पत्रकारको कलमबाट -सुदिप पन्त

अमेरिकाको नियमित आफ्नो कामको दिनचर्याबाट बाँकी निक्लेको समय नेपाली समाजलाई पत्रकारिताको माध्यमबाट दिनथालेको पनि करीब चार बर्ष भईसकेछ. आरोह अबरोह दैनिक ब्यस्त कामबाट पनि फुर्सद्को समय निकालेर पत्रकारिता गर्नु पनि कठिन नै छ ,पेशाको रुपमा अहिले पनि बिदेशमा पत्रकारितालाई निरन्तरता दिनु निकै गाह्रो हुन्छ । तर पनि संचार माध्यमसँग जोडीएको साईनो पनि कारीब १० बर्ष जतीको भईसकेछ,स्थानिय पूर्वसन्देश दैनिकबाट शुरु भएको पत्रकारिता पाथिभरा एफ एम हुँदै अमेरिकामा पनि बिभिन्न संचारको माध्यमसँग अहिले पनि जोडीनै रहेको छु। झापा जिल्लाको दमकमा समाजको बिबिध क्षेत्रमा रहेर राम्रो पदमा राम्रो सँग काम गरे पनि एउटा पत्रकार भएर काम गर्दाको अनुभव नितान्त बेग्लई हुदो रहेछ ,समाजको एना हो पत्रकार,समाजलाई पत्रकारले नै एउटा उन्नत समाज बनाउन अभिप्रेरित गर्छ ,उर्जा दिन्छ अनी हौसला दिन्छ ।पत्रकारिताको बिकास सिङो त्यो समाजको बिकासको प्रतिबिम्ब पनि हो । दमकमा रहदा बस्दा गरेको पत्रकारिता ,साथी भाईबाट पाएको हौसलालाई कहिले काही एकान्तमा बसेर घोत्लन्छु । अमेरिकाको लस्एन्जेलसमा बसेर पत्रकारिता अहिले गरिरहदा कता कता केही नपुगेको जस्तो ,अभिभावक नभएको टुहुरो जस्तो पनि अनुभव हुदो रहेछ ,पत्रकार पहिला समाजको अंग हो अनी मात्र पत्रकार ।तर समाजमा बसेको पत्रकारहरुलाई त्यो समाजले कतिको हौसला दिएको छ त्यो बिदेशमा रहेको नेपाली समाजमा खोजिनु आवश्यक भएको छ। समाजले संचारको महत्व नबुझ्ने हो भने जती नै धेरै काम गरे पनि त्यो देखिदैन । समाजले गरेको काम मात्र होइन समाजलाई अझ बडी प्रभावकारी रुपले कसरी अगाडि लैजान सकिन्छ त्यो बिषयलाई पनि उठान गर्न सक्छ पत्रकारले ।बिदेश स्थित नेपाली संघसस्थाहरु यदी नेपालीलाई नै हित गर्न खोलिएको ,नेपाली समाजलाई बलियो पार्न खोलिएको हो भने संचार क्षेत्रको महत्व बुझ्ने प्रयासमा पनि लाग्नु आवशय्क छ। फटाहालाई फटाहा ,सज्जनलाई सज्जन भन्न सक्नु पर्छ । अन्यायमा परेको नेपालीको आवाज भएर संघ सस्थाहरु अगाडि आउनु पर्छ ।पत्रकारले संघ सस्थामा लागेर नेपाली समाजलाई उन्नत बनाउने ब्यक्तिलाई त्यो स्थानमा मात्र होइन विश्वभरी चिनाउन सक्छ । पत्रकारले सिङो समाज बोल्ने हुँदा ।सत्य कुरा बाहिर लिएर आउने हुँदा समाजको कुनै ब्यक्तिपनी सत्यताको अगाडि आउन नडराउदा हुन्छ ,कलमको शक्ती बलियो हुन्छ ,कलम भचिन्छ तर मसी सुक्दैन ,पत्रकार आँफैमा एउता शक्ती सन्चय गरेर बसेको ब्यक्ती हुँदा समाजले पत्रकारलाई उचित रुपले प्रयोग गर्दा समाजले धेरै कुरा पाउछ। माथि अभिब्यक्त गरिएको कुरा कुन सन्दर्भको लागि हो भने बिगत चार बर्षा देखी लस्एन्जेलसमा रहेर पत्रकारिता गर्दै आएकोमा कुनै कुनै बेला कुनै कुनै समाचारहरुलाई संचारको माध्यमबाट प्रचार प्रसार गर्दा भने अली गाह्रो र असजिलो महसुस हुदो रहेछ ,त्य्स्मा पनि आफु माथि नै धम्की दिने ब्यक्तीको बिषयमा लेखिने समाचारले आफुलाई पनि खल्लो बनाउदो रहेछ ,मैले पहिलानै निबेदन गरिसके कि पत्रकार पहिला सामाजिक ब्य्क्ती हो ,उस्ले समाजमा भएको राम्रो नराम्रो कुराहरुलाई समाजको मान्छेहरुको उपस्थितिमा सुल्झाउने प्रयत्न गर्छ अनी त्य्हा बाट पनि समस्या समाधान नहुने भये पछी अरु बाटो लाग्नु स्वाभाविक होइन ,तर तथ्य र प्रमाणको आधारमा समस्या पहिलानै बुझेको पत्रकारले समाजको जिम्मेबार नागरिकको हैसियतले पीडितको पक्षमा उभिनु न्याय संगत पनि हो। पीडितलाई राहत दिन आफ्नो निजी समस्याहरुलाई पनि थाती राखी अगाडि बड्दा पत्रकार माथि नै धम्की दिनु भनेको अचम्मको कुरा हो। पत्रकारले कलम न्यायको लागि ,समानताको लागि उठाउछ ,उस्कोलागी कोहिपनी ब्य्क्ती नजिक या टाढा हुन सक्दैन। पत्रकारले पत्रकार भएर समाजमा उभिदा धेरै कुराहरुमा छाती दरिलो बनाएर उभिएको हुन्छ , डर धम्की आलोचना ,प्रसन्सा या पुरस्कारबाट डराउदैन र फुर्कदैन पनि। पत्रकारले डर लालच र धम्कीबाट कलम बन्द गर्छ या गलत सन्देश दिन्छ भने त्यो मायार्दित पत्रकार कदापी होइन । ईतिहासले पुस्टि गरिसकेको छ ।पत्रकार आउछ जान्छ तर कलम जहिले पनि अमर रहिरहन्छ । पत्रकारलाई धम्की दिने दुस्साहस कसैले नगर्दा नै भलो होला । समाजको एना हो पत्रकार र पत्रकारलाई कम्जोर बनाउने कोशीस गर्नु भनेको समाजनै कम्जोर हुनु हो। समाजको महत्वपूर्ण हिस्सा पत्रकारहरुलाई पनि समाजले आफ्नो मात्र ठान्दा पनि पत्रकारले ठुलो हौसला प्राप्त गर्छ त्यो उर्जा र हौशला उस्ले समाजको निम्ति नै खर्च गर्छ ।

२० भाद्र २०६९, बुधबार ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..