किन उठ्दै छ पुनःस्थापनाको कुरा ? – देवप्रकाश त्रिपाठी

सामान्यतया मृत्युलाई सकारात्मक रूपमा लिइंदैन र त्यो कसैका निम्ति स्वीकार्य पनि हुंदैन । तर, कतिपय मृत्युलाई अपरिहार्य, वाञ्छनीय र आवश्यक ठानिन्छ । वीरप्पन र विन लादेनको मृत्युलाई त्यस्तै वाञ्छनीय मृत्युको दृष्टान्तका रूपमा लिन सकिन्छ । चन्दन तस्करीमा लिप्त वीरप्पन हत्या र डकैतीमा समेत संलग्न भएका र विन लादेनको ध्वंशात्मक सोच विश्वलाई नै एउटा चुनौती बनिरहेको सन्दर्भमा तिनका मृत्युलाई आवश्यक र उपयुक्त ठानिएको थियो । तिनीहरूको मृत्युमा विश्वको ठूलो हिस्साले खुसियाली पनि मनायो । एउटा प्राणी या मानिसका रूपमा मात्र हेर्ने हो भने वीरप्पन र विन लादेनको मृत्युबाट आहत मानिस पनि यही धर्तीमा छन्, उनीहरूको मृत्युपीडाले कैयन मानिसमा छटपटी बढेको थियो, अझै छ ।

नेपालको इतिहासमा तीजत्तिकै निम्नकोटिका खलपात्रहरूको मृत्यु–घटना नभएको हुंदा राणाशासन र पञ्चायती निरङ्कुशतन्त्रको मृत्युलाई नेपाली जनताले सबैभन्दा ठूला सुखद मृत्युका रूपमा लिएका थिए । तर, पछिल्लो समयमा संविधानसभाको स्वाभाविक निधनलाई पनि इतिहासको अविष्मरणीय सुखद मृत्यु घटनाका रूपमा लिइएको छ । ‘त्यो’ संविधानसभामा नेपालअनुकूल प्रजातान्त्रिक संविधान निर्माण गर्ने सामथ्र्य थिएन, कदाचित त्यसले संविधान निर्माण गरेको भए पनि त्यो संविधान नेपाली राष्ट्रियता र प्रजातन्त्रका निम्ति एउटा चुनौतीपूर्ण दस्तावेजका रूपमा मात्र ‘स्थापित’ हुने निश्चित थियो । राष्ट्रिय एकता, प्रजातन्त्र र राष्ट्रियताको मृत्यु हुनबाट नेपाल जोगिएको हुनाले संविधानसभाको मृत्युले नेपाली जनतामा एउटा सुखद सञ्चार गरेको हो । तर, अहिले केही अन्तर्राष्ट्रिय शक्ति, राजनीतिक समूह र कतिपय व्यक्ति सोही संविधानसभाको पुनर्जीवनको निम्ति भाकल गर्दै छन् । जसका कारण नेपाली जनतामा पुनः सन्त्रास
व्याप्त हुन पुगेको छ । विन लादेनको मृत्युपश्चात् अलकायदा समाप्त हुने विश्वासमा रहेको विश्व जनसमुदायलाई अलकायदाको पुनर्गठनले जुन सन्त्रास पैदा गराएको छ ठीक त्यही अवस्थाको सन्त्रास राष्ट्रपे्रमी र प्रजातन्त्रपे्रमी नेपाली जनसमुदायमा संविधानसभा पुनस्र्थापनाको कुराले उत्पन्न गराएको छ ।
