प्रचण्डका नाममा एउटा पत्र

प्रिय प्रचण्ड,

आफ्नो हुलिया बदलेर

हाम्रो भेडा चर्ने लेकको बाटो गरी
चिप्ले कीराझैं लुसुक्क लस्कंदै
नयां नेपालको दियो सल्काउन
रोल्पाका सुदूर गाउंमा अंध्यारो टेक्दै आउंदा
हत्केलामा दिएको फुको नुन र
डढेको फापरको रोटी
तिमीलाई मीठो लाग्दथ्यो
हाम्रा झुत्रा, झाम्रा, गन्हाएका काम्लोमा
आफ्नो अजंगको ज्यान पट्याइपुटुई गरेर
रातभर पिंढीमा गुल्टंदा
कति मीठो सुतें भन्ने गर्दथ्यौ
भेडाका हुल, चौंरीको गोठ र
फापरबारी मात्रै देखेका
गाउंका यी सुधा आंखामा
सुनका सपना पोतिदिएर
हाम्रा सकल मनलाई
ढकमक्क फुलेको आरूको बोटजस्तै
बनाइदिएका थियौ
आहा †
तिम्रो चौडा जुंगाजस्तै
तिम्रो मन पनि चौडा थियो
तिमी देउताजस्तै लाग्दथ्यौ प्रचण्ड
डांडा–पाखा मगमगाउने फूलको बिहानी दिन्छु भनी
तिमीले मेरा नानीहरूको कानकानमा गीत गाउंदा
उनीहरू पुतलीजस्तै फुर्केका थिए
उनीहरूको स्याउजस्तै गाला र
गुरांसको फूलजस्तै ओठहरू अझै सम्झनामा छ
मेरी छोरीकै छाती उक्सिएकै थिएन
छोराको ओठमाथि जुंगाको रेखी बस्न बांकी नै थियो ।
तिमी ललिपप गीत गाउंदै जब वनतिर लाग्थ्यौ
उनीहरू तिम्रै पछि दौडिए
लालीगुरांसको वन छिरेपछि
उनीहरूलाई मान्छेभन्दा लामा बन्दुक भिराएर
महान् योद्धा भयौ भनी तिमीले नमन गर्दा
उनीहरूको मन बन्दुकजस्तै तन्किएछ
जब तिमीले क्रान्तिको आगो झोस्यौ
उखुबारीमा डढेलो पसेझैं
देश पड्कन थालेछ
मेरा नानीहरू निर्भीक आगोमा कुदेछन्
तिमी किनाराबाट ढोल बजाउंदा रहेछौ
उनीहरू फेरि फर्केर आएनन्
हाम्रा चुल्होको आगोले न्यानो हुन्थ्यो
तिम्रो आगो त कति निष्ठुर रहेछ प्रचण्ड ।
अनि त्यति निष्ठुर आगोले
तिमीलाई चाहिं छुस्ससम्म पनि छोएनछ
तिम्री श्रीमती, छोराछोरी कसैलाई पनि
फिलिङ्गोले सम्म डामेन अरे
त्यति त जाती नै भएछ
देशमा रगतको खोलो उर्लेर बग्दा
तिम्रो परिवारमा कसैको छालासम्म खोस्रिएनछ
जनताका छोराछोरी कीरा, भुसुनासरि मासे पनि
देशलाई भुङ्ग्रोमा घचेटे पनि
आफ्नो परिवारको जनत रामै्र गरेछौ
परिवार रक्षाका लागि तिमीलाई बधाई दिनैपर्छ
अहिले त तिमी
ठूलो महलमा बस्छौ अरे
लालीगुरांस जस्तो रातो र
हिउंजस्तै सेतो रङले पोतिएको
तिम्रो घरको अनौठो बान्कीले
काठमाडौं चम्केको छ भन्छन्
इन्द्रलोकजस्तै
फूलहरूले ढकमक्क तिम्रो घरपरिसरमा
तिमी फूलसंग
फूल तिमीसंग मुस्कुराउंदा
तिम्री श्रीमती बार्दलीमा टोलाउंछिन् अरे
कहिले चम्पा–चमेली, कहिले सुनगाभा–सयपत्रीमा
भुनभुनाउने भमरालाई
आफ्नै छोराले हराउंदा
कलियुगको कृष्णको झुलनामा
तिम्रो घर झुलेको छ भन्छन्
तिम्रो शयनकक्षको फूलबुट्टे गलैंचा
फूलजस्तै मगमगाउंछ अरे
सुनबुट्टे पलङमा तिमी सुकला हुंदा
इन्द्रलोक हार्छ अरे
मोती रङको गुलावजल भरेर तिमी पौडंदा
ऐशको अन्तिम सीमा छुन्छौ अरे
आहा †
तिमी अति वैभवशाली भएछौ
तिम्रो गुप्त सम्पत्ति देख्दा
कुवेरले आफैंलाई कङ्गाल भन्छन् अरे
प्रचण्ड
के तिमीले हामीलाई दिन्छु भनेको जिन्दगी तिम्रोजस्तै हो ?
द्वारपाले, बगैंचे, सुसारे, टहलुवा
भान्से, चाकर, परिचारक, परिचालक र रक्षागणले भरिएको
तिम्रो घरको फुलजडी जिन्दगीले
उहिलेका राजा–महाराज बिर्साउंछ
तिमीले चढ्ने गाडीजस्तै चिल्लो तिम्रो गाला
तिम्रो गालाजस्तै चिल्लो तिमीले चढ्ने गाडी
आहा तिमी त संभ्रान्त भइसकेछौ नि प्रचण्ड
त्यसैले होला
हिजो तिमीले गाउने गरेको वर्गसङ्घर्षको गीत
आफैंलाई घाडो भएझैं
चाइंचुइं गर्न छाड्यौ
तिमी चतुर छौ
जनतालाई अलमल्याउन जातजातलाई उचालेर
देशलाई अंध्यारोतिर घचेट्दै छौ
कठै के ग¥यो यो जातले
तिमी बाहुन महलको फूलजडी जिन्दगी जिएका छौ
तिमीजस्तै अर्को बाहुन
पशुपतिमा लास पोलेर परिवार पाल्छ
तिम्री बाहुनी अक्षरको जिन्दगी जिउंछिन्
अर्की निमुखी बाहुनी उनकै सारी धुन्छिन्
तिम्रो घरको बाहुन ठिटो राशलीलामा व्यस्त छ
जनयुद्धको टुहुरो अर्को बाहुन बिचरो
तिमै्र शसहरको फोहोरको रासमा पेट पाल्ने सङ्घर्ष गर्दै छ
देशभरि सुनको जिन्दगी र खोलेको जिन्दगी छ
सुनको र खोलेको कुरा गर
महलको र झोपडीको कुरा गर
सुटबुट र नाङ्गो आङको कुरा गर
माक्र्स, लेनिन, माओले वर्गको कुरा गरे
तिमी जातको कुरा गर्छौ
के तिमाीले बुझेका माओवाद जातजातलाई लडाउने हो ?
ख्याल गर प्रचण्ड
काशी जान कुतीको बाटोबाट पुगिंदैन
नेपाली जनता सधैं झुक्किंदैन
अब गरिबहरूले तिमै्रविरुद्ध लड्ने छन्
सहिद बनेका मेरा नाबालक छोराछोरीको कसम
म अब मोर्चा सम्हाल्नेछु
रोल्पा फेरि जाग्नेछ ।
– अग्निशिखा, भरतपुर, चितवन

२१ भाद्र २०६९, बिहीबार ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..