उनको ओठमा नफापेको मुस्कान -कार्तिकेय घिमिरे

मेरो उपस्थितिले न उनलाई गलायो न हँसायो नै । हुन त मेरो हैसियत नै के छ र जसले उनलाई हँसाओस् या गलाओस् । म किन आएँ यहाँ थाहा छैन । म किन यहाँबाट जाँदैछु, त्यो पनि थाहा छैन । चारैतिर ‘थाहा छैन’ मडारिएको छ । सब थोक छ यहाँ जुन प्राप्तिको लागि म लहसिएको थिएँ । तर आज ती सब मेरा लागि निरर्थक साबित भएका छन् । मैले सोच्दै नसोचेको वस्तु पाएको थिएँ र आज गुमाएको पनि छु । किशन ! म झस्कन्छु । तन्द्रा भङ्ग हुन्छ । सोच्छु के यो त्यही सानी लीना हो । जसलाई मैले काखमा राखेर खेलाएको थिएँ । काखमा पिसाब गरिदिँदा हप्काएकै भरमा रुवाएको थिएँ या भनौँ रुवाउने गर्थे, तर आज मलाई किन उसको आँखामा आँसु देख्नु हुन्न, मन भक्कानिन्छ । किन उसको प्रस्ताव अस्वीकार्न मन लाग्दैन, किन म आफू रित्तिएर भए पनि उसलाई मुस्कान दिन चाहन्छु, त्यो पनि मलाई थाहा छैन ।
केवल मसँग प्रश्नहरू छन्, उत्तर छैनन् । जिज्ञासाहरू छन्, जबाफ छैनन् । नतमस्तक छु म, विवश छु ‘म’ भन्छन् मान्छेहरू । तर त्यो पनि म छैनँ । खै, के छ मेरो विवशता ? लीनाको नाममा एक टुक्रो जग्गा पनि छैन । लीनाकी आमाले जाने बेलामा मेरो नाम लेखी गएकी । हो, म विवश छैन । मसँग सोर्स छ, फोर्स छ, धन छ, रवाफछ, सब थोक छ, तर केही पनि छैन । यो घरमा प्रवेश गर्दा मसँग जे थियो त्यो मसँग अहिले छैन ।
ँनमस्ते अन्टी ! म किशन । तपाईको स्कूलको मास्टर । नयाँ, भर्खरैदेखि पढाउन थालेको ।” लीनाकी आमासँगको मेरो पहिलो परिचयसँवाद हो यो । नमस्तेको प्रत्युत्तरमा नमस्ते पाएको थिएँ मैले र लीना आमाको काख छोडेर लुटुपुटु गर्दै मेरो काखमा आएर बसेकी थिई त्यस दिन ।
ँअँ, मास्टरबाबू ! तपाई यो छेउको कोठामा बस्नुहोस् । यो बीचकोमा हामी आमाछोरी सुत्छौँ र उता छेउकोमा चाहिँ भान्सा गर्ने गरेका छौँ ।” यिनै सँवाद थिए ती, स्मृतिमा नाचिरहेछन् मेरा ।
एउटा मास्टर । अठार सयको नोकर । दिनभरि हड्डी घोटेर दलिन्छ । सँस्थापकलाई मोटाउन भिटामिन दिन्छ । बस, यही थियो मेरो रुटिन । लीना अब मेरी भएकी थिई ।
