प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि तनाव बढेको छ । सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि प्रदर्शन चर्किएको हो ।

घटनापछि आक्रोशित स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ३० सुरक्षाकर्मी घाइते भएका छन् । प्रदर्शन चर्कदै गएपछि सो शहरमा थप प्रहरी तथा नेशनल गार्ड खटाइएको छ ।

प्रहरीले भने हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेका कारण वाल्टरमाथि गोली चलाउनु परेको जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

फिलाडेल्फियाका नगर प्रमुख जिम केन्नीले गोलीकाण्डको भिडियोले कठीन प्रश्न उब्जाएको भन्दै जवाफ खोजिनुपर्ने बताएका छन् । केही समय अघि मिनेसोटामा पनि अस्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाभर प्रदर्शन चर्केको थियो ।

१२ कार्तिक २०७७, बुधबार १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..