माओवादी नेतृत्वले ठूलो भ्रष्टाचार गरकै हो, त्यसै छोड्न मिल्दैन – सुशील कोइराला (कांग्रेस सभापति)


० अन्ततः तपाईले लडाकुमा भएको भ्रष्टाचारको विषयलाई औपचारिक रुपमै उठाउनु भयो होईन ?
– यो मुद्दा मैले यसपटक मात्रै उठाएको होईन पटक–पटक मैले उठाउँदै आएको छु । सार्वजनिक सन्चारमाध्यममा, पछिल्लो पत्रकार सम्मेलनमा पनि, लेखमा पनि पटक–पटक उठाउँदै आएको हुं । समायोजन र पुनःस्थापनाको काम अन्तिम चरणमा पुगेको अवस्थामा मैले समितिको बैठकमा यस विषयलाई भने पहिलो पटक उठाएको हुं । विशेष समितिको म्याद पनि अब अन्तिम समयमा छ । यो विषय पनि विशेष समितिको जिम्मेवारीभित्र पर्ने भएकोले मैले प्राथमिकताका साथ उठाएको हुं । शिविरहरु विशेष समितिको मातहतमा रहन्छन् । शिविरको खर्च पनि विशेष समितिले निगरानी गर्नु पर्ने हुन्छ । यत्रो ठूलो भ्रष्टाचार भएको छ भन्ने कुरा सार्वजनिक भइसकेपछि र यो घटनाले शिविरभित्र पनि द्वन्द्वको अवस्था उत्पन्न भयो । यस्तो विषयमा विशेष समिति मौन बस्नुहुन्न, छानविन गर्नुपर्छ भनेर मैले यो कुरा उठाएको हुं ।
० माओवादीले करौडौं रुपमा भ्रष्टाचार गरेको छ भनि लगाएको आधार प्रमाण तपाईसँग छ ?
– तीन हजार लडाकु त शिविरमा मात्रै होईन, नेपालमै रहेनछन् भन्ने त प्रष्ट नै भइसकेको छ । सम्भवतः उनीहरु विदेश गएका होलान्, महिनौ दिनको सूचना गरेर आउनुभन्दा पनि उनीहरु रकम लिन आएनन् । हुँदैनभएका लडाकुहरुको नाममा महिनैपिच्छे करोडौं रुपैया माओवादी नेतृत्वले बुझ्यो । फर्जि हस्ताक्षर गरेर महिनैपिच्छे रकम लग्नु भ्रष्टाचार नभए के हो ?
० यसरी भ्रष्टाचार भइरहँदा तपाईहरु किन चुप लागेर बसेको त ?
– सेना समायोजन र पुनःस्थापनामा काम गर्ने विभिन्न समितिहरु हुन्छ । विशेष समितिलाई तुरुन्तै सबै कुरा थाहा हुँदैन । कति रुपैयां कता गयो थाहा हुँदैन । हामिले नीतिगत कुरा मात्रै हेर्छौं । पहिला थाहा भएको भए त्यो पहिला नै उठ्थ्यो । शिविरभित्रको आन्तरिक ब्यवस्थापन कमाण्डरुले गरिरहेको हुनाले सबै कुरा समयमै बाहिर आउन सम्भव पनि छैन । कुरा विगतमा उठेको पनि थियो, संसदमै कुरा उठेको थियो, सन्चारमाध्यममा कुरा उठेको थियो । संसदको सार्वजनिक लेखा समितिले छानविन सुरु गर्ने तयारी पनि गरिसकेको थियो । तर संसद नै भंग भएको अवस्थामा यो कसले हेर्ने भनेर कुरा उठाएको हो ।
ण् यो कुरा मात्रै हुन्छ कि छानविन पनि हुन्छ ?
– कुरा मात्रै हुँदैन, छानविन पनि हुन्छ र हुनुपर्छ । सरकारको ढुकुटीबाट गएको रकम भएको हुनाले त्यसको छानविन गर्नै पर्छ । जनताको करबाट उठेको रकमबाट गएको हुनाले निष्पक्ष निकायले छानविन गर्नु पर्छ । अख्तियारले वा न्यायीक आयोगले छानविन गर्नुपर्छ । माओवादीले छानविन गरेर हुँदैन । पहिला छानविन गरेर कति रकम भ्रष्टाचार भयो भन्ने निक्र्योल गर्ने अनि त्यसपछि कारवाही गर्नुपर्छ । छानविन गरेर मात्रै हुँदैन । अहिलै को दोषि भनेर छानविन नगरी भन्न सकिदैन तर माओवादी दोषि छ ।
० कांग्रेसभित्रै पनि नेताहरुप्रति आशंका गर्दै सम्पत्ति छानविनको कुरा उठ्न थालिसकेको छ ?
– मन्त्री भएका, सांसद भएकाहरुले त वर्षैपिच्छे सम्पत्ति विवरण बुझाउने गरेका छन् । औपचारिक रुपमा सरकारलाई नै बुझाएका छन् । नबुझाएकाको त पारदर्शी हुने माग जायजै हो ।
० भारतीय प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीसँग इरानमा भएको वन टु वान वार्तालाई कसरी लिनुभएको छ ?
– यो वन टु वन वार्ता हुँदैन । नर्मल्ली वार्ता हुँदा प्रतिनिधि मण्डल बस्छन् । औपचारिक वार्ता त्यो हो । कहिलेकाहीं साईडलाईन वार्ता हुन सक्छ । तर यस्ता वार्तामा पनि सहयोगीहरु राख्नुपर्छ ।

२० भाद्र २०६९, बुधबार १७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..