नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधि मण्डल फ्रान्समा

पेरिस, फ्रान्स । पेरिस स्थित नेपाली राजदूतावासले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रीमती भवानी राणाको नेतृत्वमा यही १५ देखि १९ सेप्टेम्बर २०१२ सम्म फ्रान्सको भ्रणमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा गत १८ सेप्टेम्बरका दिन एक कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरु लगायत नेपाल-फ्रान्स उद्योग तथा वाणिज्य चेम्बरका अध्यक्ष श्री श्याम मोहन श्रेष्ठको पनि उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सको परराष्ट्र् मन्त्रालयका एशिया विभागका उच्च अधिकारी म्याडम भेरोनिक रोजर लकान उपस्थित हुनुभएको थियो ।

अन्य पाहुनाहरुमा सिंगापुर तथा जापानका राजदूत र स्थायी प्रतिनिधि तथा अन्य कूटनैतिक अधिकारी, नेपाल पर्यटन बोर्डका निर्देशक तथा पर्यटन मेलामा भाग लिन आउनु भएका प्रतिनिधिहरु, तुलुस स्थित अवैतनिक महावाणिज्यदूत, युनेस्कोमा काम गर्ने नेपाली फ्रान्स स्थित नेपाली संघरसंस्थाका अध्यक्षहरु, लामो समयदेखि फ्रान्समा बसोबास गर्ने नेपालीहरु उपस्थित थिए ।

पाहुनाहरुको स्वागत गर्नुहुंदै फ्रान्सका लागी नेपाली राजदूत महामहिम श्री मोहन कृष्ण श्रेष्ठले उच्चस्तरीय प्रतिनिधिमण्डल फ्रान्सको पहिलो भ्रमणमा आउनुभएको र देशका लागि आर्थिक कूटनीति महत्व रहेको सन्दर्भमा यो भ्रमण सान्दर्भिक भएको बताउनु भयो ।

उहाँले नेपालको प्राकृतिक सौन्दर्यदेखि हिमाल, पहाड, पर्यटन तथा संस्कृतिको विशिष्ट महत्व भएको कुरा दर्शाउनुहुंदै सरकारले लागु गर्दै आएको आथिक कूटनीतिका उद्देश्यहरुको पनि व्याख्या गर्नुभयो । देशमा वैदेशिक लगानीको उपयुक्त अवसर भएको औंल्याउनु भयो । सरकारले सन् २०१२र१३ लाई लगानी वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा फ्रेन्च व्यापारीवर्गलाई नेपालमा जान तथा प्रतिनिधिमण्डलका सदस्यहरुसंग विचार आदान प्रदान गर्न पनि आग्रह गर्नुभएको थियो ।

नेपाल तथा फ्रान्स बीच रहंदै आएको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल तथा फ्रान्सका व्यापारीहरुले आपसी सहयोग तथा व्यापारको दायरालाई फराकिलो गरी दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन थप योगदान दिन पनि आव्हान गर्नुभएको थियो ।

राजदूत श्रेष्ठले भगवान गौतम बुद्धको शिक्षा तथा उपदेशहरुको अहिले झन् महत्व भएकोले मानव जाति सबैले सो मनन् गरेमा दुस्ख कष्टबाट मुक्ति पाइने भएकोले ध्यानाकर्षण गराउनु भयो । यस वर्ष लुम्बिनी भ्रमण वर्ष भएको हुंदा लुम्बिनीको भ्रमणमा गई भगवान बुद्धप्रति भक्तिभाव दर्शाएर असीम शान्ति प्राप्त गर्न पनि वहांले आग्रह गर्नुभयो ।

प्र्रमुख अतिथि म्याडम भेरोनिक रोजर लकानले राजदूत श्रेष्ठ फ्रान्समा आउनु भएपछि दुइ देश बीचको सम्बन्धलाई गतिशिल बनाउन गर्दै आउनु भएको प्रयासको प्रशंसा गर्नुभै नेपाल पुनस् फ्रान्स सरकारको ध्यानाकर्षणमा रहंन थालेको हुंदा आउने दिनमा दुई देशको सम्बन्धहरुमा विकासका नयां आयामहरु थपिने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिनिधिमण्डलका नेता श्रीमती राणाले आफ्नो कम्पनी व्यापारी तथा औद्योगिक कम्पनिहरुको सर्वोत्तम निकाय भई देशको आर्थिक क्रियाकलापहरुमा सक्रिय भूमिका खेल्दै आएको तथा हाल देशमा वैदेशिक रोजगारी लागी उपयुक्त वातावरण बन्दै गएको धारणा व्यक्त गर्नुभयो ।

पेरिस चेम्बर अफ कमर्शका निर्देशक फिस्चार बाट यसरी उच्चस्तरीय प्रतिनिधिमण्डल फ्रान्सको भ्रमणमा आएकोमा खुसी व्यक्त गर्दै यो भ्रमणले दुई देशको बीचको व्यापारिक सम्बन्धलाई अझै गतिशिल बनाउन योगदान दिनेछ भनी आफ्नो विश्वास व्यक्त गर्नुहुंदै विगतमा पनि नेपाललाई सहयोग गरेको तथा आउने दिनमा पनि दुई देशको बीचको व्यापारिक सम्बन्धलाई बढावा दिन सहयोग जारी राख्ने कुरा भन्नुभयो ।

नेपाल फ्रान्स चेम्बर अफ कमर्शका अध्यक्ष श्री श्याम मोहन श्रेष्ठले फ्रान्स र नेपाल बीच रहंदै आएको व्यापारिक सम्बन्धमा प्रकाश पार्नुहुंदै आउने दिनमा यो सम्बन्धलाई अझ उचाईमा पुर्याउन नेपाली तथा फ्रेन्च व्यापारीहरु मिलेर काम गर्नुपर्ने भनी भन्नुभयो ।

नेपाल उद्योग बाणिज्य संघ र पिसिसिआईले एक समझदारीपत्रमा पनि सहि गरी आपसी सम्बन्ध बढाउने सहमति गरेको थियो । श्रीमती राणा तथा फिस्चरले आ-आफ्नो संस्थाको तर्पबाट सहि गरेका थिए ।
कार्यक्रमको अन्त्यमा राजदूतावास, नेपाल उद्योग बाणिज्य संघ र पिसिसिआई तथा उद्योग बाणिज्य संघ फ्रान्सले अर्को वर्ष सन् २०१३ को अप्रिल र मे महिनामा सरकारको आर्थिक कूटनीतिका उद्देश्यहरु मध्ये एक प्रमुख उद्देश्य निकासी प्रबद्र्धनलाई ध्यानमा राखी एक व्यापारिक मेलाको आयोजना गर्ने कुरा पनि तय गरियो ।

अन्त्यमा पाहुनाहरुले नेपाली खानाको रात्रीभोज ग्रहण गर्नुभएको थियो । सुमधुर नेपाली संगीतले वातावरणलाई रमाइलो बनाएको थियो ।

 

५ आश्विन २०६९, शुक्रबार २०:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..