गैर आवाशीय नेपालीलाई दोहोरो नागरिकता दिने संबिधान बनाउनु पर्छ: एमाले बरिष्ठ नेता नेपाल

गोपी कृष्ण काफले, क्यानाडा । क्यानाडामा रहेका नेपालीहरुको संस्था एनआरएन क्यानाडा एनसीएनसी, एनसीसीएस, नेवा गुठी, जनजाति तथा मगर संघको संयुक्त आयोजनामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल संग दोहोरो नागरिकता र नेपालको वर्तमान राजनिति तथा शान्ति प्रक्रिया जस्ता बिषयमा बृहद अन्तरक्रिया गरेका छन् । नेता नेपालले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मातृभूमिमै बसोवाश गरेको आधारमा मात्र नागरिकता दिने प्रक्रियाले नेपाली संतती नेपालको मूलधारबाट बाहिरिने हुदा दोहोरो नागरीकता दिंदा सहज र सरल उपाय अपनाउन नयाँ संबिधानमा सम्बोधन गर्न आफुले प्रयास गर्ने बताउनु भयो । उहाँले सरकार जिम्मेवार नभएकोले संबिधान बन्न कठिन भएको र यो संक्रमण कालमा सबै दलहरु मिल्नुको बिकल्प नरहेको समेत बताउनु भयो । नेता नेपालले सहमतिको प्रयास भैरहेको र दशैं अघिनै सहमति हुने सम्भावना रहेको जानकारी दिनु भयो ।
क्यानाडाका लागी नेपाली राजदूत डा. भोजराज घिमिरेले गजल मय शैलीमा नेपाल प्रतिको माया ममता जहा गए पनि रहिरहने कुरा बताउनु भयो ।

एनआरएनका आइसीसी सदस्य नवराज गुरुङले एनआरएन क्यानाडाको स्थापना काल देखि गरेका कार्यहरुको बारेमा बताउदै खुल्ला विश्व बिद्यालय एनआरएन क्यानाडाको देनभएको दावी गर्नु भयो । एनआरएन क्यानाडाका उपाध्य्क्ष गोपाल भंडारीको सभापतित्वामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्य्क्ष गिरि बुढाथोकीले स्वागत भाषण गर्नु भएको उक्त कार्यक्रममा एनआरएन क्यानाडाका महासचिव गोपी कृष्ण काफ्लेले संचालन गर्नु भएको थियो ।

पहिलो चरणको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुमा एनसीएनसी अध्यक्ष डा. नारायण रेग्मीले संस्थाको इतिहास र सामाजिक कार्यहरुमा अहिले सम्म गरेका बिभिन्न कार्यहरुको चर्चा गर्नु भएको थियो । भर्खर मात्र सेती नदीको बाढ़ीबाट बिपतमा परेकालाई आर्थिक संकलन गरेको कुराजानकारी गराउनु भयो भने एनसीसीएस अध्यक्ष रमेश प्रसाईले नेपाली पहिचानको केन्द्रबिन्दु बनेको हिमालयन मेलको बारेमा चर्चा गर्नु भयो । इन्जिनियर अलि अख्तर मिकरानीले सिप र दक्षता भएका नेपालीहरुले बिदेशमा पनि आफ्नो पहिचान कायम राख्न सफल रहेकोमा ख़ुशी ब्यक्त गर्नु भयो। एनआरएन क्यानाडाका मेम्बरशिप कमिटीका संयोजक दुर्गा अधिकारीले लगानीको बारेमा र भाषा साहित्य तथा संस्कृतिका संयोजक मुक्ति गौतमले भाषा साहित्यमा गरेको योगदानका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा दुई बर्षीय बालक आर्यन बासकोटाले मादलको तालमा मिठो नेपाली लोक गीतको धुन र प्रदीप बासकोटाले बासुरीको धून सुनाउनु भएको थियो।

कार्यक्रमको दोस्रो चरणमा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । नबराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम शिशिर पाण्डेले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीले सोधेका प्रश्नको जबाफ प्रमुख अतिथि एमाले वरिष्ठ नेता माधब कुमार नेपालले दिनु भएको थि यो। कार्यक्रमको अन्तमा एनआरएनका ज्ञानेंद्र पोखरलले कार्यक्रम सफल बनाउन सहयोग पुर्यौनेहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

२४ भाद्र २०६९, आईतवार २१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..