साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ । स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो । घर फिर्न नपाएका नेपाली श्रमिकहरूले गत भदौ २१ गते रियादस्थित समास्को कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

साउदीमा यसअघि नेपाली श्रमिकविरुद्ध शान्तिसुरक्षासम्बन्धी मुद्दा लागेको थिएन । सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न साउदीमा मनाही छ । नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए ।

१५ कार्तिक २०७७, शनिबार १७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..