शुल्क समायोजन नगरे निजी प्रयोगशालाले परीक्षण बन्द गर्ने

काठमाडौं । निजी प्रयोगशाला सञ्चालकले प्रयोगशाला सञ्चालन सम्बन्धी विवाद छलफलवाट नटुंग्याए शनिवारदेखि परीक्षण सेवा बन्द गर्ने निर्णय गरेका छन । सरकारले तोकेको शुल्क कार्यान्वयन नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएपछि निजी प्रयोगशाला सञ्चालकको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले भदौ २८ मा तोकिएको २ हजार रुपैयाँमा पीसीआर नगरे अनुमति खारेज गर्ने निर्णय गरेलगत्तै निजी प्रयोगशाला सञ्चालकहरूले तीन दिनको अल्टिमेटम दिएका हुन् ।

तीन दिन घाटा खाएर भएपनि पीसीआर परीक्षण गर्ने र त्यसपछि पनि समायोजन नगरिए सेवा बन्द गर्ने निर्णय प्रयोगशाला सञ्चालकको छ । सरकारले दुई हजार शुल्क निर्धारण गरेपनि निजी प्रयोगशालाले ३ हजार ८ सय ९९ देखि ४ हजार ४ सय रुपैयाँसम्म शुल्क लिँदै आएका छन् ।

बढी शुल्क लिने प्रयोगशालाले शुल्क समायोजन नगरे स्वीकृति खारेज गर्ने चेतावनी राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काठमाडौं उपत्यकामा १० वटा निजी प्रयोगशालालाई पीसीआरको अनुमति दिएको छ । देशैभरि ५६ वटा प्रयोगशालाले पीसीआर गर्न अनुमति पाएका छन् ।

१५ आश्विन २०७७, बिहीबार ०९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..