संविधानसभा मरेको अवस्थामा अब विकल्प के त ? – दीर्घराज प्रसाई

जातीय संघीयताबाट विखण्डनकारी रुपको बिषबृक्ष संविधानसभा भंग भयो । राम्रो भयो । संविधानसभा भंग भएपछि माओवादीको मुखपत्रको रुपमा चिनिएको अन्तरिम संविधान पनि समाप्त भएको छ । अन्तरिम संविधान समाप्त भएपछि देश संविधानविहीन रहिरहन सक्तैन । राष्ट्रपतिलाई राष्ट्रको राजश्व खाएर कुर्सीमा बसिरहन कुनै संवैधानिक अधिकार छैन । बाबुराम भट्टराई पनि जुका जस्तो टाँसिएर प्रधानमंत्रीको कुर्सीमा अनर्गल कुरा झिकेर बसिरहने कुनै अधिकार छैन । ०६३ सालको अन्तरिम संविधान अनुसार त्यही मरेको संविधानसभाबाट निर्वाचित पदाधिकारीहरु बुझ पचाएर संविधानविहीन बचाएर राष्ट्रलाई भौडिमा हाल्न चहान्छन् भने त्यस्ताहरुलाई कानमा समातेर राज्यले कारवाही गर्न सक्नु पर्छ । के यसरी जवरजस्ती गरेर कुनै सत्ता चल्छ ? मरिसकेको अन्तरिम संविधानको लासलाई कहिलेसम्म बोकेर हिंडिरहने ? त्यो कदापि हुन सक्तैन । अतः अब यो पूण्यभूमि नेपाललाई विदेशीहरुको रणभूमि नबनाएर सही बाटोमा पुग्न नेपाली सेना बाहेक वैधानिक रुपको निर्णायक शक्ति अरु केही छैन । किनकि देशलाई खतरा आइपर्दा बचाउने अभिभारा नेपाली सेनाको हो । संविधान नरहेको र सरकार भङ्ग भइसकेपछि सेनाले आफ्नो कानून अनुसार निर्णय गर्ने बेला आएको छ ।
वास्तवमा यो देशमा कांग्रेस र एमालेको कमजोरीका कारणले माओवादी बिद्रोह जन्मिएको हो । माओवादीले नेपाललाई डुबाउन खोजे, बिध्वंश मच्चाए । आखिरमा तिनै कांग्रेस र माओवादी भारतीय इशारामा हात मिलाएर नेपाललाई कमजोर बनाउन आक्रमण गरे । जनआन्दोलन गरे । संविधानसभाबाट नयाँ संविधान बनाउने नीति बनाए । संविधानसभाको निर्वाचन गरे । सबै जनताको किर्ते समर्थनमा होहल्ला गर्दै सत्तासीन भए, ब्रम्हलुट मच्चाए । देशभित्र भांड मच्चाएर बिगार्ने मात्र कुरा गरे । यिनीहरु जति नैं म्याद बढाउँदे खान खोजे ता पनि ०६९ जेष्ठ १४ गते राती संविधानसभा भंग भएपछि यिनीहरु आफूले खनेको खाडलमा आफै फसे । अव यिनीहरुबाट कुनै हालतमा संविधान बन्दैन । किनकि, यिनीहरु संविधान बनाएर देशलाई निकास दिन आएका होइनन् । विदेशीहरुले यिनीहरुलाई पैसा दिएर नेपाललाई क्रिश्चियनकरण गर्न र फ्रि तिब्बतको नाममा चीन ध्वस्त गराउन लगाएको थियो । अब चीन पनि सचेत भएर आफ्नो सुरक्षाको लागि नेपालमा आएको छ । अव यिनै माओवादी, कांग्रेस, एमालेका फन्टुस नेताहरुबाट नेपाललाई आधार इलाका बनाएर एशियामा आफ्नो प्रभूत्व कायम हुन सक्तैन भन्ने कुरा विदेशीहरुले पनि बुझेर हच्किएका छन् ।
०६३ साल वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग संझौता भएर ०६३ सालको जनआन्दोलन स्थगित भएर २०६३ मंसिर ५ गते माओवादी बिद्रोहको अन्त्य भएको घोषणा सरकार र माओवादीले गरे । गिरिजादेखि माओवादीका प्रचण्ड, एमालेका माधव नेपाल र झलनाथ र माओवादीका बाबुराम भट्टराई प्रधानमंत्री भए पनि देशका समस्याहरु झन–झन बिकराल बनाइए । ०६३ सालपछि माओवादी, कांग्रेस, एमाले, मधेसी सत्तासीनहरुले नेपालको अधोगति गर्नमा पूर्व योजना नैं बनाएको रहेछ । पछाडिबाट झुक्याएर आफ्नो जन्मभूमिलाई छुरी मार्नेहरु नेपाली जनताले अव चिनीसकेका छन् । बाबुराम भट्टराइृ आफुलाइृ कति न कति देशभक्त भन्थे । आखिरमा उनी रहेछन् भारतीय गुप्तचर संस्थाले पाली–हुर्काएको प्यादा । २०६२ मंसीर ७ मा भारतको दिल्लीमा भारतीय गुप्तचर संस्था ’रअ‘ को सक्रियतामा नेपालको अधोगति गराउन बाबुराम भट्टराईकै सक्रियतामा १२ बुँदे सहमति गराइयो । सबै पार्टीका नेतालाई भारतीय ढलमा फसाए । २०६२ सालदेखिका अपराध र राष्ट्रघातका घाउहरु लुकाएर यिनीहरु बचन सक्तैनन् ।
कस्तो धोका ? जनआन्दोलनपछि २०४७ को संविधानमा टेकेर वैधानिकतापूर्वक राज्य संचालन गरिनुपर्ने सहमतिको आधारमा प्रतिनिधिसभा राजाबाट ब्यँुतिए पछि संविधानवादलाई मिचेर २०६३ माघ १ मा कथित अन्तरिम संविधान, तीनदलको घोषणापत्रलाई, संविधान बनाएकाबेलादेखि आतंकवाद संस्थागत गरिएको छ । त्यसैबेलादेखि तराईका केही नेताहरुलाई मदेसीको नाममा आतंक फैलाएर नेपाली– नेपाली बीचमा फूट ल्याएर राष्ट्र विखण्डनको बाटो अवलम्वन गरिएको कुराले २०६३ सालपछि सत्तासीन भएका नेताहरुको अनुहार कति राष्ट्रघाती रहेछ भन्ने कुरा छलङ्ग भएको छ । २०६३को जनआन्दोलन पछि नेपालको अधोगति बनाउनु बाहेक एउटा पनि राम्रो काम हुन सकेन । बाबुराम भट्टराईले आफू प्रधानमंत्री भएको एकबर्षमा थुपै उपलब्धि भए भन्दै हावादारी वक्तव्य जारी गरे । तर उनले मात्र देश वरवाद गर्ने काम गरे । हिजोका भ्रष्ट, ज्यानमारा, बापतीहरुलाई आम माफी दिने सर्तमा मदसी नेताहरसँग ४ बुँदे सहमति गरेर भ्रष्टाचारको बिरुद्ध निर्देशन दिनु आफैमा कति हास्यास्पद र लज्जास्पद् छ । प्रचण्डलाई हस्ताक्षर गर्न लगाएर विदेशी गुप्तचरका अगुवाको रोहवरमा बाबुराम भट्टराईलाई प्रधानमंत्री बनाउन ४ बुँदे राष्ट्रघाती बुँदामा सहमति जनाउनु भनेको कस्तो राष्ट्रघात ?
प्रजातन्त्र अथवा लोकतन्त्रको मुखुण्डो लाउँदैमा कोही पनि ठीक मान्छे बन्न सक्तैन । २०६२ सालमा माओवादीहरुले आफ्नो दुनो सोज्याउन गिरिजालाई महान नेता तथा राष्ट्रपति बनाउने आश्वासन दिदै फुक्र्याए । गिरिजा त्यही लोभमा फसेर देश पनि वरवाद गरे र आफू पनि कलंकित बने । नेपाली कांगे्रसका रामचन्द्र पौडयाल ‘माओवादी बिद्रोह निर्मल निवासबाट परमधाम’ भनेर बोल्थे । उनी पनि पछि माओवादीको भरेड चढेर प्रधानमंत्री खान लम्पसार छन् । माओवादीलाई आतंककारी भन्ने र माओवादीहरुको टाउकाको मूल्य तोक्ने राजा थिएनन् । गिरिजाप्रसाद प्रधानमंत्री र गेहमंत्री शेरबहादुर देउपा भएका बेलामा नैं हो । १० बर्षमा पन्ध्रौं हजार जनताको निर्मम् हत्या, अंगभंग गरे, भारतीय गुप्तचर संस्थाकै आडमा राष्ट्रको अर्बौं भौतिक संरचना ध्वस्त बनाए । ०६२ सालपछि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर तिनै