चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् ।

अन्तरिक्ष यान सोफियामा रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको हो ।

एक घनमिटर चन्द्रमाको सतहमा १२ बोतल पानी बराबरको पानीको मलिक्यूल्स रहेको पाइएको नासाले बताएको छ । चन्द्रमामा फेला परेको पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्ने भन्न नसकिने नासाको भनाइ छ ।

नासाका प्रशासक जिम ब्रिडेनस्टाइनले चन्द्रमाका बारेमा थप जान्न वा सो प्रक्रियाका लागि भने पानी भेटिनु अति ठूलो उपलब्धी भएको बताइएका छन । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा हिउँ पाइएको थियो ।

अहिले भने चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको नासाले पुष्टि गरेको हो । यसले चन्द्रमाको सो सतहमा मानव वस्ती विकास गर्न सकिने देखिएको वैज्ञानिकहरुले बताएका छन् । पछिल्लो तथ्यांकले वैज्ञानिकले यसअघि गर्दै आएको चन्द्रमाको सतहमा पानी रहेको आंकलन पुष्टि भएको छ ।

११ कार्तिक २०७७, मंगलवार ०९:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..