नयां नेपाल होइन नयां नेतृत्व – सुनिता शाह

यो देशमा एकपल्ट ‘नयां नेपाल’ भन्ने शब्द निकै चर्चित थियो । मुलुकमा लोकतन्त्र आएपछि के–के नै होला भनेर नेपाली जनताले यो शब्दलाई निकै मन पनि पराएका थिए । तर, नयां नेपालको नाममा नयां नेताहरू आफैं बन्नका लागि त्यो शब्दजाल बुनिएको रहेछ भन्ने कुराचाहि“ नेपाली जनताले बल्ल थाहा पाएका छन् । विश्वमै राम्रो मानिएको २०४७ सालको संविधानलाई लत्याएर नयां संविधान निर्माण गर्ने नाममा यो देशमा धेरै कुरा भए । तीमध्ये सबैभन्दा स्थापितचाहिं कुशासन नै बन्यो । लोकतन्त्र र सुशासनका नाममा यहां कुशासनको सुरुवात मात्र भएन यसलाई स्थापित गर्न नेताहरू ज्यान दिएर लागे र अझै लागि नै रहेका छन् । अनेक आरोह–अवरोह पार गर्दै अगाडि बढेको यो सानो मुलुकले माओवादी युद्ध सुरु भएपछि धेरै नै कष्ट सहनुप¥यो । माओवादीका नाममा यो मुलुकमा के भएन ? लुटपाट, कुटपिट, विस्थापन, अपहरण, हत्या धेरै कुरा भए । दश वर्षको माओवादी युद्धकालमा देश र जनताले नसोचेको ठूलो मूल्य चुकाए तर अहिले जनताले के पाए ? अभाव, महंगी, कुशासन यस्तै–यस्तै कुरा जनताले पाए भने मुलुक राष्ट्रियता नै गुम्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्थामा पुग्यो । गरिबका नाममा राजनीति गरेका माओवादीका नेताहरू अहिले रातारात धनी बने, तर जनता जहांको त्यहीं छन् । विगतमा उपभोग गर्दै आएका कुरा पनि उपभोग गर्न नसक्ने अवस्थामा जनतालाई पु¥याइएको छ ।
नयां नेपालका नाममा राजाका सालिकहरू भत्काइए । अरू त अरू बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकलाई समेत बांकी राखिएन । जसले यो मुलुक बनायो उसैको सालिक भत्काएर नयां नेपाल बनाउनेले ठूलो बहादुरीझैं गरेका थिए । माओवादी युद्धकालमा कति मठ–मन्दिरसमेत भत्काइए । हिन्दूधर्ममाथि सीधै खेलवाड गरियो । अचम्म त के भने त्यतिबेला जति भत्काइयो ती सबै मन्दिरहरू मात्रै थिए, मस्जिद या चर्चमा कुनै प्रकारको हमला गरिएन । त्यसबाट पनि हिन्दूधर्ममाथि माओवादीले सुरुदेखि नै रणनीतिक तरिकाले प्रहार गरेका थिए भन्न सकिन्छ । यो मुलुकलाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बनाउनका लागि माओवादीको सुरुदेखिको चाललाई कांग्रेस–एमालेले समेत साकार रूप दिए । त्यसको परिणाम अहिल हामी नेपालीको मौलिक संस्कृति लोप हुने क्रममा छ ।
पुराना धरोहरहरूलाई देख्न नसक्ने तर राणा–शाहले बनाइदिएका तिनै पुराना भवनहरूमा बसेर राज्य गर्नुपर्ने माओवादीले अरू त अरू सिंहदरबारभित्र रहेको ऐतिहासिक पुतली बगैंचालाई समेत छोडेनन् । जुद्धशमशेर युरोप भ्रमणमा जांदा त्यहांको बगैंचा देखेर प्रभावित भई यहां फर्किएर पुतली बगैंचाको निर्माण गर्न लगाएका थिए । तर, अहिले यो ऐतिहासिक बगैंचालाई मासेर योजना आयोगको भवन बनाउने तयारी भइरहेको छ । ऐतिहासिक संरचना जति सबै भत्काउने योजना बुनेरै आएका माओवादी नेताहरूका लागि यो बगैंचा आंखी हुनु स्वाभाविकै हो । तर, नेपाली जनताका लागि यस्ता