खुमबहादुरको पक्षमा किन उभियो कांग्रेस ? – कुमार रेग्मी

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा ३२ श्रावण २०६९ मा बसेको केन्द्रिय कार्यसमितिको बैठकले वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्तावमा सर्वसम्मतिका साथ कांग्रेसका पुराना नेता खुमबहादुर खड्का विरुद्धमा दुई दिन अघि सर्वोच्च अदालतले भ्रष्ट्राचारको मुद्धामा सफाई दिइएको शुरु फैसला उल्टाई दोषि ठहरयाउनु अन्यायपूर्ण भएको ठहर गर्दै त्यसका विरुद्धमा पुनरावलोकनमा जाने निर्णय गरयो । बैठक शुरु हुनुअघि कांग्रेसका ७४ जिल्ला सभापतिहरुको समर्थनमा आफ्नो नेतामाथि भएको अन्याय विरुद्ध निर्णय गर्न केन्द्रिय नेतृत्व माथि थेगि नसक्ने चर्को दवाव परेको थियो । छुटेका पचहत्तररौं पर्सा कांग्रेस सभापति सुरेन्द्रप्रसाद चौधरीले सोहि दिन सांझ फोन गरेर यो विषयमा खुमबहादुरको पक्षमा रहेको जानकारी गराएपछि कांग्रेसका सम्पूर्ण जिल्ला नेतृत्व सहित केन्द्रिय कार्यसमिति उनको पक्षमा उभिएको स्पष्ट देखियो । धेरैका लागि यो एउटा कल्पनातीत मात्र नभएर अभूतपूर्व स्थिति रहन गयो ।
आखिर नेपाली कांग्रेस संस्थागत रुपमा सर्वोच्च अदालतको फैसलाका विरुद्धमा किन उभियो ? र त्यसमा भ्रष्ट्राचार मुद्धामा एउटा व्यक्तिलाई दोषि करार दिईएको विषयमा यति कडा रुपमा कांग्रेस किन प्रस्तुत भयो ? भ्रष्ट्राचार मुद्धामा छानविन शुरु भएदेखि विगत ११ वर्षबाट पहिले जस्तो सक्रिय राजनीतिक जिवन विताइनरहेका खुमबहादुर आखिर को हुन ? र उनीप्रतिको कांग्रेसजनमा यति ठूलो भरोसा र आसक्ति किन भन्ने प्रश्नको पूर्वाग्रहरहित अध्यायन र विश्लेषण बिना कांग्रेस भित्रको सामुहिक चिन्ता र भावनाको गहिराईमा कोहि पुग्ने छैन । धैर्यतापूर्वक यसको परिक्षण र छानबिनको जरुरी छ किनकी यति ठूलो संकटमा पनि खुमबहादुरको यति ठूलो सहयोग समूह तैयार रहनु एउटा चमत्कारै मानिनुपर्दछ र कार्यकर्ता तहमा राजनीतिक नेतृत्व प्रतिको विश्वाशको चरम खडेरी परेको नेपाली राजनीतिमा यो झनै महन्वपूर्ण छ ।
खुमबहादुरका पक्षमा सम्पूर्ण कांग्रेस पार्टि उभिनुका पछाडि केहि निश्चित राजनीतिक र कानूनी आधार र कारणहरु देखिन्छन् । राजनीतिक आधारलाई हेर्दा कांग्रेस आज इतिहासमै सबैभन्दा कमजोर र दिग्भ्रमित अवस्थामा छ । आजको कांग्रेस नेतृत्व समुहले माओवादीलाई परास्त गरेर नेपाली कांग्रेसलाई पूर्वअवस्थामा फर्काउन सक्छ भन्ने विश्वाश आजको समग्र कांग्रेसजनलाई छैन । खुमबहादुरले शुरुदेखि कांग्रेसले वीपीले देखाउनुभएको मार्ग छाड्न नहुने अडान लिए र राष्ट्रियताको संवेदनशिलतालाई साथै राखी माओवादी जस्तो उग्रवादी कम्यूनिष्टबाट अलग आफ्नै संघर्षको बलमा प्रजातन्त्रको पुर्नस्थापना गर्नुपर्दछ भन्ने मान्यतालाई बोकिरहेको समग्र कांग्रेसीजनको बुझाईरहेको छ । संविधानसभाको निर्वाचन अघि खुमबहादुरको एउटा चर्चित भनाई सर्वत्र सुनियो ‘हामीले कसरी माओवादीलाई पछार्ने भन्ने रणनीति लिनुपर्दछ र त्यसका लागि तरुण दस्ता अनिवार्य छ ।’ माओवादी संग लड्ने स्पष्ट नीति र जुझारुपन खुमबहादुरसंग मात्र भएको र उनले गिरको कांग्रेसको संगठन र मनोबल उठाउन सक्ने भएकाले नै उनलाई आज तल्लो अदालतबाट सफाई पाउंदापाउदै पनि माथिल्लो अदालतबाट हराईयो भन्ने बुझाई अधिकांश कांग्रेस कार्यकर्ता र समर्थकका बिचमा गाडिएर रहेको छ ।
