अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

उनले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएका थिए । रैदासकी श्रीमतीलाई फोन गरेर दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गर्न भनेका थिए ।

पटक-पटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि श्रेष्ठलाई अपहरण मुक्त गरेको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए । श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको बताइएको छ ।

श्रेष्ठले मलेसियामा गएका नेपाली कामदारलाई धम्क्याई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी समेत गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । मध्म रैदासलाई जस्तै अन्य घटनामा पनि संलग्न पाइएपछि श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

१४ आश्विन २०७७, बुधबार १५:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..