बैद्य पक्ष शान्ति र संविधान विरोधी हुन्

हरिबोल गजुरेल, नेता नेकपा एमाओवादी
० बैद्य पक्षले सरकार ढाल्न सडकदेखि सदनसम्म संघर्ष गर्ने अरे नि ?
– बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर उहाँहरुले नै धोबीघाटमा निर्णय गर्नुभयो, अध्यक्षलाई दबाब दिनुभयो । उहाँहरुले नै बनाउन दबाब दिएको सरकारलाई आफै गिराउनु हुन्छ भने यो भन्दा हास्यास्पद कुरा अरु के हुनसक्छ र ?
० के कारणले यस्तो भइरहेको छ ?
– हामीले पनि बुझिरहेका छैनौं, के कारण हो ? बाबुरामबारे उहाँहरु अनविज्ञ हुनुहुन्न् । मलाई लाग्छ, उहाँहरु व्यक्तिगत आक्रोस, डाह र जलनमा हुनुहुन्छ । अध्यक्षका विरुद्ध बाबुराम उभिएको भए उहाँहरुलाई ठीक हुन्थ्यो । अध्यक्ष र बाबुरामबीच एकता भएपछि उहाँहरुलाई डाह र इश्र्या भयो । त्यसलाई बिथोल्न उहाँहरु विभिन्न ढंगले लागिरहनुभएको छ ।
० यो सरकार जनघाती र शान्ति विरोधी हो अरे नि ?
– यो सरकार राष्ट्रघाती भए, राष्ट्रवादी सरकार बनाउने खाका उहाँहरुले अगाडि सार्नुप¥र्यो नि त ?
० बैद्य पक्षले उठाएको विषयवस्तुले पार्टीमा कस्तो असर पर्छ ?
– स्वभाविक रुपमा माओवादी पार्टी एकीकृत छ । एकीकृत पार्टीभित्र विवाद आइरहेको छ । यो विवादमा वैचारिक र राजनीतिक पक्ष पनि जोडिएको छ । चिन्तन र प्रवृत्तिका विषय पनि जोडिएको छ ।
० नेतृत्व पक्षलाई कार्यकर्ताले चुनौति दिइसके नि ?
– पार्टीले अघि सारेको प्रधानमन्त्रीविरुद्ध उहाँहरुले मोर्चा कस्ने कुरा गरिरहनुभएको छ, त्यसलाई के भन्ने ? उहाँहरुले कसलाई देख्नुभएको छ, त्यो अमूर्त छ । उहाँहरुले यो यो शक्ति गणतन्त्रवादी हो, माओवादीको नेतृत्व होइन भन्न सक्नुप¥यो । त्यदि त्यो भयो भने एउटा बहस हुनेभयो । फेरि अर्को धोबीघाट बनाउने एउटा चाहना थियो, त्यो पूरा भएन ।
० कस्तो धोवीघाट ?
– अध्यक्षले बाबुरामलाई हटाउनुपर्छ भनिदिएपछि मिलेर फेरि अर्को धोबीघाट गठबन्दन गर्ने उहाँहरुको चाहना थियो । त्यो पनि सफल हुनसकेन । शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउनेभन्दा पनि बिथोल्नका लागि यथास्थितिवादी, प्रतिगामी शक्तिसँग उहाँहरुको अप्रत्यक्ष रुपमा उहाँहरु जोडिनुभएको छ भन्ने हामीलाई लागिरहेको छ ।
० बैद्य पक्षहरुको प्रतिगामी शक्तिस“ग साठगाठ छ ?
– साँठगाँठ होइन, प्रतिगमामी शक्तिले उहाँहरुलाई उपयोग गरिरहेको छ । कनकमणी दीक्षितका लेख र उहाँहरुको अभिव्यक्ति मिलिरहेका छन् । त्यसकारण शान्ति र संविधान विरोधी पक्षसँग उहाँहरुको कतै न कतै तालमेल छ ।
० तपाईंको पार्टीभित्र अनुशासनको कारबाही हुन्छ ?
– पार्टीभित्र अनुशासनको कारबाही हुन्छ, तर विशिष्ट घटनाहरु अगाडि आउँछन् । माओवादीभित्र यस्ता घटनालाई हामी नौलो ठान्दैनौं ।
० पार्टीभित्रका यस्ता घटनालाई पुरानै डर्रामा हेर्न मिल्छ र ?
– शान्ति र संविधानविरुद्ध नै उहाँहरु उभिनुभयो भने एकताको कुनै अर्थ रहदैन । पार्टी एउटै रहिरनुको कुनै अर्थ छैन । शान्ति र संविधान हाम्रो पार्टीको मिसन हो, त्यहाँ अवरोध भए पनि पार्टी अगाडि बढ्छ । २०५० सालमा तत्कालीन एकताकेन्द्र फुट्यो । एउटा जनयुद्धमा जाने अर्को नजाने भयो । जनयुद्धमा जाने माओवादी भएर अगाडि बढ्यो । अर्को गएन । त्यो बेलाको फुट आवश्यक थियो । अहिले शान्ति प्रकृयामा जाने कि नजाने ? नजाने हो भने त्यो फुटले केही असर गर्दैन । शान्ति र संविधानको पक्षमा उहाँहरु हुनुहुन्न भने पार्टी एक भएर जादैन ।
० संयुक्त जनसंघर्ष समिति छ तपाईंहरुको पार्टीभित्र ?
