कोरोना संक्रमणबाट २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं । शनिबार १० हजार १९ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज शनिबार कोरोना संक्रमित थप भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् । यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा छन् ।

शुक्रबार १ हजार ३ सय १३ जनामा कोरोना भाइरसका सङ्क्रमित फेला परेका थिए । देशभर १२ हजार २६२ जनाको पिसीआर परीक्षण गर्दा १,३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्ति बिहीबार देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका थिए । बिहीबार ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १,४९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा ७२४ संक्रमित थप भए
पछिल्लो पटक काठमाडौं उपत्यकामा मात्रै ७ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मोरङमा ७८, सुनसरीमा २३, पर्सामा २४, दाङमा २८, बाँकेमा ३०, रुपन्देहीमा ७३, जनामा संक्रमण पुष्टि भएको छ ।

हाल मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देहीमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित छन । त्यस्तै रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन । पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ४७ जना संक्रमित कोरोनामुक्त भएका छन । योसँगै कोरोनामुक्त हुने संक्रमितको संख्या ५३ हजार १३ पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या ७३ दशमलब आठ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले देशभरका आइसोलेसनमा १८ हजार ३ सय ४१ जना संक्रमित रहेका छन । तिमध्ये १० हजार ५ सय ८ जना होम आइसोलेसनमा र ७ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेका छन । संक्रमितमध्ये २ सय २४ जनाको सघन उपचार कक्ष र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । देशका विभिन्न स्थानका आइसोलेसमा ६ हजार ३ सय ३१ जना बसिरहेका छन ।

कोरोना संक्रमण पहिचानका लागि हालसम्म ९ लाख ७८ हजार २ सय ३ पीसीआर परीक्षण गरिएको छ । कोरनो संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ८ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका दुई, सप्तरी, भक्तपुर, मकबानपुर, ललितपुर, रुपन्देही र कैलालीका एक–एक पुरुष रहेका छन । योसँगै संक्रमणवाट ज्यान गुमाउनेको संख्या ४ सय ६७ पुगेको छ ।

१० आश्विन २०७७, शनिबार १८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..