन्ने कुरा अहिले छाड्नुस्, हामी पनि यो विषयमा विचार गरौंला । देशको राष्ट्रिय स्वाधीनताको कुरा हो ।
भारतको विरोध गर्दैमा ठूलो राष्ट्रवादी होइन्छ भन्ने मान्यताको उपज हो भन्छन् नि तपार्इंहरूको आन्दोलनलाई ?
राष्ट्रवादी होइन्छ भन्ने कुरा नगर्नुस् । अहिले सबैभन्दा बढी नेपालमा सामान आयात पनि भारतबाटै हुन्छ । निर्यात हुने मुलुक पनि भारत नै हो । अर्थतन्त्र पनि पूरै भारतमै निर्भर छ । हामी दुई देशबीच राम्रो सम्बन्ध होस् त्यही चाहन्छौं । जहांसम्म कूटनीतिको कुरा छ, त्यो त सरकारले गर्ने हो नि हामी त सरकारमा छैनौं । हामीले त नेपालमै बसेर नेपालमा हस्तक्षेप किन भयो भनेर भनेका हौं, भारतमा बसेर विरोध गरेका त होइनौं नि । हामी भारतको राष्ट्रिय स्वाधीनताको सम्मान गर्छौं, तर हाम्रो कुरा सुनियोस् । हाम्रो मान्यता भनेको ठूलो देशले सानो देशलाई नहेपोस् ।
दशवर्षे द्वन्द्वमा त भारतले सहयोग गरेको थियो नि तपाईंहरूलाई ?
बिल्कुल त्यो कुरा थिएन । जनयुद्ध त हामीले नेपाली जनताको सहयोगमै गरेका हौं । क्रान्ति आयत–निर्यात गर्ने चिज होइन । हामीले नेपालमा नेपाली जनताको बलले लडेको आन्दोलन हो ।
१२बुंदे सम्झौता त भारतमै भएको हो नि ?
हो, तर त्यसरी हुनुहुंदैन थियो भन्ने कुरा मलाई लाग्छ ।
नेपाली राजनीतिमा सहमतिको यात्रा सुरु हुन लागेको हो ?
सहमति हुनुपर्छ । सहमति अहिलेको आवश्यकता हो । तर, त्यसका लागि बाबुरामजीले राजीनामा दिएर सहमतिको सरकार गठन गर्नुपर्छ ।
प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने नि ?
उहांले राजीनामा दिनुभएन भने सडक आन्दोलनबाटै उहांलाई फालिन्छ । २४० वर्षदेखि अडेको राजसंस्था त जनताले फाले भने बाबुरामजी को हो र ? नैतिकताको आधारमा बाबुरामजी भन्दा प्रचण्डजी धेरै माथि देखिनुभएको छ । यत्रो बबण्डर भइसक्दा पनि बाबुरामजी किन पदमा टा“सिएर बस्नुभएको छ, मलाई आश्चर्य लागिरहेको छ ।
सहमति कसरी हुनुपर्छ ?
बाबुरामजीले राजीनामा दिएर सहमतिको सरकार निर्माण गर्न बाटो खोलिदिनुपर्छ । त्यसपछि दलहरूको गोलमेच सम्मेलनबाट विवादित सबै विषयमा सहमति जुटाएर अगाडि बढ्नुपर्छ ।
पार्टी एकताको सम्भावना छ ?
हामी र प्रचण्डजीहरूबीच ठूलो सैद्धान्तिक विमति छ । सिद्धान्तमै फरक भएपछि पार्टी यथास्थितिमा एकता सम्भव छैन । अहिले एकता हुंदैन ।

१६ आश्विन २०६९, मंगलवार २०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..