२०३३ साल पौष १६ गते वीपी कोइराला आठ बर्षे निर्वासन त्यागेर आफ्नो जीवनकै सबैभन्दा जोखिम र ऐतिहासिक यात्रामा राष्ट्रिय एकता र मेलमिलापको संदेश साथ नेपाल प्रवेश गर्नुभयो । सो दिन पटनाबाट मृत्यूवरणका लागि समेत तैयार भई नेपाल उडेको वीपी कोइरालाको टोलीका अन्य पांच व्यक्तिमा गणेशमान सिंह, शैलजा आचार्य, निलाम्बर पंथी, रामबाबु प्रसाई पछि सबै भन्दा कान्छो २५ बर्षिय खुमबहादुर पनि थिए । पंचायत विरुद्धको गतिविधिमा संलग्न भएको भनि १८ वर्षकै उमेरमा गिरफ्तारीको वारेन्ट जारि भएपछि दाáबाट भागेर वीपीको साथ वनारस पुगेका उनी आठ वर्षपछि वीपीका साथ नेपाल फर्के पछि आजसम्म वीपीको राष्ट्रवादी, कम्यूनिष्ट संग अलग कांग्रेसको आफ्नै बलवुताको भरमा राजनीति गर्नुपर्छ भन्ने प्रजातान्त्रिक राजनीतिक अडानमा यथावत रहेको पाईन्छन ।
२०५९ साल असोजमा प्रतिनिधिसभाको चुनाव सार्नुपर्छ भन्ने राजा समेतको चाहनाका कट्टर विरोधि खुमबहादुरले ६ चरणमा भएपनि चुनाव गराएरै छाड्नुपर्छ नत्र प्रजातन्त्र कमजोर हुन्छ भन्ने अडान लिएका कारण राजाको नजरमा नराम्रो मानिएका कारण अख्तियारको तारो बनेको एकएक तथ्य विवेक शाहको मैले देखेको दरबार पढ्ने जो कोहिले थाहापाउन सक्छ । भैरव लम्सालको संम्पत्ति जांझबुझ आयोगले कारवाहिको सिफारिश गरेको सयौं राजनीति गर्ने मानिस मध्ये छानिएर कारवाही गरिएका चार जनामा खुमबहादुर समेत तानिनु र अन्य बारे आयोगको प्रतिवेदन समेत अझै सार्वजनिक नगरिनुबाट समेत राष्ट्रियता र प्रजातन्त्रका प्रतिको उनको अडान धेरैका लागि अपच भएको र देशव्यापी संगठनको जालोमाथिको पकडका कारण खुमबहादुर संधै खतरा भईरहन सक्ने भएकाले देशि विदेशी दुबै शक्तिको मिलोमतोमा उनलाई सिध्याउने खेलको अन्तिम अस्रका रुपमा सर्वोच्चको फैसला आएको मान्ने लाखौ मानिस कांग्रेसमा छन् ।
२०५१ सालको मध्यावधि निर्वाचन पछि कांग्रेसको दोस्रो अवस्था रहेको र संसदिय दलमा स्पष्ट बहुमत खुमबहादुरको पक्षमा रहंदा रहदैपनि उनलाई त्यो पदमा बस्न किन नदिईएको होला भन्ने तत्कालिन धेरै कांग्रेस सांसदहरु आज जिवितै छन् । यदि त्यो निर्णय सहजताका साथ भएको भए उनी २०५२ सालमा नै प्रधानमन्त्री हुनेथिए । खुमबहादुरको कांग्रेस भित्र त्यो बेलामा नै यो हैसियत कसरी प्राप्त भयोहोला भन्ने बुझ्न छिछरो बुद्धि र कुण्ठित मनले काम दिदैन ।