– छैन, तर उहाँहरुले बनाउनुभएको रहेछ ।
० समिति पार्टीले बनाएको, त्यसको संयोजक आपूmलाई बनाएको घोषणा सीपीजीले गर्नुभएको नि ?
– आधिकारिक हुनुका लागि पहिले उहाँहरुले पार्टी फुटाउनु प¥र्यो नि । अहिले एउटै पार्टी छ, कसरी त्यस्तो बनाउनुहुन्छ ।
० अनुशासनहीन भएन ?
– अनुशासनहीन मात्र होइन, अराजकताको पराकाष्ट पनि हो ।
० तपाईं बाबुरामको विकल्प खोज्नुहुन्छ ?
– शान्ति प्रकृया अहिले बाबुराम भट्टराईकै नेतृत्वमा अगाडि बढिरहेको छ । हामीले राष्ट्रिय सहमतिका लागि पहल गरिरहेका छौं । संविधान निर्माणमा सुनिश्चित र शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउने कुरामा छलफल भइरहेको छ । राष्ट्रिय सहमतिको वातावरण नबनेसम्म बाबुराम भट्टराईको सरकार कायम रहिरहन्छ ।
० अविश्वासको प्रस्ताव वैद्य पक्षले ल्यायो भने तपाईंहरु के गर्नुहुन्छ ?
– उहाँहरुलाई पार्टीले कारबाही गर्छ । बाहिर विरोध गर्ने कुरामा पार्टीमा स्पष्ट नीति नै छ, व्यवहारमै उहाँहरुले अप्ठ्यारो पार्नुहुन्छ भने त्यहाँ त पार्टीले कारबाही गर्नैपर्छ ।
० एक साताभित्र प्रधानमन्त्रीको राजीनामा गराउछु भनेर अध्यक्षले बैद्य पक्षलाई मनाउनु भएको थियो अरे नि ?
– होइन, राष्ट्रिय सहमतिका लागि पहल भइरहेको छ, राष्ट्रिय सहमति बनेपछि बाबुरामजीले राजीनामा दिनुहुन्छ भन्नुभएको थियो अध्यक्षले । राष्ट्रिय सहमतिको सरकार यसरी बन्छ भनेर उहाँहरुले भन्नुप¥र्यो कि, बहुमतको सरकार यसरी बन्छ भनेर विकल्प दिनुप¥र्यो । अहिलेको अवस्थामा बाबुरामले राजीनामा दिँदा देश झन अन्योलमा फस्छ । राष्ट्रिय सहमतिका लागि अध्यक्षले पहल गरिरहनुभएको छ । तर उहाँहरुलाई वाहाना चाहिएको थियो, त्यही बाहाना बनाएर शान्ति र संविधान बिथोल्न उहाँहरु खोजिरहनुभएको छ ।
० २ करोडको विवादलाई कसरी हेर्नुभएको छ ?
– अध्यक्ष र अध्यक्षको परिवारको विषयमा हरेक ढंगले विवाद भइरहेका छन् । कमीकमजोरीमा विवाद गर्नु स्वभाविक थियो, तर अहिले कमीकमजोरी नभएको अवस्थामा शान्ति र संविधानको अभियानमा अध्यक्षको छोरा लुम्बनीदेखि सगरमाथाको यात्रा गर्नु, कृष्ण केसीको नेतृत्वमा त्यो कार्यक्रम गर्नु राम्रो कुरो थियो । यस्तो राम्रो अभियानको विरोध हुनुहुदैन थियो ।
० विरोधको पछाडि के हुनसक्छ ?
– अध्यक्षको परिवारले केही गर्दा पनि सुख नहुने भयो । प्रकाशको कुरो होइन, कृष्ण केसीको कुरो थियो, अध्यक्षको परिवारलाई किन जोडियो ।
० दिने प्रकृया ठीक भएन भन्छन् नि ?
– प्रकृया मिल्यो, मिलेन त्यहाँ बहस हुनुप¥यो नि । प्रकाशलाई जोडेर किन बहस गर्ने ? व्यक्तिलाई निरास बनाउने, जताबाट पनि घेराबन्दी गर्ने हुँदैन, त्यसले राम्रो गर्दैन । नराम्रो काम गर्दा आलोचना गर्नु ठीक हो ।
० सगरमाथा चढ्ने जोसुकैले पैसा पाउने भयो ?
– पाउने नपाउने कुरा छोड्नुहोस् । भोलि नपाउन पनि सक्छ ।
० नेताको छोराले पाउने अरुले नपाउने भन्ने हुन्छ ?
– विषय त्यो होइन, दिनु हुन्न भन्नु प¥यो नि । कर्मचारीले पनि पैसा लिएर गए, सगरमाथा आरोहण गरे । नीतिमा छलफल गर्न सकिन्छ । तर प्रकाशलाई जोडर बहस गर्नु भनेको प्रचण्डविरोधी अभियान हो । कोही सचेत ढंगले लागेका छन्, कोही अचेत ढंगले भ्रममा परेर लागिरहेका छन् । घर भाडामा लिएर बस्यो, त्यही विवाद हुन्छ । जनताप्रति अध्यक्ष प्रचण्डको बढ्दो इमेललाई समाप्त गर्न कोही लागिरहेका छन् ।

५ चैत्र २०६८, आईतवार ०९:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..