आईपीएलमा नाटकीय खेल

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले मुम्बाइविरुद्ध सुपरओभरमा जीत निकालेका हुन् ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ३ रनको लक्ष्य कोलकाताले चौथो बलमा पूरा ग-यो । इओइन मोर्गनले १ रन जोड्दा दुई रन अतिरिक्र पाएको थियो । त्यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादका डेभिड वार्नर शून्यमा तथा अब्दु सामद २ रनमा आउट भए । हैदराबादलाई अन्तिम ६ बलमा जितको लागि १८ रन आवश्यक परेको थियो । आन्द्रे रसेलले अन्तिम ओभरमा १७ रन खर्चिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यता, जितसँग पञ्जावले प्लेअफको सम्भावना कायमै राखेको छ । जारी आईपीएलमा मुम्बईको तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । मुम्बईको सुरुवात भने राम्रो हुन सकेन । ओपनिङ आएका कप्तान रोहित शर्मा व्यक्तिगत ९ रन बनाएर आउट भए ।

रोहित शर्मा आउट हुँदा मुम्बईको स्कोर २३–१ रहेको थियो । जवाफमा पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । यो जितपछि पञ्जावको ६ अंक भएको छ । हारपछि मुम्बईले फेरी शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जारी प्रतियोगितामा मुम्बईको तेस्रो हार हो । यस्तै आज राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्स् भिड्दै छन् ।

३ कार्तिक २०७७, सोमबार १०:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ।..

जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान..

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन..