सम्झनाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा आज राजधानीमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा अलग अलग दुई समूहले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । यस्तै बलात्कारीलाई फेसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए । सम्झनाको बलत्कार र हत्याको घटनाले मुलुक स्तब्ध भएको छ ।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै उनका बाजेले शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दिएका थिए । बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिका गाउँकै शिव मन्दिरमा मृत फेला परेकी थिइन् । बालिकाको शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले बिहीबारै स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

शुक्रबार बालिकाका बाजेले राजेन्द्रविरुद्ध जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले जानकारी दिएका छन् ।

२०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी निर्मला पन्तको पनि बलत्कार पछि हत्या गरिएको आशंका गरिएको थियो तर अहिलेसम्म अपराधी पत्ता लगाउन सकिएको छैन । उनको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

१० आश्विन २०७७, शनिबार १८:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..