सन्फ्रान्सिस्कोमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न

धन दवाडी । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) को आयोजनामा यही सेप्टेम्ब र १५, २०१२ मा सन्फ्रान्सिस्को स्थित ॐ मन्डला हलमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम करीब ७ बजे बेलुका सुरु भई करिब ११ बजे सम्म चलेको थियो । रातो चोलो र रातै सारिमा रहेका दिदी बहिनी हरुले भरपुर्ण रुपमा नाच गान गरी आनन्द लिएका थिए ।

महिला समाज शेवी सुश्री कमाला प्याकुरेलको प्रमुख आतिथ्य तथा नान्सका सल्लाहकार श्री मती गिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमका संयोजक श्रीमती सङ्गिता शर्मा गुरुङले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा नान्सका सभापति घन प्रसाद दबाडीले नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया ले हरेक बर्ष तीज कार्यक्रम भब्य रुपले मनाउने कुरा आस्वस्थ पार्नु भएको थियो भने कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पुर्णलाई धन्यबाद दिनु भएको थियो । कार्यक्रममा कारीब २५० को उपस्थित रहेको थियो ।

कार्यक्रम दुइ भागमा सन्चालन गरिएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रम संस्थाका महासचिब सुरेन्द्र मल्लले सन्चालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम श्रीमती मिनु भण्डारीले सन्चालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा समाजका बिभिन्न ब्यक्तित्वहरु नान्सका सल्लहकार यान राइ, सल्लाहकार ईश्वर सिटौला, सल्लाहकार उत्तम कार्की, बयो बृद्द समाजसेवी कृती मान गुरुङ्, ल्ब्न्ऋ का सभापति मणी नेपाली पनेरु, सनी सगरमाथा समाजका सभापती ईश्वर सापकोटा, तमु समाजका सभापती गम गुरुङ्, महिला पर्बतारोही उषा बिष्ठ, समाज सेवी हरिहर दाहाल, लाईन्सका पूर्व सभापती चन्द्र धिताल, तामाङ कोप्रेसन सोसाइटिका उप सभापती कुमार दोङ, मदर्ल्यान्ड नेपालका उपसभापती नारायण बस्नेत, समाज सेवी अशोक गौतम्, समाज शेवी बिष्णु शाह, लगायत ल्ब्ल्ऋ कार्यसमितीका उप सभापती दिनेश पोख्रेल, सेकेन्ड उप सभापती चन्द्र शेर्चन, कोषाध्यक्ष प्रेम लामा तथा कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती थियो ।

उक्त कार्यक्रममा दर ब्यबस्थापनको लागी नेहरु गिरि, सन्जिब राणा, मदन सिंह, चन्द्र सेर्चन, हरी कार्की, रमा शर्मा, धन माया खनाल, खुशा राई, हेमा पनेरु, अरुणा खड्का, शर्मिला खड्का, लालिता शेर्चन्, सुजाता शेर्चन, कल्पना लामा, कमाला लामा तथा मिनु भन्डारी को योगदान रहेको थियो । कार्यक्रममा डि जे को ब्यबस्था तथा ब्यबस्थापन बुद्ध लो र गेलु शेर्पा बाट भएको थियो ।

४ आश्विन २०६९, बिहीबार २०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..