मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले दर्ता गरेको छ । घटनामा असग्लनको नाम पनि जाहेरीमा उल्लेख भएको भन्दै उजुरी लिन आनकानी गरेको जिल्ला प्रहरी कार्यालयले आज सरकारी वकिलको कार्यालय मार्फत आएको जाहेरी दर्ता गरेको हो । जाहेरी दर्तासँगै अनुसन्धान र कारवाही प्रक्रिया अघि बढेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताइन ।

मृतक चौरसियाका भाइ महेशले १२ जनालाई विपक्षी बनाएर किटानी जाहेरी दिएका हुन । जाहेरीमा पूर्वसांसद राजकुमार गुप्ता, धिरज चौरसिया, लछुमन चौरसिया, चिन्टु तिवारी लगायतलाई विपक्षी बनाइएको छ ।

सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपका क्रममा सात दिनअघि चौरसिया घाइते भएका थिए । उनको उपचारको क्रममा भोलीपल्ट मृत्यु भएको थियो । प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै पर्सामा नेकपा कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका थिए ।

मुद्दा दर्ता गर्न माग गर्दै उनीहरुले प्रशासन मार्फत प्रधानमन्त्री केपी ओलीलाई समेत ज्ञापनपत्र बुझाएका थिए । प्रहरीले भने घटनामा संलग्नै नरहेका व्यक्तिको समेत नाम किटान गरी जाहेरी दिएकाले दर्ता हुन नसकेको बताउदै आएका थिए । बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडप भएको थियो ।

१३ कार्तिक २०७७, बिहीबार १७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..