शुक्रबार ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । शुक्रबार ३ हजार ५ सय १७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ जनाको पीसीआर टेस्ट गर्दा १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ जना संक्रमित थपिएका हुन् । शुक्रबार ४ हजार ९६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

उपत्यकामा १ हजार ८ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ७८१ महिला र ११ सय ७ जना पुरुष रहेका छन् । उपत्यकामा काठमाडौंमा १ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जना संक्रमित थपिएका छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मोरङ २५५, झापा १३४, चितवन १२३, कास्की ११२ र रुपन्देहीमा १२० जना नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै बागमति प्रदेशमा संक्रमित थपिएका छन् । बागमति प्रदेशमा २ हजार २ सय ६६, प्रदेश १ मा ५ सय ६८, प्रदेश २ मा १ सय ९ जना, गण्डकी प्रदेशमा २ सय २४ जना, लुम्बिनी प्रदेशमा २६५, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना संक्रमित थपिएका छन् ।

शुक्रबार १६ संक्रमितको निधन भएको छ । नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

१४ कार्तिक २०७७, शुक्रबार १७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..