कुराले निकै महŒव राख्ने हुंदा कुनै हालतमा यो कार्य गर्न दिनुहुंदैन । प्रधानमन्त्री बाबुराम भट्टराई, अध्यक्ष प्रचण्डलगायतका माओवादी नेताहरूले बुझ्नुपर्छ कि राष्ट्र लुट्न जति सजिलो छ, यस्ता ऐतिहासिक संरचनाहरू ध्वस्त पारेपछि पुनर्निर्माण गनु त्यत्तिकै गाह्रो छ । त्यसैले नयां नेपाल भन्ने शब्दलाई नै बदनाम गर्न सफल नेताहरूलाई एउटा अनुरोध छ कि यसप्रकारका संरचना जति बांकी छन् कृपया हाम्रा सन्ततीहरूका लागि बांकी राखिदिनुस्, उनीहरूलाई आफ्नो मुलुकको इतिहास बुझ्नका लागि केही कुरा बांकी राखिदिनुस् ।
नयां नेपालका लागि पुराना संरचना भत्काएर मात्र हुंदैन, नयां सोच, जोस र मुलुक बनाउने नयां रणनीति चाहिन्छ । पञ्चायतकाललाई कालरात्रि भन्दै जतिसुकै गाली गरे पनि त्यतिबेला केही कुराहरू अवश्य राम्रा थिए । राजनीति र नेताहरूप्रति जनताको यति धेरै घृणा पनि त्यतिबेला थिएन । बोलेको कुरा पु¥याउनुपर्छ भन्ने धारणा मानिसमा थियो । अहिलेका मन्त्रीको भन्दा कैयन गुणा बढी इज्जत एउटा प्रधानपञ्चको थियो । अहिले राजनीति गर्छु भन्नै लाजमर्दो अवस्थामा राजनीतिलाई पु¥याउने श्रेय पनि यिनै नेताहरूलाई जान्छ । माओवादी सरकारमा आएपछि के–के नै होला भनेर राहतको आशा गरी बसेका नेपाली जनता अब भ्रमबाट मुक्त भइसकेका छन् । यो भ्रमबाट मुक्तिसंगै उनीहरू राजनीतिबाट दिक्क पनि भइसकेका छन् । यही तरिकाले नेपालको राजनीति अगाडि बढ्ने हो भने केही वर्षपछि राजनीति भन्ने कुरा राम्रा मानिसले गर्न त होइन सुन्न पनि चाहंदैन । त्यसैले मुलक चलाउनका लागि यसप्रकारको गाईजात्रे राजनीति नभएर स्वच्छ र निश्वार्थ राजनीति गर्नेहरूको जमातले हस्तक्षेप गर्नु जरुरी छ । मुलुक चलाउनका लागि एउटा संविधानसमेत दिन नसक्नेहरूको नेतृत्व अब जनतालाई चाहिएको छैन । त्यसैले नयां होइन पुरानो नेपाललाई जस्ताको तस्तै जोगाउंदै नयां–नयां अवधारणाबाट देशलाई अगाडि बढाउने संकल्प बोकेकाले अबको नेतृत्व लिनुपर्छ ।
(लेखिका शाह राष्ट्रिय जनशक्ति पार्टी महिला संगठनकी अध्यक्ष हुन्)

३१ भाद्र २०६९, आईतवार २०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार

काठमाडौँ, २८ असार । आइतबार विदेशबाट ८८४ नेपालीको उद्दार गरिएको छ । ३ वटा विमान कम्पनीका ६ उडानमार्फत ८८४ जना नेपालीको उद्दार गरिएको..

वर्षाले तराईको जनजीवन प्रभावितः सर्लाही र सप्तरीमा डेढ सय परिवार विस्थापित

सर्लाही, २८ असार । वर्षाका कारण आएको बाढीले सर्लाहीको मलंगवा नगरपालिकाका २७ घर डुबानमा परेको छ । पाँच घर भत्केर..

विदेशबाट हुँदै आएको उद्दार उडान २ दिनलाई स्थगित

काठमाडौँ, २८ असार । कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपालीको उद्दार गर्न हुँदै आएको चार्टड उडान सोमबार र..

म्याग्दीको पहिरोमा पुरिएर मर्नेको संख्या २७ पुग्यो

म्याग्दी, २७ असार । म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु..

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९..