देशद्रोही कहलिनुपर्नेलाई किन दिइयो राष्ट्रिय सम्मान ? – दीर्घराज प्रसाईं


नेपाललाई कहिले पनि विदेशीले बिटुलो बनाउन सकेका थिएनन् । युगयुगदेखि यसले आफ्नो अस्मिता जोगाएर राख्दै आएको हो । तर, ०६३ सालपछि नेपालको अवस्था अर्कै छ । नेपालको अस्मिता, एकता र पहिचान समाप्त पार्न नेपाली नै गोटी बनेको दुर्दिन देख्नुपरेको छ ।
यसका लागि माओवादी अग्र्रस्थानमा छन् । माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराई नै प्रमुख गोटी बनिरहेको समयले सिद्ध गर्दै आएको छ । यिनै नेपाली कम्युनिस्टहरूले रामशाह तथा तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक फोरे । प्रचण्ड र बाबुरामको राष्ट्रघाती चरित्रको पूर्ण जानकारी भएर नै माओवादी नेता मोहन वैद्य, देव गुरुड, सीपी गजुरेलहरूले भनिरहेका छन् कि यी ‘दलाल’हरूलाई अब नेपालबारेमा निर्णय गर्ने कुनै अधिकार छैन । उनीहरू देशघाती रहेका पछिल्लो प्रमाण रामराजाजस्ता ‘देशद्रोही’लाई बित्थामा राष्ट्रिय सम्मान दिएपछि खुलस्त भएको छ ।
०४७ सालपछि काङ्ग्रेसका गिरिजादेखि प्रारम्भ भएको राष्ट्रघात ०६२÷६३ सालपछि माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईमार्फत उत्कर्षमा पुगेको छ । बाबुराम भट्टराई एक टेक्नोक्य्राट हुन्, उनलाई नेपाली राष्ट्रियताबारे कुनै ज्ञान नभएकाले यहांका पहिचान, संवेदनशील मान्यताहरू तोड्नमा सशक्त छन् । माओवादी नेता बाबुराम भट्टराई पनि क्रिश्चियन भएकाले उनको इशारामा उनी क्रिश्चियनप्रति कृतज्ञ र लोयल हुनाले उनका कार्यकर्ताले गाई खाटेर खाएकोमा पनि पटक्कै बेखुसी छैनन् । कैयौं मन्दिर भत्काइयो, सत्रौं हजार नेपाली मारिए । हिन्दूवादी शिक्षक, पत्रकार, किरियापुत्रीसमेतको हत्या गरियो । यिनै माओवादी बाबुराम भट्टराईको सक्रियतामा दाङको स्वर्गद्वारीको जग्गा कब्जा गरियो । स्वर्गद्वारीको १६ बिघा जग्गा माओवादीले अझसम्म फिर्ता गरेको छैन । यस्ता क्रियाकलाप कसको आडमा गरियो ? यो खोज्नु देशभक्त नेपालीको कर्तव्य भएको छ ।
यतिबेला बाबुराम भट्टराईलाई अहिले हरेक सञ्चारमाध्यमले शङ्काको दृष्टिले हेर्न थालेका छन् । प्रधानमन्त्रीसम्म भएका बाबुराम भट्टराई इतिहासकै सबैभन्दा ठूला देशद्रोहीका रूपमा चिनिन पुगेका छन् । ०६३ सालको आन्दोलन विसर्जन भएलगत्तै उनले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नमनाउन दबाब दिएर खारेज गराए, ४० लाख विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने काम गरे । प्रधानमन्त्री भएको १० दिन नपुग्दै उनले नेपाली राष्ट्रिय पोसाक खारेज गराए । केही दिनपछि प्रजातन्त्रका प्रवत्र्तक राष्ट्रपिता त्रिभुवनको सालिक भत्काउन आदेश गरे । यस्ता अपराधबाहेक उनले नेपालको हितमा एउटा पनि काम गर्न चाहेका छैनन् । माओवादी बाबुराम भट्टराई र नेपाली काङ्ग्रेसका कृष्ण सिटौलाको पार्टी फरक रहे तापनि उनीहरू दुवैको राजनीतिक घर एकै भएकाले नेपालको अधोगति गराउन सजिलो बन्न गएको हो ।
त्यस्तै देशद्रोही दलालमध्ये नेपालमा राजतन्त्रविरुद्ध सक्रिय हुने अर्का दलाल थिए रामराजाप्रसाद सिंह । उनी गत भदौ २७ गते बिते । तर, ती ‘आतङ्ककारी’ रामराजाप्रसाद सिंहलाई बाबुराम भट्टराईको देशद्रोही सरकारले १३ तोपसहितको राजकीय सलामी दिएर आर्यघाटमा दाहसंस्कार गराए । यो राष्ट्रघाती र लज्जास्पद काम भएको छ । यस्ता व्यक्तिहरूलाई राज्यले राजकीय सम्मान दिनु भनेको नेपाली राष्ट्रियतामाथिको खेलबाडबाहेक केही हुन सक्तैन । रामराजाप्रसादले अधिकांश समय भारतको पटनास्थि आफ्नै घरमा बिताए । रामराजाप्रसाद पहिलो गणतन्त्रवादी पनि होइनन् । उनीभन्दा अगाडि कति कम्युनिस्ट नेताहरू छन् जसले गणतन्त्रको माग गरेर मरे । प्रधानमन्त्री बनेपछि चार अमर सहिद रहेको स्थानमा नगएर पहिलो गणतन्त्रवादी कम्युनिस्टको सालिकमा माल्र्यापण गर्न पुगे भट्टराई । तर, अहिले बाबुरामले ती सबै कुरा बिर्सेर कसको दबाबमा एक आतङ्ककारीलाई राज्यबाट सम्मान दिएर प्रथम गणतन्त्रवादी नेताको राष्ट्रिय गौरव सम्मान दिलाए ? माओवादीले ०६४ सालमा राष्ट्रपतिको निर्वाचनमा रामराजाप्रसादलाई उठाएको थियो तर उनी हारेका थिए । ०२८ सालमा स्नातक निर्वाचनमा संविधानको विरोध गर्दै उठेको तर संसद्मा एक दिन पनि काम नगरेको व्यक्तिलाई राज्यले राजकीय सम्मान दिन कुनै हालतमा मिल्ने कुरा होइन । सिंहदरबारमा आगो लगाउने, संसद् सचिवालयमा बम प्रहार गर्नेलाई राष्ट्रिय सम्मान दिलाउने हो भने भोलिका दिनमा के यो देश सुरक्षित रहन्छ ? यस हिसाबमा प्रधानमन्त्री बाबुराम भट्टराई दण्डका भागीदार छन् कि छैनन्, यसको निक्र्योल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यका स्थायी अङ्गहरूले आ–आफ्नो दायराबाट गरून् भन्ने पङ्क्तिकारको आग्रह छ ।
यसरी, यस्ता व्यक्ति मरेपछि पनि अनावश्यक रूपमा राष्ट्रिय मान्यताको उपहास गर्दै १३ तोपको सलामी, आर्यघाटमा सम्मान र गणतन्त्रको पिता भन्दै राजकीय सम्मान दिने यो सरकारलाई कहां अधिकार छ ? सैनिक अड्डाअगाडि १३ तोपको सलामीमा वर्तमान सैनिक प्रमुख गौरवशमशेरलाई जानकारी थियो कि थिएन ? थिएन भने नेपाली सेनाले पनि यसको स्पष्टीकरण लिन सक्नुपर्छ ।

२ आश्विन २०६९, मंगलवार १९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..