बिहारमा विधानसभाका लागि आज मतदान

पटना । भारतको बिहारमा विधानसभाका लागि पहिलो चरणको मतदान आज बुधबार हुँदैछ । बिहारका १६ जिल्लाका ७१ सिटका लागि १ हजार ६६ जना उम्मेदवार छन् । उम्मेदवारमा ८ मन्त्रीसहित ९ सय ५२ पुरुष र १ सय १४ महिला चुनावी मैदानमा छन् ।

नेपालसँग सीमा जोडिएको बिहारमा पहिलो चरणको मतदनमा २ करोड १४ लाख ८४ हजार ७८७ ले मतदाता गर्दैछन् । यसमध्ये ४ लाख ४५ हजार ६२८ नयाँ मतदाता हुन् । बिहारको मतदानमा ५ सय ९९ जना तेस्रो लिंगी छन् । बिहारमा पहिलो चरणको मतदानका लागि ३१ हजार ३८० मतदान केन्द्र तयार गरिएका छन् ।

प्रतिबुथ १ हजार जनाले मतदान गर्ने छन् । कोरोना महामारीका कारण मास्क लगाउन र गम्छाले मुख ढाक्न अनिवार्य गरिएको छ भने दाहिने हातमा पञ्जा लगाउन मतदान केन्द्रमै व्यवस्था गरिएको छ ।
बिहारको यो निर्वाचनमा वर्तमान मुख्यमन्त्री नितिसकुमार, पुष्पम् प्रिया र लालु यादवका कान्छा छोरा तेजस्वी चर्चामा छन् ।

१२ कार्तिक २०७७, बुधबार १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..