रियलसँग बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । क्याम्प नाउमा भएको सिजनको पहिलो भिड्न्तमा रियलले बार्सिलोनालाई पराजित गरेको हो ।

रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २(१ को अग्रता दिलाए । यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।

फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् । बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पाएको पेनाल्टीको अवसरमा रामोसले गोल गरेका हुन् ।

खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १३ अंक जोडेको छ । रियलको यो चौंथो जित हो । बार्सिलोनाको भने यो दोस्रो हार हो । ५ खेलमा ७ अंक जोडेको बार्सिलोना दशौं स्थानमा रहेको छ ।

९ कार्तिक २०७७, आईतवार ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..