पश्चिमा इसाई मुलुकहरू जसले नेपालमा जातीय सद्भाव बिथोल्न अर्बौं रुपैयां लगानी गरेका थिए र संविधानसभामार्फत आफ्नो अभीष्ट पूरा गर्ने सपना–कल्पनामा थिए, उनीहरू संविधानसभालाई पुनस्र्थापित गरेर आफ्नो लगानीको प्रतिफल प्राप्त गर्न कसरतरत छन् । त्यस्ता अन्तर्राष्ट्रिय समुदायको गोटीको भूमिकामा रहेका केही जनजातीय समुदायका व्यक्ति, प्रचण्ड–बाबुराम नेतृत्वको माओवादी र अन्य केही लोभी–पापी राजनीतिकर्मीहरू स्वर्गीय संविधानसभालाई पुनर्जीवन दिन खटिएका छन् । प्रचण्डहरू संविधानसभा पुनस्र्थापना हुंदा देश विखण्डन गराउने आफ्नो अन्तिम चाहना पूरा गर्न सकिने र पुनस्र्थापित संविधानसभामा दुईतिहाई मत आफूतिर आकर्षित गरी प्रजातान्त्रिक र राष्ट्रवादी शक्तिलाई किनारा लगाउंदै आफूअनुकूलको संविधान निर्माण गर्न र सत्ताको मालिक आफैं बन्ने अवसर प्राप्त हुने विश्वासका आधारमा संविधानसभा पुनस्र्थापनामा केन्द्रित भएका छन् ।
केही जनजातीय नश्लका व्यक्तिहरू पनि संविधानसभा पुनस्र्थापित हुंदा आफ्ना आकाङ्क्षा परिपूर्ति हुने ठान्छन् । त्यसैले उनीहरूले संविधानसभा पुनस्र्थापनाको नारा लगाउनु नाजायज भए पनि स्वाभाविक छ । तर, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा रहेको मानिने नेपाली काङ्गे्रसका केही नेता र कार्यकर्तासमेत संविधानसभा ब्युंताउने अभियानमा सरिक हुनुलाई चाहिं कुनै पनि दृष्टिले स्वाभाविक र जायज मान्न सकिएको छैन ।
माओत्सेतुङले प्रतिक्रियावादीहरू कागजीबाघ मात्र हुन् र उनीहरूलाई जतिपटक पनि झुक्याउन सकिन्छ भनी भनेका कुराहरू माओका सङ्कलित रचनाहरूमा पढ्न पाइन्छ । चीनका प्रजातन्त्रवादीहरूलाई पटकपटक झुक्याउने सफलता प्राप्त गरेको अनुभवका आधारमा माओले त्यस्तो निष्कर्ष निकालेका भए पनि माओवादीको चरित्र, गन्तव्य र व्यवहारबारे सिङ्गै विश्व जानकार भइसकेको परिपे्रक्ष्यमा नेपालका प्रजातन्त्रवादीहरूचाहिं माओवादीबाट झुक्किने छैनन् भन्ने विश्वास गरिएको थियो । तर, यो विश्वासले धोखा पाएको छ, गिरिजाप्रसाद कोइरालाजस्ता नेता मात्र पटकपटक झुक्किएनन्, काङ्गे्रसको नयां पुस्ताका नेताहरूसमेत माओवादीबाट धोखा खान लामबद्ध भएका छन् । शेरबहादुर देउवा पश्चिमाहरूको इशारा र आफ्नी पत्नीको जोडदार आग्रहका कारणले मात्र नभई प्रधानमन्त्री बन्न प्रचण्डहरूको सहयोग प्राप्त हुने आश्वासनको भुलभुलैयामा परेर संविधानसभा पुनस्र्थापनाको अभियानमा जुटेको सहज अनुमान गर्न सकिन्छ । संविधानसभा पुनर्वहाली हुंदा आफ्नो गुमेको पद स्वतः बहाल हुने लोभमा परेर पनि अन्य कतिपय नेता पुनस्र्थापनाको पक्षमा लागेको देखिन्छ । आफ्ना तुच्छ आकाङ्क्षापूर्ति हुने भ्रमपूर्ण विश्वासमा काङ्गे्रसका केही नेताहरू पुनस्र्थापना अभियानमा जुटेका भए पनि कदाचित संविधानसभाले पुनर्जीवन पाएमा तिनको इच्छा पूरा नहुने शतप्रतिशत निश्चित छ । जसरी राष्ट्रपति बन्ने–बनाइने विश्वासमा गिरिजाप्रसादले गम्भीर राजनीतिक भूल गर्नुभएको थियो ठीक त्यही भूल दोहो¥याउन काङ्गे्रसका एकथरी नेताहरू ‘प्रतिबद्ध’ देखिएका छन् । संविधानसभा पुनस्र्थापना भएमा सबै पार्टीका अधिकांश जनजाति नश्लका व्यक्तिहरू एकताबद्ध भई प्रचण्डको समर्थनमा पुग्नेछन् । राष्ट्रवादी माओवादीका सभासद्हरूमा पनि प्रचण्डको एजेण्डाले विभाजन ल्याउनेछ । निर्वाचन आयोगमा दर्ता नभएको नेकपा–माओवादीभित्रका आफ्ना खास–खास विरोधीहरूलाई प्रचण्डले कारबाहीको दण्डा वर्षाउनेछन् र कुनै न कुनै रूपले विभाजित माओवादीलाई समेत आफ्नो पक्षमा उपयोग–प्रयोग गर्ने हैसियत प्रचण्डले देखाउनेछन् । त्यस्तै, मधेसकेन्द्रित दलहरूको एउटा ठूलै हिस्सालाई पनि आफूसंगै हिंडाउने सफलता प्रचण्डलाई प्राप्त हुने देखिन्छ । एमालेका केही जातिवादी अगुवाहरू पनि प्रचण्डकै राजनीतिक अगुवाइमा गोलबद्ध हुने निश्चितप्रायः छ । त्यस्तो अवस्थामा प्रचण्डलाई संविधानसभाको दुईतिहाई मत प्राप्त भयो भने कुनै आश्चर्य हुने छैन । जब प्रचण्डलाई दुईतिहाईको समर्थन प्राप्त हुनेछ, तब उनले काङ्गे्रस–एमालेलगायत प्रजातन्त्र पक्षधरहरूलाई किनारमा पु¥याएर संविधान निर्माण प्रक्रियामा समेत तिनको भूमिकालाई शून्यबराबर तुल्याइदिए भने त्यो अनौठो हुने छैन । दुईतिहाई मत जुटेको अवस्थामा प्रचण्डले राष्ट्रपतिसमेत परिवर्तन गर्न खोज्ने कुरामा द्विविधा राख्नुपर्ने देखिंदैन । संविधानसभा पुनस्र्थापित भएमा के हुनसक्छ भन्ने विषयमा अरूहरूलाई भ्रम रहे पनि प्रचण्डमा त्यसप्रकारको भ्रम देखिंदैन, उनी आफ्नो रोडम्यापमा स्पष्ट छन् । त्यसैले काङ्गे्रस–एमालेलगायतका दलहरूसंग अहिले झुकेर सम्झौता गरी संविधानसभा पुनस्र्थापित गर्ने र संविधानसभा पुनस्र्थापित भइसकेपछि ‘पार्टीले मानेन’ भन्दै आफ्नो रोडम्यापअनुरूप अघि बढ्ने कुटिल रणनीतिक योजनामा प्रचण्ड छन् । प्रचण्डको यही चालबाजीलाई बुझ्न नसकेर काङ्गे्रसका नेता दाबी गर्ने केही व्यक्तिहरूसमेत अहिले पुनस्र्थापनाको आत्मघाती अभियानमा सरिक भइरहेका छन् ।
पहिले सम्झौतामा आउन सबैलाई बाध्य तुल्याउने र सम्झौता भइसकेपछि त्यसको स्वामित्व नलिने व्यवहार प्रचण्डले अनेकौंपटक दोहो¥याइसकेका छन् । क्रान्ति र पार्टीहितका लागि गरिने हरेक कर्मलाई जायज र आवश्यक ठान्ने विचारदर्शनबाट निर्देशित प्रचण्डहरूले संविधानसभा पुनस्र्थापनाका निम्ति गरिने सम्झौतालाई पनि कार्यान्वयन गर्ने विश्वास किञ्चित गर्न सकि.दैन । तसर्थ संविधानसभा पुनस्र्थापना गर्ने गल्ती काङ्गे्रसबाट भएमा त्यसपछि फेरि अर्को गल्ती गर्ने अवसर पनि काङ्गे्रसलाई प्राप्त हुनेछैन । माओका लडाकुसंग चीनको राष्ट्रिय सेनाले गठबन्धन गरी जापानविरुद्ध लड्न च्याङ्काइसेकले गरेको सम्झौता उनको अन्तिम गल्ती भएझैं संविधानसभा पुनस्र्थापनाको सम्झौता नेपाली प्रजातन्त्रवादीहरूको अन्तिम गल्ती हुनेछ ।
संविधानसभा पुनस्र्थापित भएमा कसरी अघि बढ्ने भन्ने विषयमा जसरी प्रचण्डहरू स्पष्ट छन्, त्यसैगरी जनजाति नश्लका केही व्यक्ति र पश्चिमा इसाई मुलुक पनि स्पष्ट छन् । २०६३ सालमा तात्कालिक राजा ज्ञानेन्द्रलाई हेरेको हे¥यै बनाएर जसरी एकपछि अर्को ठूलाठूला राजनीतिक निर्णय गरिएको थियो, पुनस्र्थापना भएमा ठीक त्यसैगरी प्रचण्ड, जातिवादी समूह र इसाई मुलुकहरू प्रजातन्त्रवादी र राष्ट्रवादीहरूलाई हेरेको हे¥यै बनाएर अघि बढ्नेछन् । ०६५ सालमा राजा ज्ञानेन्द्रलाई नागार्जुन दरबार र सन् १९४९ मा च्याङ्काइसेकलाई रहनका निम्ति ताइवान प्राप्त भएको थियो, अब प्रचण्डहरू विजयी हुंदा नेपालका प्रजातन्त्रवादी तथा राष्ट्रवादीहरूलाई रहनका निम्ति कुनै नागार्जुन र ताइवान पनि उपलब्ध हुनेछैन । बहुसङ्ख्यक सनातनीहरू रक्षात्मक र अल्पसङ्ख्यक इसाईहरू आक्रामक भएर हिन्दूहरूका निम्ति आफ्नै मुलुक अहिले जसरी बिरानो बन्दै गइरहेको छ, प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिहरूले पनि संविधानसभाको पुनस्र्थापनापश्चात् सोही डिग्रीको बिरानोपन ‘उपलब्धिका रूपमा’ प्राप्त गर्नेछन् ।
संविधानसभा पुनस्र्थापनाका निम्ति कुनै संवैधानिक र कानुनी आधार छैनन् । प्रचण्डहरू संविधान र कानुनबमोजिम हिंडेर क्रान्तियात्रा पूरा हुन सक्दैन भन्ने विश्वास गर्छन् । स्थापित संवैधानिक एवम् कानुनी मान्यताहरूको जति धेरै उल्लङ्घन भयो क्रान्तियात्रा त्यति नै छोटो हुने मान्यता उनीहरूको छ । त्यसैले राजनीतिक सहमतिका आधारमा संविधानसभा पुनस्र्थापित गर्न सक्दा नेपालको न्यायापालिकाको निर्णायक तेजोबध हुने र न्यायपालिका तथा न्यायिक प्रक्रियाहरूमा समेत आफैं हावी हुने परिस्थिति निर्माण हुने माओवादी ठम्याइ छ । पुराना स्थापित संरचनाहरूमध्ये अहिलेसम्म न्यायपालिका र नेपाली सेना मात्र जीवित रहन सकेको छ । पुनस्र्थापनापश्चात न्यायपालिका निकम्मा बन्ने र राजनीतिक निर्णयका आधारमा सेनालाई समेत काबुमा लिने प्रयत्न प्रचण्डहरूबाट हुनेछ । त्यसपछि नेपालमा प्रचण्ड नेतृत्वको अधिनायकवादी राज्यसत्ता स्थापना भई त्यसले नयां जनवादी क्रान्तिको विशेषण प्राप्त गर्ने सम्भावना प्रबल हुनेछ, समयमै चेतना हुनु राम्रो ।

१९ भाद्र २०६९, मंगलवार १९:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..