२०५९ सालमा राजाको तारो आफु बनेका कारण अख्तियारको फन्दामा परेको ठानेपनि खुमबहादुरले वीपीको लाईन छाडेर बदलाको राजनीतिलाई कहिलै नअंगालेका कारण समेत कांग्रेसको चुरो बुझेका धेरै मानिसले उनलाई पर्खेर बसेको बुझ्न सकिन्छ । दिल्लीको १२ बुंदे सहमतिमा खुमबहादुरको कुनै भूमिका थिएन भने २०६२।६३ को जनआन्दोलनमा समेत नेतृत्वदायी भूमिकामा उनी थिएनन् । तथापी खुमबहादुरले गिरिजाबाबुलाई र कांग्रेस केन्द्रिय समितिमा समेत नेपाल र नेपाली कांग्रेको हित चाहने हो भने कांग्रेसले धर्मनिरपेक्षता र गण्तन्त्रलाई अपनाउन कुनै हतार गर्नुहुन्न । यी दुबै नेपाललाई अस्थिर बनाउने माओवादीको मुखबाट अघि सारिएका विदेशी ऐजेण्डा हुन भनी आफुले स्पष्ट शब्दमा भनेको थिए । यसैको परिणाम स्वरुप संविधानसभा निर्वाचनमा समेत उनी आफ्नो परिवार सहित माओवादी हातबाट झण्डै मारिए र सो भिडन्तमा ६,७ जना शिविरबाट बाहिर ल्याइएका माओवादी लडाकु मारिएको जगजाहेर समाचार आएको थियो ।
प्रचार प्रसारमा माओवादीको जताततै अवरोध मात्र नरहि ज्यानै जाने अवस्थमा समेत आफ्नै सरकारबाट सुरक्षा नपाएका कारण उनले चुनावबाट नाम समेत झिकेको घोषणा गर्नाले मध्यपश्चिमाञ्चल भरिनै पार्टि आत्मविश्वाशमा ठूलो धक्का पुगेको र त्यसले निर्वाचन परिणाममा नराम्रो प्रभाव पारेको मानिएको थियो । माओवादी संग चुनावमा शसक्त संग भिड्ने तैयारी पार्टिको नभएको, पार्टि माओवादी विचारमा बहकिएर आफ्नो पहिचान गुमाएकाले कांग्रेसका लागि निर्वाचन परिणाम सुखद नहुने खुमबहादुरको विश्लेषण निर्वाचन पछि सहि निस्किएकाले समेत कांग्रेसजन भित्र खुमबहादुर परसमेत देख्ने नेता रहेको पुष्टि हुन गएकाले आज अप्ठ्याारो पर्दा सम्पूर्ण कांग्रेसजन उनको साथ उभिएको हुनपर्छ ।
कानूनी पक्षलाई हेर्दा खुमबहादुरसंग भएको सम्पत्तिमध्ये दुई करोड छत्तिसलाख सतारी हजारको श्रोत पुष्टि हुन नसकेको दावी अख्तियारले गरेकोमा विशेष अदालतले सो दावी खारेज गरि सफाई दिएकोमा सर्वोच्च अदालतले सो मध्ये चौरानब्बे लाखको मात्र श्रोत पुष्टि नभएको ठहर गरि एक वर्ष ६ महिना कैद विगो र जरिवाना फैसला सुनायो । तीन सदस्यीय विशेष अदालतले ट्राइल कोर्ट (मुद्दाको केस्रा–केस्रा साक्षी प्रमाण बुझेर निर्णय गर्ने शुरु अदालत) को हैसियतमा गरेको सर्वसम्मत फैसलालाई खम्बिर प्रमाणको अभावमा सामान्यतः नउल्टाईने मान्यता विपरित कुनै चार्टर एकाउन्टेल वा सम्पत्ति मुल्यांकन गर्ने कुनै प्राविधिक विशेषज्ञको राय सुझाव वा सहयोग बिना आत्मगत रुपमा सर्वोच्च अदालतका दुई न्यायाधिशहरुले शुरु फैसला उल्टाउनुलाई न्याय भन्दा पिडित खुमबहादुरमाथि गरिएको अन्यायको रुपमा नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सहित सम्पूर्ण कांग्रेसजनले बुझेका छन । आफैले गरेका पूर्व नजिर र निर्णयलाई मिचेर न्यायाधिश कल्याण श्रेष्ठ र वैजनाथ उपाध्याय प्रस्तुत हुनुभएको गुनासोलाई अन्यथा भन्न नसक्ने अवस्था वाहांहरुबाट भएको पूर्व व्याख्याहरुबाट स्पष्ट हुन्छ ।
