अर्थमन्त्री पुन र डेनिस विकासमन्त्री विच भेटवार्ता

डेनमार्क, ३ फागुण । डेनमार्कको भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन अनन्तले डेनिस विकासमन्त्रीसँग भेटघाट गर्नुभएको छ । उहाँले हिजो साँझ (बिहीबार) डेनिस विकास मन्त्री क्रिसियन फ्रिस व्याज  सँग भेटघाट गर्नु भएको हो ।
भेटमा अर्थमन्त्री पुनले नेपाल र डेनमार्कको कुटनीतिक सम्बन्ध सन् १९६७ देखिको भएको स्मरण गराउनुहुँदै यसलाई आगामि दिनमा अझै मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा डेनमार्कले गर्दै आएको सहयोगको स्राहना गर्दै आगामी दिनमा सहयोग बढाउने आशा व्यक्त गर्नुभयो ।
भेटमा अर्थमन्त्री पुनले नेपालको अहिलेको प्राथमिकता शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउनु, नयाँ संविधान लेख्नु, सशाषन कायम गर्नु र आर्थिक समृद्धि गर्नुभएको बताउनुहुँदै नेपालको शिक्षा, उर्जा, सशाषन, मानवअधिकारको क्षेत्रमासमेत सहयोग गर्न डेनमार्कलाई आग्रह गर्नुभयो ।
नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण अन्तिम चरणमा पुगिसकेको जानकारी गराउनुहुँदै अर्थमन्त्री पुनले सुशाषनको क्षेत्रमा भ्रष्टचार नियन्त्रण रणनीति अपनाईएको बताउनुहुँदै भ्रष्टचारलाई शुण्य सहनशीलतामा झार्ने नेपालको प्रतिबद्धता रहेको बताउनुभयो । आर्थिक समृद्धिका लागि तत्कालका लागि आर्थिक रुपमा जनतालाई राहात प्रदान गर्दै आर्थिक सुधार तथा समृद्धिका लागि ठोस कार्ययोजना तयार पारिएको बताउनुभयो ।
भेटमा अर्थमन्त्रीले नेपालमा लगानी मैत्री वातावरण बन्दै गएको बताउनुहुँदै नेपालको जलविद्युत, पर्यटन, उद्योग र कृषिको क्षेत्रमा लगानी बढाउन डेनमार्कलाई आग्रहसमेत गर्नुभयो । उहाँले नेपालले डेनमार्कसँग वैकल्पिक उर्जाको क्षेत्रमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । वायो ग्यास र सोलार पावर जस्ता वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग भए नेपालको ग्रामिक भागका वासिन्दाहरु पनि लाभान्वित हुने बताउनुभयो ।
नेपाल सरकारले सन् २०१२, १३ लाई लगानी वर्ष घोषणा गरेको जानकारी गराउनुहुँदै उहाँले त्यसका लागि प्रधानमन्त्रीकै नेतृत्वमा बनेको लगानी वोर्डले ५० वटा ठूला आयोजनाहरु तयार गर्दै गरेको र २० वटा परियोजना तत्कालै तयार गरेर लगानीका लागि विदेशी लगानीकर्तालाई अपील गरिने जानकारी गराउनुभयो ।
भेटको क्रममा अर्थमन्त्रीले डेनीस मन्त्रीलााई नेपालमा लगानीका लागि डेनिस नीजि क्षेत्रलाई प्रोत्साहन गरिदिन आग्रह गर्नुभयो ।
जवाफमा डेनीस विकासमन्त्री व्याजले डेनमार्क र नेपालको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने बताउनुहुँदै नेपालको हरेक क्षेत्रमा सहयोग गर्न डेनमार्क तयार रहेको बताउनुभयो । उहाँले डेनमार्कले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुहुँदै सहयोग थप्दै जाने बताउनुभयो । उहाँले डेनमार्क नेपालको जलविद्यृत, कृषि, शिक्षा क्षेत्रमा लगानी गर्न र सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले डेनमार्क सरकारले नेपालमा लगानी गर्नका लागि आफ्नो नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुहुँदै डेनमार्कले जहिले पनि नेपाल विकसित भएको हेर्न चाहेको बताउनुभयो ।
यसैबीच बिहीबार नै अर्थमन्त्री पुनले डेनमार्कका नीजि क्षेत्रसँग अन्तरक्रिया गर्नुभएको छ । अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा लगानी मैत्री वातावरण बन्दै गएको र विदेशी लगानी खोजिराखेको बताउनुहुँदै डेनमार्कको नीजि क्षेत्रलाई लगानी लिएर आउन अपील गर्नुभयो । उहाँले नेपाल विदेशी लगानीकर्ताहरुको सहि गन्तव्य बन्दै गएको पनि बताउनुभयो ।
लामो समय द्वन्द्वबाट गुज्रिएको नेपाल अहिले संक्रमणकालमा रहेको र पुनःनिर्माणको चरणमा रहेको बताउनुहुँदै अर्थमन्त्री पुनले नेपालको सामाजिक तथा आर्थिक समृद्धि खोजिरहेको बताउनुभयो । नेपालमा हुने वैदेशिक लगानी नेपालको आर्थिक तथा सामाजिक समृद्धिमा सहयोग हुने उहाँको भनाई थियो ।
अर्थमन्त्री पुनले नेपालले लगानी भित्र्याउन नेपाल सरकरले सन् २०१२,१३ लाई लगानी वर्ष घोषणा गरेको जानकारी गराउनुहुँदै त्यसका लागि लगानी वोर्ड बनाएर सम्भाव्यताहरु अध्ययन भईराखेको जानकारी गराउनुभयो । वोर्डले तत्कालै २० वटा ठूला परियोजना तयार पारेर विदेशी लगानीकर्तालाई अपील गर्ने तयारी गरिराखेको बताउनुहुँदै त्यसमा लगानी गर्न डेनमार्कका नीजि क्षेत्रलाई आग्रह गर्नुभयो ।
उहाँले नेपालको जलविुद्युत, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्नुहुँदै उहाँले पूर्वाधारको क्षेत्रमा सडक, सिंचाई, विद्युतीयलायतको लगानी लिएर आउन आग्रह गर्नुभयो । उहाँले डेनमार्कका उद्योगी व्यवसायीहरुलाइ नेपालमा लगानीको सम्भाव्यता अधययनका लागि भ्रमण गर्न आग्रह गर्नुभयो ।
अर्थमन्त्री डेनिस अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (डानिडा)ले आफ्नो स्थापनाको पचासौं वर्षको अवसरमा कोपन हेगनमा आयोजना गरेको ‘परिपर्तित विश्वमा विकासनीति’ विषयक मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्न चैत १ गते डेनमार्क जानुभएको थियो । उहाँले आज (शुक्रबार) सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।

३ चैत्र २०६८, शुक्रबार ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..