प्रायशः म सँगै खेल्थी । एक दिन लीनाकी ममीले मलाई भनिन्– मसँग बैङ्कसम्म गइदिनुहुन्छ ? लीना पनि स्कूल गएकी छ । हुन त तपाईलाई पनि सन्चो नभएर स्कूल नजानु भएको हो क्यारे !के भो र, ट्याक्सीमा जाउँला ट्याक्सीमा नैआउँला, हुन्न र ?” उनले एकै सासमा यति कुरा भनेकी थिइन् । मैले आँखामा हेरेँ । कपट थिएन । एउटा साथीत्व थियो । फेरि नजाऊँ पनि त कसरी ? एउटा सँस्थापकको बोली थियो त्यो । आखिर म त नोकर नै त थिएँ । शिक्षकको खोलमा ।
आज मेरा उत्सुकताहरू केही मेटिए । जिज्ञासाहरूले निकासा पाए त्यही बैङ्क गइदिनाले । लीनाका बाबु मलायाका लाहुरे रहेछन् र उनकी आमा लाहुरिनी । अनि उनी महिनैमहिना पैसा झिक्न जाँदी रैछिन् बैँङ्कमा । मलाई घोचिरहन्थ्यो यो प्रश्नले लीनाका बाबु खोइ भनेर । तर अब सेलाएको छ त्यो प्रसङ्ग पनि, ढुक्क छु म अब ।
पैसा छ त सब थोक छ भन्छन् मान्छेहरू, शायद म पनि त्यही ठान्थेँ, तर यो दुई–तीन महिनाको अन्तरालमा मैले लीनाकी आमालाई हाँसेको देख्न पाइनँ । सधैँ उदासउदास, मुर्झाएका र तड्पित आँखाहरू वेदना छादिहाल्लान् कि जस्ता करुण व्यवहारमा ।
खै, सो किन भयो त्यो मलाई थाहा छैन, तर आजकल म अलिक नजिक हुन लागेको छु । कुनै पनि समय मेरो लागि त्यो ढोका खुला हुन लागेको छ । कुनै रोकटोक छैन । मैले आफ्ना आँखा उठाएर उनलाई हेरेको छैन । आउँछु, लीनासँग पेटभरि खेलौना बनेर खेल्छु र आफ्नो कोठामा लम्कन्छु ।
एकदिन म अरु दिनको जसरी नै कोठामा प्रवेश गरेका थिएँ । लीना खेल्नमा मस्त थिई । एक्कासि लीनाकी आमा अर्थात् उनी मेरो अँगालोमा बाँधिइन् र रुन थालिन् । म दोधारमा परेँ तर सम्हालिएँ । र, सम्झाउन थालेँ । थाहा छैन मलाई मैले भन्नुपर्ने के हो, होइन तर मैले कारण नै थाहा नपाइकन आश्वासन दिएँ । जसले उनी चुप भइन्, म अचम्मित भएँ । भोलिपल्ट एउटा अचम्मको घटना घट्यो । स्कूलको प्रिन्सिपल निकालियो । खै, किन निकालियो मलाई थाहा छैन, तर उसको ठाउँमा मेरो नामको नेम प्लेट ल्याई राखियो र म त्यो कुर्सीमा बसेँ । यतिचाहिँ मलाई थाहा छ तर किन मलाई त्यो कुर्सीमा राखियो त्यो पनि मलाई थाहा छैन र मैले सोध्ने सरोकारको विषय पनि ठानिनँ त्यसलाई ।
यसरी सँस्थापकसँग म झनै नजिक भएँ तर मेरो मनमा भने अनेकौँ प्रश्नहरूको कोर्रा बज्रिरहन्थ्यो । ‘लीना ! मेरी लीना ! कति राम्री लीना !’ प्रायः यिनै सँवाद हुन्थे मेरो लीनासँग खेल्ने, जिस्किने र उसलाई हँसाउने । एक बिहान लीनाकी आमाले मलाई एक्कासि प्रश्नले प्रहार गरिन्, ँलीना चाहिँ ‘मेरी लीना’ भए लीनाकी आमाचाहिँ हजुरकाको नि मास्टरसाहेब ?” म अवाक् भएँ । मसँग उत्तर थिएन । त्यही दिन मैले पहिलो पल्ट उनको मुहारमा हेरेँ । केश बुङ्बुङ् उडेको थियो । आँखा गाडिएका थिए । सिउँदोमा सिन्दुर पनि टल्केको थिएन । चिन्ताले ग्रस्त देखिन्थ्यो मुहार । भयले तड्पित देखिन्थ्यो ढुकढुकीको गति ।
मलाई लाग्यो, म पनि त उनको केही पर्छु । अवश्य उनको र मेरो नाता छ । उनको रोटी खाएको छु मैले । तसर्थ उनको ओठमा हाँसो ल्याउन केही गर्नेपर्छ । यो मेरो दायित्व हो र अधिकार पनि । शायद मैले यही सोचेको थिएँ त्यो बेला र स्कुलको समयमा फेरबदल गरेर १०ः३० देखि ३ः३० सम्म बनाएको थिएँ । र, म अधिक समय लीना र उसकी आमालाई नै दिन थालेको थिएँ । म उनलाई हँसाउन जोडतोडका साथ जुटेको थिएँ ।
घोडा बन्थेँ, कुखुरा बन्थेँ, स्याल कराउँथे आदिअनादि गर्थे, तर मेरो त्यो गराइको अभीष्ट लीनालाई सन्तुष्टि दिन नभएर उसकी आमालाई हँसाउनुमा लक्षित थियो किनकि मैले लीनाको ओठमा हाँसो ल्याउनुपर्ने जरुरत नै थिएन । ऊ सधैँ हाँसिरहने परी थिई सुन्दरी फुच्ची ।
म अवाक् भएँ, थाकेँ । तर उनको ओठमा हाँसो आएन । म अचम्मित भएँ । अब म लीनासँग जस्तै उसकी आमासँग पनि हात हालेर जिस्किन थालेँ । उनलाई हँसाउने उद्देश्य बोकेर । मेरा हातहरू आफ्नो शरीरमा स्पर्श गर्दा उनको प्रतिक्रिया अनौठो हुन्थ्यो । उनी घुम्चन्थिन् । उनका ओठहरू खुलूँखुलूँ गर्थे तर खै, ताल्चा ठोकेझैँ पुनः दोब्रिन्थे । म अवाक् थिएँ यो देखेर ।
शनिबारको दिन थियो । छुट्टीको समय सधैँ म कवि गोष्ठीमा भौतारिन्थे । शनिवारको सवालमा चाहिँ मैले उनीहरूलाई अन्याय नै गरेको थिएँ । तर आजको शनिबार भने मैले कहीँ नजाने निधो गरेँ र अलिक बिसन्चो जस्तो भएकाले टोलाएर खाटमा बसिरहेँ ।
लीनाबाट बोलावा आयो, ँअङ्कल ! नास्ता खान आउनुस् रे !” म लागेँ बैठकतिर । साथसाथै बसेर खाना खाइयो । म आफ्नो लक्ष्यमुताबिक हँसाउन सक्छु कि भनेर पालैपालो लीना,लीनाकी आमा र आफ्नो थालबाट एक एक मुठी मकै झिकेर खाँदै अभिनय गर्नमा मस्त थिएँ । मेरा युगल आँखाहरू एक्कासि लीनाकी आमाका अनुहारमा गएर ठोकिन्छन् । केही दिनअघिकी उनी र आजकी उनीमा मलाई धेरै फरक भएको महसुस हुन्छ । म आफ्नो स्पर्शको जादू देखेर चकित पर्छु, आफ्नो कर्तव्य पूरा गरेकोमा गौरवान्वित हुन्छु र पुनः खुम्चिन्छु । सोच्छु, मैले उनीलाई हँसाउन त सकेको छैन नि !
ँलीना ! अङ्कल त अब घर जाने नि ! तिमीलाई थाहा छ ?” मेरो मुखबाट अप्रासङ्गिक रुपमा हार खाएपछि यी शब्दहरू निस्किन्छन् । उनी ठूलाठूला आँखा पारेर मलाई हेर्छिन् र दौडेर शयनकक्षभित्र छिर्छिन् । म नतमस्तक हुन्छु । मैले यो किन भनेँ, त्यो पनि मलाई थाहा छैन ।
लीना दौडिँदै आउँछे मतर्फ र मेरो कानमा फुसफुसाउँछे, ँअङ्कल ! मम्मी रोइरहनुभएको छ ।” म अचम्मित हुन्छु । मैले यहाँ आईकन उनको आँखामा आँसु पनि देखेको थिइनँ र हाँसो पनि ! त्यसैत्यसै मलाई उनको आँसुले टिलपिल भएको मुहार हेर्न मन लाग्छ । म दौडेर शयनकक्षतर्फ हानिन्छु । घोप्टो परेर सुतिरहेकी उनीलाई म आफ्ना हातहरूले स्पर्श गर्छु र आफूतिर फर्काउँछु ।
लीनाकी आमाका आँखाभरि आँसु भएको अनुहार मलाई असाध्यै मन पर्छ । म आफ्ना मुलायम औँलाले उनका आँखाको आँसु पुछिदिन्छु । उनी पागलभाँतिमा मेरो अँगालोमा कसिन पुग्छिन् । एटम पड्किएझैँ निस्कन्छन् उनका आवाजमा यी शब्दहरू, ँसर ! तपाई मलाई छोडेर जानुस् । सर ! म तपाई बिना बाँच्न सक्दिनँ सर ! प्लीज सर ! प्लीज सर ! मलाई छोडेर तपाई नजानुस् सर !” उनको डाँको छोडाइले शयनकक्ष तरङ्गित हुन्छ । म जबाफ फर्काउन सक्दिनँ उनीलाई कसेर बसिरहन्छु । केहीक्षणपछि उनी लत्रक्क भएर मेरो अँगालो छोडेर खाटमा ढल्छिन् । म उठेर हिँड्न खोज्छु । उनी हात समात्छिन । मसँग मेरो पुरुषत्व माग्छिन, मागिरहेकी छिन जस्तो लाग्छ मलाई । म केही निर्णय गर्न सक्दिनँ केही पनि र उही आफ्नो पुरानो उनको ओठमा मुस्कान ल्याउने लक्ष्य लिएर क्रियाप्रतिक्रियामा सहभागी बन्छु । भोलिपल्टको सूर्य हाँसेको हुन्छ । मेरो लागि र लीनाकी आमाको लागि । धेरै दिनदेखिको कैद भएको हाँसो खुलेर सशक्त भएको हुन्छ उनको ओठमा । निर्धक्कसाथ मेरो ओठमा जोडिन थालेको छ त्यो ओठ आजकाल । मैले खुसी हुनुपर्ने हो कि दुःखी हुनुपर्ने हो मलाई थाहा छैन । तर यति थाहा छ म आफ्नो लक्ष्यमा सफल भएको छु । उनीलाई हँसाउन सफल भएको छु । तथापि मेरो यो जीत हो, मेले हाँस्नैपर्छ ।
ँलीना ! तिम्रो डेडी को हो …. तिमीलाई थाहा छ छोरी ?” ‘थाहा छैन ममी !” ँत्यही सर त हो नि लाटी !” स्कूलबाट घरमा पाइलो टेक्दै गर्दा भित्र गुञ्जिएको यो मधुर ध्वनि सुनेर मेरो कान पाक्न थाल्छ । आकाशतिर फर्केर हेर्छु कालो बादल स्वच्छ आकाशलाई आफ्नो साम्राज्यमा निल्न उद्यत देखिन्छ तर आकाश आफ्नो केही न केही भाग सफा सेतो पार्ने अभीष्ट बोकेर निरन्तर भागिरहेको हुन्छ र बादलले लखेटिरहेको हुन्छ । यो दौड आकाशमा जोडजोडका साथ चलिरहेको हुन्छ ।
म सुस्त र थकित शरीर बोकेर बैठकमा प्रवेश गर्छु । अरु दिनको भन्दा भिन्न माया बोकेर ँबाबा” भनेर दौडँदै लीना मेरो अँगालोमा आएर बाँधिन्छे । म आँखा राताराता पारेर गहभरि आँसु लिई लीनाकी आमालाई हेर्छु । उनी मेरो आशयको अघिल्तिर झुक्छिन् र सेतो कागज मलाई भेटमा चढाउँछिन् जसमा लीनाका बुवाको एक वर्षअघि मृत्यु भएको खबर हुन्छ । त्यो एक वर्षअघिको मिति भएको दिन झलझली याद आउँछ मलाई । त्यही दिन थियो त्यो, जुन दिन लीनाकी आमा डाँको छोडेर मेरो अँगालोमा बाँधिएकी थिइन् । मैले कारण नै थाहा नपाई सम्झाएको थिएँ र त्यसको भोलिपल्ट म प्रिन्सिपल भएको थिएँ । म नतमस्तक हुन्छु । लीना मेरो अँगालोमा बाँधिएर लुटपुटिइरहेकी हुन्छे, तर उसकी ममी मेरो अनुहारमा हेर्न नसकी बिस्तारै बाहिर निस्कन्छिन् । म उनीलाई नजाऊ भन्न पनि सक्दिनँ, पर्ख भन्न पनि सक्दिनँ, दौडेर गई समात्न पनि सक्दिनँ । एक्कासि एउटी महिलाको चीत्कार सुनिन्छ । तीन तलामाथिबाट खसेको त्यो नारी स्वर धुजाधुजा भएर सडकमा पछारिन्छ र चिरनिद्रामा निदाउँछ । थाहा छैन मलाई, मैले के गर्नुपर्ने थियो, मैले ठीक गरेँ कि बेठीक ! आखिर म सम्पत्ति प्राप्तिको लागि यो घरमा छिरेको थिएँ । तर आज यो सबै मसँगै छ तैपनि केही छैन ।
म रित्तो छु, केवल रित्तो, एक्लो छु । लीना काखबाट ब्यूँझन्छे र कराउँछे, ँडेडी ! आज ममीको बर्थ डे होइन ?” मातातीर्थ जाने होइन ?” म स्वीकारोक्तिमा टाउको हल्लाउँछु ।
लीनाकी आमा मेरो अगाडि आएर ठिङ्ग उभिएकी छिन् । लीना मातातीर्थको भीडमा मस्त छे तर लीनाकी आमा मसँग गहभरि आँसु लिएर किशन ! तिमीले मलाई किन स्वीकार्न सकेनौँ, …….. किन अँगालोमा थाम्न सकेनौँ ?” भनेर बारम्बार प्रश्न गरिरहेकी छिन् । थाहा छैन मलाई मैले के गरेँ, तर जे गरेँ सबै उनीहरूकै लागि गरेँ । बस उनीहरूकै लागि गरे । आफ्नो लागि केही पनि गरिनँ । म आफ्नो लागि कहिले पनि बाँचिनँ । केवल लीना र लीनाकी आमाकै लागि बाँचे । खै मैले के गरेँ, केही पनि मलाई थाहा छैन । तर यो घर, सम्पत्ति सबै लीना र उसको प्रेमी राकेशलाई सुम्पेर म टाढा जाँदैछु । किन ? त्यो पनि मलाई थाहा छैन । कहाँ जाँदैछु ? त्यो पनि मलाई थाहा छैन । चारैतिर ‘थाहा छैन’ मडारिएको छ ।
– सूर्य डुब्ने तरखरमा मुस्कुराएको छ ।
– आफ्नो हारमा हो वा जीतमा, त्यो पनि मलाई थाहा छैन ।

कथा- चौतारीबाट

५ आश्विन २०६९, शुक्रबार २०:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..