गिरिजा र माधव नेपालसँग काँध मिलाएर राष्ट्रलाई धोका दिए । अहिले भारतीयहरुले नैं खुलेर बोलेकोबाट बुझिन्छ– माओवादी बिद्रोह गराउने पनि भारत नैं हो र बिद्रोह स्थगित गराउन चक्रब्यूह रच्ने पनि भारत नैं हो । सबैभन्दा पहिला भारतले नैं माओवादीलाई आतंककारीको सुचीमा राख्यो । त्यही भारतले कांग्रेस र एमालेका नेताहरुलाई लगाडि लगाएर नेपाल माथि धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता जस्ता विखण्डनकारी नारा दिएर पठायो ।
भारतले माओवादीका नेता प्रचण्ड र बाबुराम भट्टराईलाई विश्वास गरेकाले अमेरिकाले २०६९ भदौमा आतंककारी सुचिबाट हटाएको छ । अमेरिकाबाट माओवादीलाई आतंककारीको सुचिबाट हटाउनमा यूुएनका महासचिव बान्की मुनको पनि हात छ । देशको स्थिति यस्तो छ । यस्ता आपराधिक कार्यमा लाग्ने नेपालीहरुलाई राष्ट्रघाती भन्ने कि नभन्ने ? संविधानसभा एक नाटक मात्र थियो । संविधानसभाबाट देशको लागि एउटा पनि काम नगरी समाप्त भयो, नेपाल जोगियो । अब नेपाल बचाउन, साम्राज्यवादी शक्तिसँग भिडेर आएको संंस्थाको उपस्थितिमा ०४७ सालको संविधानमा टेकेर हामी सबैले सेफ लेण्डिङको नीति अपनाउनु पर्छ । देशलाई डुबाउन खोज्ने ०६३ सालपछिका पार्टीहरुलाई सत्तामा बस्ने कुनै अधिकार छैन । यिनीहरुलाई एक एक गरेर कारवाहीको दायरामा ल्याउन राज्यले नीति अख्तियार गर्नसक्नु पर्दछ । अव पनि यिनीहरुबाट देशलाई भाँडतन्त्रमा परिणत गराएको नेपाली सेनाले हेरिरहने होृ भने भोलिका दिनमा सार्वभौम–नेपाल खोजेर पाइने छैन । यो देश बचाउन एक मात्र आधिकारिक संस्था नेपाली सेना हो । अतः ०४७ को संविधानलाई आधार मानेर कानून अनुसार अहिलेका स्वदेशी–कुचक्री र परचक्रीहरुको अन्योलपूर्ण षडयन्त्रबाट मुलुकलाई मुक्त गराउन नेपाली सेनाहामी समस्त नेपाली जनता, राज्यका अङ्गहरु, अदालत, राष्ट्रिय सेना, सुरक्षास्रोत तयार हुनुपर्दछ । समय वलवान छ, यसले कसैलाई पर्खदैन ।

२२ भाद्र २०६९, शुक्रबार १५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सभामुख सापकोटाले लिए सपथ

काठमाडौँ, १३ माघ । सभामुखमा निर्वाचित अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय..

सभामुख सापकोटाविरुद्दको रिट न्यायधिश मल्लको इजलासमा

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै दायर भएको रिट न्यायधिश सपना..

प्रदेश २ को राजधानी जनकपुर, नामको विवाद यथावत

जनकपुर, १२ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकधपुर रहने भएको छ । प्रदेशसभाका सभामुख सरोज कुमार यादव..

पर्यटक आगमन झिनो संख्यामा वृद्धि, २०१९ मा भित्रिए ११ लाख ९७ हजार

निरोज कुमार थाप, काठमाडौँ, १२ माघ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो..

नेपाल आइपुग्यो कोरोना भाइरस

काठमाडौँ, १० माघ । चीनबाट फैलिन सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि आइपुगेको पुष्टि भएको छ । चीनबाट..