हुम्लामा चीनले सीमा मिच्यो भन्दै जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । हुम्लामा चिनले नेपाली भूमी मिचेको भन्दै जनकपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि जनकपुरमा युवा नेपाल समिति प्रदेश नम्बर २ ले विरोध प्रदर्शन गरेको हो ।

युवा नेपाल समिति प्रदेश २ का संयोजक मोहन सिंहको नेतृत्वमा प्रदर्शनमा सहभागीहरुले चिन विरुद्ध नारावाजी गर्दै ब्याक अफ चाइना, चिनियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमी फिर्ता गर, पुरानो सन्धी लागु गर, चाईनिज साम्राज्यवाद मुर्दावाद, केपी ओली मुर्दावाद, लगायतका नारा लगाएका थिए ।

युवाहरुको समूहले चिनिया अतिक्रमण बिरुद्ध निकालेको बिरोध -याली जनकपुरधामको रामानन्द चोकबाट सुरु भई जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चिनिया अतिक्रमणबिरुद्ध नेपाल सरकारसमेत मौन रहेको समयमा चिनिया साम्राज्यवाद बिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।

युवा गुड्डु पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत तर्फबाट होस वा चिनतर्फबाट नेपाली भूमिको अतिक्रमण बिरुद्ध आवाज उठाउन आफै सदैव तयार रहेको बताए । त्यस्तै, अर्का युवा सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद रहेको बताए ।

कोणसभामा युवा नेताहरु अजय साह, आशुतोष झा नवीन सहितकाले समेत चिनिया अतिक्रमण विरुद्ध आ आफ्नो धारणा राखेका थिए ।

१० आश्विन २०७७, शनिबार १०:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..