अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले आफ्नो मत खसाली सकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हालका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन अमेरिकाको आगामी राष्ट्रपतिका लागि प्रतिस्पर्धामा छन् । पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् । तर केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता साँघुरो छ ।

चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ । सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो ।

अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत हो । ट्रम्पले लगातार महत्वपूर्ण राज्यहरुमा चुनावी सभा गरिरहेका छन् । तुलनात्मक रुपमा अति साना र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सुरक्षात्मक चुनावी कार्यक्रम गर्दै आएका बाइडेन भने गएको सोमबारदेखि चुनावी सभामा देखिएका छैनन् ।

उनले नेपाली समय अनुसार शुक्रबार बिहान हुने ट्रम्पसँगको दोस्रो तथा अन्तिम टेलिभिजन बहसको तयारी गरिरहेका छन् । बाइडेनका लागि चुनावी अभियानमा पूर्व राष्ट्रपति बाराक ओबामा सामेल हुन थालेका छन् ।

६ कार्तिक २०७७, बिहीबार १०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..