१६ वर्षमुनिको क्षेत्रीय क्रिकेटको उपाधी कञ्चनपुरलाई

कन्चनपुर, ६ चैत । बैतडीमा आयोजित १६ वर्ष मुनीको क्षेत्रीय क्रिकेटको उपाधी कञ्चनपुरले उचालेको छ । आज देहीमाण्डौंस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा घरेलु टोली बैतडीलाई तीन विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधी जितेको हो । एक सय ३३ रनको विजय लक्ष्य पछ्याएको कञ्चनपुरले २९ औं ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । यसअघि पहिले ब्याटिङ गरेको बैतडीले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एकसय ३२ रन जोडेको थियो ।
कञ्चनपुरको जितका लागि नटआउट रहेका पुरनबहादुर चन्दको सर्वाधिक ६६ रनको योगदान महत्वपूर्ण रह्यो । कञ्चनपुरका भीम सार्कीले तीन तथा बीरबहादुर चन्द, कष्ण भट्ट र दीपेन्द्र चन्दले समान दुई–दुई विकेट लिएका थिए । चैत ३ गतेबाट सुरु भएको क्षेत्रीय प्रतियोगितामा कञ्चनपुर, बैतडी, डडेल्धुरा, कैलाली र बझाङको टोलीले सहभागिता जनाएका थिए । क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कञ्चनपुरका दिपेन्द्र चन्द, पुरनबहादुर सिंह टेकेन्द्र माल, भरत धानुक, निरज पोखरेल, वीरबहादुर चन्द र भीम सार्की राजधानीमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् ।

६ चैत्र २०६८, सोमबार १४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर सङ्कटको मोडमा..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..

स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्ड छलफलमा

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल..

मन्त्रिपरिषद् र स्थायी कमिटी बैठक अघि शितलनिवास पुगे प्रधानमन्त्री

काठमाडौँ, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । राष्ट्रपतिलाई..