अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो । १२ गते बुधबार अमेरिकाले ९ लाख ३३ हजार ११५ जनाको नमुना परीक्षण गर्दा ८० हजार २४७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । ११ गते मंगलबार अमेरिकामा १० लाख ७५ हजार २७७ जनाको परीक्षण गर्दा ७५ हजार ४२ जना कोरोना भाइरसका संक्रमित थप भएका थिए ।

त्यस्तै भारतमा हिजो बिहीबार १० लाख ७५ हजार ७६० जनाको कोरोनाको नमुना परीक्षण गर्दा ४९ हजार २८१ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । १२ गते बुधबार १० लाख ६६ हजार ७ सय ८६ जनाको नमुना परीक्षण गर्दा ५९ हजार ९१२ जना कोरोना संक्रमित थप भएका थिए । बुधबार ५ सय ९ जनाको कोरोनाको संक्रमणबाट निधन भएको थियो भने बिहीबार ५६८ जनाको कोरोना संक्रमणकै कारण निधन भएको हो ।

अमेरिकामा कात्तिक १३ गते बिहीबार १ हजार ४७ जनाको संक्रमणबाट निधन भएको छ । नेपाली समय अनुसार शुक्रबार बिहान ६.३० बजेसम्ममा अमेरिकामा २ लाख ३४ हजार १६९ जनाको निधन भैसकेको छ ।

१४ कार्तिक २०७७, शुक्रबार १०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..