राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । जीतसँगै हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा पुग्यो । उसले १० खेलको समाप्तिमा ४ जीत र ६ पराजयसँगै ८ अंक बटुलेको छ । पञ्जाव र राजस्थान रोयल्सको पनि समान ८ अंक छ ।

हैदरावादले टस जितेर राजस्थानलाई ब्याटिङको निम्तो दिएको थियो । उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसुङले सर्वाधिक ३६ रनको योगदान दिएका थिए । ओपनर रोविन उथ्थापालाई १९ रनमा जोनसन होल्डरले रनआउट गराएपछि राजस्थानको पतन सुरु भएको थियो । अर्का ओपनर बेन स्टोकले ३० रन बनाए भने कप्तान स्टिभन स्मिथले १९ रनको योगदान दिए । बंगोलका लागि होल्डरले ३ विकेट लिए ।

१ सय ५५ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बंगोलको सुरुवात राम्रो हुन सकेन । पहिलो र तेस्रो ओभरमै ओपनद्वय डेविट वार्नर र जोनी ब्रिटोनलाई गुमाए पनि त्यसपछि आएका मनिस पाण्डे र विजय शंकरले इनिङ सम्हालेका थिए । पाण्डेले ४७ बलमा ८३ र शंकरले ५१ बलमा ५२ रन बनाएका थिए । राजस्थानका लागि जफन आर्चरले दुई विकेट लिए ।

७ कार्तिक २०७७, शुक्रबार ०९:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..