फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिएपनि नेपालमा नै रहेका तर कोरोनाभाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत अप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दीपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो ।

सहयोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुसी लागेको बताउनुभयो । २७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ ।

आर्थिक सहयोगका लागि अमेरिकामा बस्दै आएका विभिन्न पूर्वखेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एकजना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

२ कार्तिक २०७७, आईतवार ०९:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..

आज राष्ट्रपतिसमक्ष दोलखा भीमसेनको महाप्रसाद आउँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोलखाको प्रसिद्ध मन्दिर भीमेश्वरको महाप्रसाद आउँदै छ।..

जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान..

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन..