कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ४ जना र प्रदेश एकका २ जना रहेका छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेमा कास्कीका २ र नवलपुरका २ जना रहेका छन् ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार मृत्यु हुनेमा पोखरा–५ का ५५ वर्षीय पुरुष, पोखरा–१५ की ७८ वर्षीया महिला, नवलपरासी गैंडाकोट नगरपालिका–५ का ७३ वर्षीय पुरुष र नवलपरासी कावासोती २ का ७७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ६३ वर्षीय पुरुष तथा सुनसरीकी ८३ वर्षीया महिला रहेकी छन् । शनिश्चरे–३ मोरङका पुरुष गत कातिक १ गते संक्रमण पुष्टि भइ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनलाई डाइबिटिजसम्बन्धी दीर्घरोग रहेको थियो । उनले आइतबार १० बजे निधन भएको हो । उता, धरान–१७ की महिलालाई आइतबार संक्रमण पुष्टि भएको थियो । उनलाई हाइपर टेन्सनको समस्या रहेको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ५३ पुगेको छ ।

१० कार्तिक २०७७, सोमबार १५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..