पार्टी एकीकरणको तयारीमा साझा र विवेकशील

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन मंगलबार दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ । एकीकरणका लागि दुबै पार्टीले गठन गरेका राजनीतिक संवाद समितिले वार्ताका निष्कर्षसहित संयुक्त प्रतिवेदन गत असोज २९ गते पार्टीका संयोजकहरूलाई बुझाइसकेका छन्।

एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएका हुन् । आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीयरकेन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरणको प्रक्रियाले पूर्णता पाउने ती दलको संवाद समिति संयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

४ कार्तिक २०७७, मंगलवार १७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच अर्जेन्टिनाको ब्युनस..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..