२०६७ माघ ४ गते मा.न्या. कल्याण श्रेष्ठ र मा.न्या.सुशीला कार्कीले विशेष अदालतबाट सफाई दिएका लक्ष्मीराज पाठकको मुद्धामा अख्तियारको पुनरावेदन खारेज गर्दै शुरु सदर गर्ने फैसला भएको छ । विशेष अदालतमा लक्ष्मीराज पाठक र खुमबहादुरको मुद्धा फैसला गर्ने उहि न्यायाधिशहरु भुपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र सम्सेर ज.ब.रा. रहेको देखिन्छ । लक्ष्मीराज पाठकको मुद्धामा प्रतिवादीको इन्कारी वयानलाई प्रमुख प्रमाणको रुपमा स्विकार गरि त्यस विरुद्ध अख्तियारले खम्बिर प्रमाण पेश गर्न नसकेको हुंदा वादी दावी पुग्दैन भनी शुरु निर्णय सदर गरिएको छ र यहि अवस्था खुमबहादुरको मुद्धामा रहेको अवस्थालाई न्यायाधिशहरुले स्विकारे पाइन्न । लक्ष्मीराज पाठकको निचोड खण्डमा यस्तो उल्लेखित छ, ‘पर्याप्त आधार र कारणहरुलाई उल्लेख गरी प्रतिवादीलाई सफाई दिने गरी भएको विशेष अदालत काठमाण्डैको फैसलालाई खास–खास तथ्यको आधारमा वादी पक्षबाट खण्डन गर्न समेत सकेको देखिएन । अतः प्रमाणको विवेचना गरी विशेष अदालत काठमाडौंबाट मिति २०६४÷१२÷४÷२ मा भएको इन्साफ मुनासिव देखिंदा सद। हुन्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’ यो सिद्धान्त लेख्ने मा.न्या. कल्याण श्रेष्ठबाटै खुमबहादुरको मुद्धामा यसको परिपालना नभई अमूर्त दार्शनिक कवितावाचन गरिनुबाट निर्णय हुनुलाई सबैभन्दा चिन्ताको विषय कांग्रेस भित्र मानिएको छ ।
त्यसैगरि २०६७ माघ १० गते रामकृष्ण तिवारीको मुद्धामा मा.न्या. मोहन प्रकाश सिटौला र वैजनाथ उपाध्यायले विशेष अदालतले गरेको फैसला सदर गर्दै घरसारको कपाली तमसुकलाई लिखतका धनीहरुले अदालतमा आई सो कुरालाई पुष्टि हुनेगरि बकपत्र गरेमा मान्यता दिई आयमा गणना गर्ने स्पष्ट व्याख्या गरेको हुंदाहुदै स्वयं मा.न्या. वैजनाथ उपाध्यायले खुमबहादुरको मुद्धामा आफैले प्रतिपादन गरेको उक्त सिद्धान्त उलंघन गर्नुभएको छ । यसलाई स्वभाविक र सहज मान्न सकिने अवस्था छैन । खुमबहादुरको मुद्धामा ऋण दिएका लिखतका धनीहरुले अदालतमा आई बकपत्र गरेका छन् । सामान्य पढेलेखेको मानिसले यो सबै पढ्छ हेर्छ र पूर्वाग्रह भएको देखेमा कुनै न्यायाधिशका कारण अदालत प्रतिको उसको दृष्ट्रिकोण धुमिल हुनजान्छ भन्ने तर्फ श्रीमानहरुको ध्यान नगएको पक्कै देखिन्छ ।
हिजोआज नेपालमा राजनीतिक तहबाट खुल्लमखुल्ला भईरहेको भ्रष्ट्राचार लाख करोडमा होईन अरबौंमा भईरहेको सवत्र सप्रमाण चर्चामा छन् । माओवादीले लडाकु भरणपोषण र व्यवस्थापनमा सरकारी रकमको दुरुपयोग गरेको अरबौको रकमबारे व्यापक चर्चा परिचर्चा भई उसको पार्टि भित्रै छानबिन समिति समेत गठन हुने अवस्थाको सृजना भएको विषयलाई समेत ओझेलमा पार्ने गरि किटानी नभएर अनुमानित कसुरको अनुमानको आधार ९४ लाखको घुस खाएको नभै आफ्नै सम्पत्तिको हिसाब किताब राख्न नसकेका कारण श्रोत खुलाउन नसके वापत भनि माओवादीलाई स्पष्ट र कडा चुनौति दिने आफ्ना नेता जेल चलान भएकोलाई कांग्रेसले सहज रुपमा लिन नसकेको अवस्था यी सबै तथ्य र प्रमाणहरुले प्रष्ट पार्छ । यसबाट खुमबहादुरले सय हातले खाएर हजार हातले बांड्ने गर्थे भन्ने आर्थिक प्रश्नसंग मात्रै जोड्ने छिछरा, पूर्वाग्रही र हचुवा तर्कले मात्र खुमबहादुरको नेतृत्व क्षमता र उनका कार्यकर्ताको मनोभाव बुझ्न सहयोग नपुग्ने देखिन्छ ।

regmikumar@hotmail.com

२५ भाद्र २०६९, सोमबार १०:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..