भारतका पूर्वमन्त्रीलाई २८ वर्षको जेल सजाय

 काठमाडौं, १५ भदौ । १० वर्ष अघि अहमदावाद (भारत)को नरोडा पाटिया इलाकामा भएको नरसंहारमा अदालतले भारतीय जनता पार्टीकी नेतृ एवं पूर्वमन्त्री माया कोडनानीलाई १८ वर्षको कैद सुनाएको छ । सोही नरसंहार काण्डसंग जोडेर बजरंग दलका नेता बाबू बजरंगीलाई जन्मकैदको फैसला सुनाइएको छ । १० वर्षअघिको उक्त नरसंहारमा ९७ जनाको मृत्यु भएको थियो । नरसंहारमा ७० जना आरोपी थिए ।  विशेष अदालतले बुधबार यस नरसंहारमा ३२ जनालाई दोषि ठहर्‍याएको थियो । उक्त काण्डलगत्तै  महिला तथा बाल विकास मन्त्री बनाइएकी पूर्वमन्त्री कोडनानीमाथि भीड उक्साएको ठहर विशेष अदालतले गरेको एजेन्सीहरुले जनाएका छन् ।

१५ भाद्र २०६९, शुक्रबार १७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..