चेन्नईले बैंगलोरलाई हरायो

युएइ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी २० क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ ।

बैंगलोर महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएसँगै शीर्ष स्थानमा पुग्न असफल भएको हो ।

आइतबार भएको खेलमा विजयका लागि पाएको १४६ रनको चुनौती चेन्नईले १८ ओभर ४ बलमै २ विकेट गुमाएर पूरा गर्‍यो । रितुराज गाइकवाडले अविजित ६५ तथा अम्बाटी रायुडुले ३९ रन बनाए ।

यसअघि, खेलमा टस जितेर बैंगलोरले पहिले ब्याटिङ गर्दै विराट कोहलीको ५० तथा एबीडे भिलियर्सको ३९ रनको मद्दतले ६ विकेटको क्षतिको १४५ रन बनाएको थियो ।

साम कुरानले ३ विकेट लिए । ११ खेलबाट १४ अंक जोडेको बैंगलोर यो खेल जितेर ‘प्लेअफ’मा स्थान सुरक्षित गर्ने पहिलो टिम बन्न चाहन्थ्यो । प्लेअफ होडबाट बाहिरिएको चेन्नई भने यो सानदार जितले ८ अंकसहित सातौं स्थानमा पुग्न सफल भएको छ ।

१० कार्तिक २०७७, सोमबार ०८:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..