आजदेखि सहुलियत पसल सञ्चालनमा

काठमाडौं । चाडपर्वलाई लक्षित गरी सरकारले आजदेखि खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उपत्यका र बाहिर गरी ६५ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्न लागिएको हो ।

यस्ता पसलबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी र खसीबोकामा छुट दिइनेछ । यस्ता पसल छठ पर्वसम्म सञ्चालनमा रहनेछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन र र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा यस्ता पसल सञ्चालन गर्न लागेका हुन् ।

त्यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनमा छुट दिने छ । विगतमा रामशाह पथमा एकीकृत सहुलियत पसल सञ्चालन गर्दै आएकोमा यो पटक भने राखिएको छैन ।

बढी भीड हुने आकलनले एकीकृत सहुलियत पसल नराखिने भएको हो । साल्ट र खाद्यका आफ्नै बिक्री केन्द्र र स्टलमार्फत उपभोक्ताले सहुलियतमा खाद्य सामाग्री खरिद गर्न पाउने बताइएको छ ।

१५ आश्विन २०७७, बिहीबार ०९:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..