हैदरावादसँग दिल्ली पराजित

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराईजर्स हैदराबादसामू दिल्ली क्यापिटल्स निरीह सावित भयो । हैदरावादले दिल्लीलाई ८८ रनले पराजित गर्यो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको दिल्लीले १९ ओभरमा अलआउट हुँदा १ सय ३१ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा सिम्रन हिटमायरले १६ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १र१ विकेट लिए ।

पराजित भएपछि दिल्ली लिग तालिकाको शीर्ष स्थानमा उक्लन सकेन । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ । जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ भने हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।

१२ कार्तिक २०७७, बुधबार १०:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..