शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ वर्षको उमेरमा निधन भएपछि उनी नयाँ राजा चयन भएका हुन् ।

जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका शबाहको उपचारकै क्रममा निधन भएको हो । ८३ वर्षका शेख नवाफ अल–अहमद मृत्यु भएका शेखका सौतेनी भाइ हुन् ।

राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । सोही समयमा सौतेनी भाइ उत्तराधिकारी घोषित भएका थिए । शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनको उत्तराधिकारीको बारेमा छलफल हुनेछ ।

नयाँ राजा सामु तेल उत्पादनमा रहेको विरासतलाई कायमै राख्न चुनौती रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८० मा उनले आफु सहित अपहरण भएको विमान र यात्रु सकुसल रिहा गराएका थिए ।

१४ आश्विन २०७७, बुधबार ०९:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..