अण्डा पनि चुरोटजत्तिकै खतरा

लन्डन, १३ भदौ । अन्डाले मुटुरोगको सम्भावना बढाउने हालै प्रकाशित एक अनुसन्धानको नतिजाले देखाएको छ । अनुसन्धानकर्ताहरुले मुटुका लागि अन्डा र चुरोट उत्तिकै खतरनाक भएको बताएका छन् । एथेरोस्क्लेरोसिस अनलाइन जर्नलमा प्रकाशित विवरण अनुसार अन्डाको पहेंलो भागमा उच्च मात्रामा कोलस्ट्रोल पाइन्छ । यसले मुटुको कोरोनरी आर्टरी डिजिज (सिएडी–क्याड) र हृदयाघातको जोखिम बढाउं छ । यसपूर्व भएका अनुसन्धानले क्याडको सम्बन्ध चुरोटसंग देखिएको थियो । गत वर्ष अमेरिकीहरुले औसत दुई सय ४७ अन्डा खाए । यसले अन्डा खाने अमेरिकीको मुटुमा समस्या ल्याएको एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताले अन्डालाई चुरोटको प्याकेटसंग दांजेका छन् । क्यानडाको ओन्टारियो प्रान्तको लन्डनस्थित वेस्टर्न युनिभसिर्टीका अनुसन्धानकर्ताले हृदयाघातको जोखिम बढाउनमा अन्डाको पहेंलो भागको त्यति नै योगदान रहन्छ जति चुरोटको ।
रोबर्टस् रिसर्च इन्स्टिच्युटका वैज्ञानिक र अनुसन्धाकर्तामध्येका एक डक्टर डेभिड स्पेन्स भन्छन्, ‘धेरै बांच्न चाहनेका लागि नियमित अन्डाको पहेंलो भाग खानु भनेको हृदयाघात बढाउने जोखिम मोल्नु हो । धमनी बिगार्ने र हृदयाघात चांडै निम्त्याउने खानेकुरा थाहा पाइपाइ किन खाने ?’
अन्डाबारे यसअघि भएका अनुसन्धानले यसका धेरै फाइदा हुने नतिजा देखाएका थिए । तर अहिलेको अनुसन्धान नतिजाले एक निश्चित उमेरका मानिसका लागि ती सबै फाइदालाई छायांमा पारिदिएको छ । डक्टर स्पेन्स र उनको टोलीले लन्डन हेल्थ साइन्सेज सेन्टरका एक हजार दुई सय ३१ बिरामीको तथ्यांक संकलन गरे । ती बिरामीको औसत उमेर ६२ वर्ष थियो ।

अनुसन्धानकर्ताले अल्ट्रासाउण्ड विधिबाट बिरामीका क्यारोटिड आर्टरी (धमनी)मा प्लाक (कोलस्ट्रोल, फंयाटी एसिडलगायत)को मात्रा मापन गरे । क्यारोटिड धमनीले मानिसको घांटी, टाउको र मस्तिष्कमा रगत तथा अक्सिजन आपूर्ति गर्छ । बिरामीको खानपानलगायत जीवनशैलीसंग सम्बन्धित धेरै कुराबारे सर्वेक्षणसमेत गरियो सर्वेक्षेणमा धुमपान र अन्डाको पहेंलो भागको उपभोगजस्ता तथ्य समेटिएको थियो ।
अनुसन्धानकर्ताले बिरामीको सर्वेक्षणबाट प्राप्त तथ्यांकको विश्लेषण गरे । बिरामीले दैनिक पिएको चुरोटको संख्या र चुरोट पिएको कति वर्ष भयो त्यसले गुना गरे अनुसन्धानकर्ताले । अनुसन्धानकर्ताले बिरामीले उपभोग गरेका अन्डाबारे पनि त्यसै गरे अर्थात दैनिक खाएको अन्डाको संख्याले खाएको वर्र्षलाई गुणा गरे । यसबाट अनुसन्धानकर्ताले ४० वर्षको उमेरपछि क्यारोटिड धमनीमा प्लाकको मात्रा बढेका पाए । अन्डा र चुरोट दुबै उपभोग गर्ने बिमारीको क्यारोटिड धमनीमा अत्यधिक परिमाणमा प्लाकको मात्रा बढेको पाइयो । धुमपानले धमनीमा प्लाकको मात्रा तीव्र गतिमा बढेको पाइयो । अन्डाको पहेंलो भागले धुमपानबाट धमनीमा थुप्रिने प्लाकको मात्राको दुई तिहाइ मात्र बढेको पाइयो ।
कहिलेकाहीं अन्डा खानाले खासै असर नगर्ने अनुसन्धानकर्ताले बताएका छन् । तर अन्डाको पहेंलो भाग नियमित खाए मुटुरोग र हृदयाघातको सम्भावना बढ्ने अनुसन्धानकर्ताले बताएका छन् । खासमा समस्या कोलस्ट्रोलको मात्राको हो । हाम्रो भोजनमा दैनिक २ सय मिलिग्रामभन्दा बढी कोलस्ट्रोलको मात्रा भएमा हृदयाघातको जोखिम बढ्छ । एउटा अन्डाको पहेंलो भागमा २ सय ३७ मिलिग्राम कोलस्ट्रोल पाइन्छ । अर्थात, दैनिक निर्धारित कोलस्ट्रोलको मात्राभन्दा ३७ मिलिग्राम बढी । तर, अन्डाको सेतो भाग भने शरीरका लागि स्वस्थ भोजन भएको अनुसन्धानकर्ताको भनाइ छ ।
डक्टर स्पेन्स र उनको अनुसन्धान टोली क्यानडा मात्र नभएर संसारका अन्डा उत्पादक किसानका प्रिय हुने कुरै भएन । क्यानडाको अन्डा उत्पादक किसान संगठनका पोषण अधिकृत करेन हार्वे भन्छिन्, ‘अन्डाको तुलना चुरोटसंग गरिनु हास्यापद छ । धुमपान स्वास्थ्यका लागि सबैभन्दा हानिकारक भएको तथ्य सबैले बुझेको कुरा हो । पहेंलो भाग नै अन्डाको सबैभन्दा पोषणयुक्त पदार्थ हो जसमा भिटामिन र मिनरल्स पाइन्छ ।’
अनुसन्धानकर्ताले खासगरि ४० वर्षमाथिका व्यक्तिलाई अन्डाको पहेंलो भागबाट हुने हानीबाट बच्न अन्डा नियमित नखान सल्लाह दिएका छन् । खाए पनि पहेंलो भागको साटो सेतो भाग खानु स्वास्थ्यका लागि उत्तम रहेको सुझाव उनीहरुको छ । (एजेन्सी)

१३ भाद्र २०६९, बुधबार ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..