मुन्धुम पुरस्कारद्वारा बैरागी काइँला पुरष्कृत

ललितपुर । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई एक लाख रुपैयाँ राशिको ‘रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार’ प्रदान गरिएको छ । लिम्बु जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसका अबसरमा कुलपति बैरागी काइँलालाई आइतबार उक्त पुरस्कार प्रदान गरिएको हो । संस्कृतिविद् सत्यमोहन जोशी र पुरस्कारका संस्थापक मञ्जुलकुमार याक्थुम्बाले संयुक्त रूपमा ताम्रपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।

किरात लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशितका स्रष्टा काइँलालाई पहिलो पटक यो पुरस्कार दिइएको हो । वि.सं. १९९६ भदौमा पाँचथरमा जन्मिएका आयामेली कवि काइँलाको किराँत मिक्हन साम्लो, महागुरु फाल्गुनन्दका उपदेश तथा सत्यहाङ्मा पन्थका भजनमालाहरु, कोखपूजा आख्यान, आँखीडाही मुन्धुम, सामसोधा मुन्धुम, मोचमार्ने मुन्धुम, तङसिङ तक्मा मुन्धुम र सृष्टि आख्यान मुन्धुम कृति प्रकाशित छन् । सिरिजंगा लिपि र देवनागरी तथा अंग्रेजीमा समेत अनुवादित मुन्धुम कृति छनोटका क्रममा काइँलाले सम्मान पाएका हुन् । पुरस्कार छनोट समितिले ‘तङसिङ तक्मा मुन्धुम’ कृतिका निम्ति यो पुरस्कार छनोट गरेको चुम्लुङले जनाएको छ । चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङदेनका अनुसार दुई-दुई वर्षमा प्रदान गरिने यो लिम्बू समुदायमा प्रदान गरिने सर्वाधिक राशिको यो पहिलो पुरस्कार हो । त्यसैगरी गत वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट अंक हासिल गरेका लिम्बु छात्र पवन योङयाङ र छात्रा प्रविना लिम्बूलाई जनही १० हजार तथा अन्यलाई प्रसंशापत्र प्रदान गरिएको थियो । त्यस अवसरमा ‘चुम्लुङहिम अभिलेख’ पुस्तक समेत विमोचन गरिएको थियो ।

१७ भाद्र २०६९, आईतवार २१:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

एसइईको नतिजा आज

काठमाडौँ, १२ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहिबार सार्वजनिक गर्ने भएको छ..

सरकारी गाडीमा लक लगाउने ट्राफिकलाई धन्यवाद, गृह मन्त्रालय भन्छ, ‘जरिवाना तिर्छौँ’

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । गृहमन्त्रालका उच्च अधिकारीको गाडीमा लक लगाउने ट्राफिक प्रहरीलाई ट्राफिक..

लोकसेवाको विज्ञापन मुद्दामा सुनुवाई हुन सकस

काठमाडौँ, ११ असार । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दामा अन्तिम फैसला लम्बिएको छ । विज्ञापनका सम्बन्धमा..

आन्दोलनरत म्यानपावर व्यवसायीलाई सरकारले वार्तामा बोलायो

निरोज कुमार थापा, काठमाडौँ, ११ असार । सरकारले म्यानपावर व्यवसायीहरुलाई वार्तामा बोलाएको छ । श्रम, रोजगार तथा..

प्रहरीको गाडी दुर्घटना हुँदा २ थुनुवाको मृत्यु

रौतहट, १० असार । रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते..