कुवेतमा महिला कामदारको अवस्था -सृजना तिवारी

विश्व भरिका कुनै पनि एक मुलुकको श्रम शक्ति अर्को मुलुकमा रोजगारीको लागि जाने क्रमलाई बैदेशिक रोजगार भनिन्छ । बैदेशिक रोजगार ऐन,२०६४ ले वैदेशिक रोजगारलाई ” कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्छ ।” भनी परिभाषित गरेको छ । विगत केही वर्ष यता रोजगारीका लागि विदेशिने महिलाहरुको संख्या दिन प्रति दिन बढि रहेको छ र वैदेशिक रोजगार महिलाको लागि पनि आफ्नो परिवारको आर्थिक स्थिति र जीवनस्तर सुधार गर्ने एक राम्रो विकल्पको रुपमा अगाडि आएको छ । संयुक्त राष्ट्रसंघीय तथ्याङ्क अनुशार विश्वका ८ करोड भन्दा बढि महिलाहरु हाल वैदेशिक रोजगारमा संलग्न छन् । नेपालमा मात्र नभई विकसित मुलुकमा समेत कूल कामको ६० प्रतिशत काम महिलाले गर्दछन् । तर उनीहरुले कूल पारिश्रमिकको १० प्रतिशत मात्र पाउँछन् भन्ने कुरा अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २००३ मा सार्वजनिक “काममा असमानता सम्बन्धी” प्रतिवेदनले देखाएको छ । समान कामको लागि समान ज्यालाको माग बढ्रदै गएता पनि यथार्थमा अझै पूर्ण रुपमा कार्यान्वयनमा आई नसकेको अवस्था छ । आधिकारिक तथ्याङ्क नभएता पनि भारतमा मात्र ४० देखि ६० लाख र अन्य मुलुकमा लगभग ४५ देखि ४७ लाख नेपालीहरु वैदेशिक रोजगारमा कार्यरत रहेको अनुमान गरिएको छ । जस मध्ये ११ प्रतिशत नेपाली महिला कामदारहरु रहेको अनुमान छ । UN Women को एक अध्ययन अनुशार नेपालमा विप्रेषणबाट ७० अरब नेपाली रुपयाँ भित्रिएको उल्लेख छ । तसर्थ वैदेशिक रोजगारलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड भन्दा कुनै अतिशयोक्ति नहोला ।
बैदेशिक रोजगारमा खास गरी खाडी मुलुकमा महिलालाई घरेलु कामको लागि जान नेपाल सरकारले कुवेतमा कानी शेर्पाको हत्या पछि २०५४ सालमा रोक लगाएको थियो । तर नेपाल सरकारले कानूनी रुपमा नेपाली महिलालाई घरेलु कामदारको रुपमा खाडी मुलुकमा जान रोक लगाए पछि गैर कानूनी रुपमा भारतको बाटोबाट महिलाहरु खाडी मुलुक जाने क्रममा झन बृद्घि हुन गयो । तत्काल उक्त प्रतिवन्ध खारेज गरिएन् फलस्वरुप गैर कानूनी रुपमा खाडी मुलुकमा जाने क्रममा वृद्धी हुँदै गयो । गैर कानूनी रुपमा जाने Un-Documented कामदारको संख्या बृद्धी एवं उनीहरुले पाएको शारिरीक र मानसिक यातनाका कुराहरु पत्रपत्रिका मार्फत प्रचार प्रसारमा आए पछि नेपाल सरकार,महिलाको हक हितको पक्षमा वकालत गर्ने सघं संस्था, आप्रवासन सम्बन्धी काम गर्ने राष्ट्रिय अन्तराष्ट्रि संघ संस्था संगको अन्तर्किया एवं छलफल पछि पुन २०६४ सालबाट कानूनी रुपमा वैदेशिक रोजगारमा भएको लैंिगक विभेद पूर्ण रुपमा खारेज गरीे महिलालाई पनि पुरुष सरह वैदेशिक रोजगारमा जान सक्ने सुनिश्चितता नेपाल सरकारले प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा पारित घरेलु कामदार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १८९ ले घर भित्र सम्पादन गरिने कामलाई घरेलु काम भनी परिभाषित गरेको छ । घरेलु काम अन्तर्गत घरको सरसफाई, पकाउने,लुगाधुने,इस्त्रीलगाउने,वालवालिका,वृद्घ,वृद्घा,विरामीकोस्याहारगर्ने,कार्य,वगैचे,पाले,चौकीदार,घरकोे सवारी चालक तथा घरपालुवा जनावरको हेरचाह गर्ने जस्ता कार्य पर्दछ । घरेलु कामदारको रुपमा त्यस्तो व्यक्तिलाई मात्र मान्यता प्रदान गरिएको हुन्छ जसले उक्त कामको लागि कुनै रोजगारदातासंग कामको सम्बन्ध(employment relationship) कायम गरेको हुन्छ । अर्थात् रोजगारदातासंग गरेको घरायसी कामको संझौताको आधारमा काम गर्दछन् । यदाकदा गरिने सहयोगलाई घरेलु कामदारको रुपमा समावेश गरिदैन ।
वर्तमान प्रचलन अनुशार वास्तवमा घरेलु कामलाई अनौपचारिक कामको रुपमा लिईन्छ र यसलाई श्रम कानूनले समेत समेट्दैन जसले गर्दा पिडितलाई न्याय दिलाउन समेत कठिन हुने गरेको छ । ठूलो संख्यामा नेपाली महिलाहरु घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीकोलागि इजरायल,मलेशिया,कुवेत,साउदी अरब, यु.ए.ई,कतार लेवनान,ओमान,जोर्डन,हङ्गकङ्ग आदि जस्ता खाडी लगायत अन्य राष्ट्रहरुमा जाने गरेको पाईन्छ । नेपालीहरु आफ्नो देशमा रोजगारीको अभाव तथा जीवनोपयोगी सीपको कमीले गर्दा विदेशमा गएर कठिन भन्दा कठिन काम अर्थात Dirty, Difficult, Dangerous काम गर्न वाध्य छन् । त्यसै गरी कुवेतमा घरायसी काम काजको लागि आउने महिलाहरुको आफ्नै कथा व्यथाहरु छन् । खास गरी नेपाली समाजबाट तिरस्कृत, घरेलु हिंसाबाट पिडित एवं ज्यादै न्युन आर्थिक स्थिति भएका महिलाहरु ज्यानकै बाजी लगाएर र केही कम उमेरका महिलाहरु वराल्लिएर पनि घरेलु कामको लागि खाडी मुलुक जाने गरेका छन् । यस बाहेक मानव तस्करद्वारा ललाई फकाई झुक्याएर ल्याइएका महिलाहरुको संख्या पनि ठूलो छ ।
कुवेतमा महिला कामदारको अवस्था
वास्तवमा कुवेतमा महिला कामदारको अवस्था धेरै मात्रामा नाजुक रहेको देखिन्छ । घरेलु कामको निश्चित सीमा नहुने हुनाले कामदारले गर्नुपर्ने कामको सीमा तोकिएको हुदैन जसले गर्दा कामदारले १६ घण्टा भन्दा बढि समय काममा जोतिनु पर्ने,वा उनीहरुलार्इृ अत्याधिक कामको बोझ रहेको छ । कुवेतमा महिला कामदारको अवस्थालाई देहायअनुशार उल्लेख गर्न सकिन्छः
१. श्रम कानूनले घरेलु कामदारलाई नसमेट्ने हुनाले कामदारले घर मालिकको दूAर्यवहार सहनु पर्ने वाध्यता छ । पिडितले न्याय पाउने उपाए सजिलो छैन ।
२. केही कामदारले करार पत्रमा तोकिए वमोजिमको पारिश्रमिक नपाउने वा समयमा नपाउने समस्या पनि रहेको छ । ८ वर्ष देखि एउटै घरमा काम गरेर एक के.डी तलब नलिई उल्टै चोरीको मुद्दा खेपी रित्तो हात नेपाल फर्किनु परेको अवस्था पनि पाईएको छ । कतिपय कामदारलाई तलब नदिई तलब बुझेको भर्पाइमा जबरजस्ती सही गराएको पाईएको छ ।
३. घर भित्र सुरक्षित वातावरणको अभावले गर्दा कुनै घरमा महिला कामदारहरु भौतिक,मानसिक,शारीरिक तथा यौन शोषणमा परिरहेका छन् । कुवेतमा घरेलु कामदार माथिको दुव्र्यवहारले विकराल रुप लिई रहेको अवस्था छ । केही कामदार मरणासन्न हुने गरी कुटपिटको शिकार भएका छन्,तातो आईरनले डामीएका छन् भने केही महिलाले मानसिक सन्तुलन गुमाई रहेको अवस्था पनि छ ।
४. महिला कामदारहरु घर मालिक एवं उनीहरुका आफन्तबाट समेत बलात्कृत भईरहेका केही उदाहरण पनि छन् । घरबाट भागेर आउने क्रममा ड्राईभरबाट समेत वलात्कृत भईरहेको अवस्था छ ।
५. कार्य समयको निर्धारण नहुनाले समयमा खान र आराम गर्न नपाईने अवस्था, कतिपय कामदारले आफै किनेर खाना खानु पर्ने वाध्यता र समय अनुशारको लगाउने लुगाको अभाव जस्ता समस्याहरु रहेका छन् ।
६. घरेलु कामदारका राहदानी घर मालिकले राख्ने गरेकोले पनि महिला कामदारहरु चरम शोषणमा पर्ने गरेका छन् ।
यति हुँदा हुँदै पनि केही कामदारको अवस्था भने राम्रो रहेको पनि पाईएको छ । कामदारलाई नेपालमा जग्गा किनेर घर बनाईदिने , युरोप, अमेरीका भ्रमणमा जाँदा संगै लैजाने एवं घरको परिवारको सदस्य जस्तै गरी ममता र स्नेह दिएको पनि पाईएको छ । केही महिला कामदार नेपालमा घर परिवारसंग सम्पर्क समेत नगरी कुवेतीको घरमा रमाएर वसेको समेत भेटिएको छ ,नेपालमा किन सम्पर्क नगरेको भन्दा “नेपालबाट आईज भन्छन तर मलाई यहाँ राम्रो छ” भनी जवाफ दिने गरेको पाईएको छ । समष्टिगत रुपमा कुवेतमा घरेलु महिला कामदारको अवस्था नाजुक हुनुमा स्वयं कामदार पनि जिम्मेवार रहेको देखिन्छ ।
कामदार स्वयंम बाट उत्पन्न्न समस्याहरूः
क. अत्यधिक महिला कामदारसंग मोवाईल फोन हुने गरेको र नेपाली केटाहरुसंग रातभरि टेलिफोनमा कुरा गर्ने गरेको र घर मालिकले थाहा पाई शारीरिक एवं मानसिक यातना दिने गरेको उदाहरण प्रशस्त छन् ।
ख. टेलिफोनको माध्यमबाट माया प्रिती गास्ने र घरबाट भागेर गैर कानूनी रुपमा बाहिर पति पत्निको रुपमा रहने प्रचलन बढ्दो रहेको छ । टेलिफोनको कारणले पनि मानसिक एवं शारिरीक यातना पाउने गरेको र घरबाट भाग्ने क्रममा बृद्घी भईरहेको छ ।
ग. महिला कामदार एउटै घरमा काम गर्ने खास गरी डा«ईभरसंग नजिकिने गरेको कारणले पनि घरमा शारिरीक एवं मानसिक यातना पाएको अवस्था छ ।
घ. घरको फोहर फ्याक्न जाने क्रममा आफ्नो घरको दाँया वाँया घरमा काम गर्ने वंगाली लगायत विदेशीहरुसंग सम्पर्क बढाउने गर्नाले पनि घर मालिकबाट यातना पाउने गरेका छन् ।
ङ. घर मालिकको आज्ञा विपरित काम गर्नाले, भाषाको ज्ञानको कमीले पनि कामदारले यातना पाएको अवस्था छ ।
च. राहदानीमा उमेर बढाएर आएका कलिलो उमेरका वालिकाहरु र नक्कली राहदानीमा आउने महिला बढि पिडित भएका छन् ।
सरकारी स्तरबाट पहल गर्न सकिने उपायहरु
(
क) वैदेशिक रोजगारको क्रममा प्रदान गरिने अभिमुखीकरण तालिम प्रभावकारी वनाउने ।
(
ख) वैदेशिक रोजगारको विकल्पमा महिलाहरुको लागि देश भित्र प्रभावकारी रोजगारीमूलक कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्ने ।
(
ग) राष्ट्रिय अर्थतन्त्रमा नेपाली महिला कामदारहरुले पनि महत्वपूर्ण योगदान गरेको भएता पनि राष्ट्रियस्तरमा यसलाई गम्भीरतापूर्वक पहिचान गर्ने ।
(
घ) वैदेशिक रोजगारमा व्यक्तिगत रुपमा बढी जाने र संस्थागत रुपमा कम जाने प्रवृत्तिलाई रोक्नु पर्ने ।
(
ङ) महिलाहरुमाथि हुने विविध खालका घरेलु हिंसा न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने ,उद्घार,आर्थिक सहयोग तथा क्षतिर्र्पूिर्त जस्ता समस्या समाधान गर्ने ।
(
च) अवैध दलालहरुलाई नियन्त्रण गर्ने र उनीहरुलाई कारवाही गर्ने कडा संयन्त्र बनाउने ।
(
छ) नेपाली महिला कामदारलाई कुवेतमा भएको कफला प्रणालीबारेमा पूर्ण ज्ञान दिने ।
(
ज) सरकारी संयन्त्रबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने ।
(
झ) अदक्ष भन्दा दक्ष कामदार पठाउन सरकार बढी तदारुक हुनु पर्ने ।
(
ञ) पासपोर्ट वितरणमा हुने गरेको अनियमितता (उमेर बढाएर पासपोर्ट लिने कार्य) लाई निरुत्साहित गर्नु पर्ने ।
(
ट) नेपाल सरकार र कुवेत सरकार वीच कामदारको सम्बन्धमा द्वीपक्षिय संझौता गर्ने ।
(
ठ) विदेशबाट फर्किएका महिलाहरुको चरित्रमा आशंका गर्ने,अपहेलना गर्ने आदि जस्ता सामाजिक प्रवृत्तिको कारणले महिला कामदारले बढी मात्रामा सामाजिक मूल्य चुकाउनु परेको छ । समाजमा स–सम्मान पुनःस्थापना,पारिवारिक एकीकरण र मर्यादित जीवन निर्वाहको लागि सरकारबाट प्रभावकारी कार्यक्रम तर्जुमा एवं कार्यान्वयन हुन नसकेको कारणले महिलाहरु पुनः वैदेशिक रोजगारका लागि विदेशिने र पारिवारीक विखण्डन हुने क्रम बढि रहेको छ । यसलाई न्यूनीकरण गर्न ठोस उपायहरु अपनाउने र यथार्थपरक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक छ ।
कुवेतस्थित एजेन्सीहरु र उनीहरुका दलालको कमी कमजोरी
(
अ) घरेलु कामदारको यथार्थ स्थितिको बारेमा जानकारी नदिई मीठा मीठा सपना मात्र बाड्ने गरेको ।
(
आ) घरमा काम गर्न नसकी कफला अवधि भित्र भागेर सम्बन्धीत एजेन्सीको अफिस आएका महिला कामदारलाई शारिरीक एवं मानसिक यातना दिने गरेको ।
(
इ) कफला अवधि अर्थात जिम्मेवारीको अवधि सकिए पछि कामदारलाई भाग्न प्रेरित गर्ने गरेको र कफला अवधि पश्चात आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति ।
(
ई) काम गर्न आएका वा कामबाट भागी आएका कामदारलाई विभिन्न प्रकारले शोषण गर्ने गरेको भन्ने वारम्वार उजुरी पर्ने गरेको ।
(
उ) कामदारलाई छोटो अवधिको लागि काममा पठाई आर्थिक शोषण गर्ने जस्ता गैर कानूनी काम गर्ने गरेको ।
(
ऊ) प्रतिबन्ध हटे पछि पनि अझै अवैध तरीकाले कामदार ल्याउने काममा संलग्न रहनु ।
समाधानका केही उपायहरु
महिला घरेलु कामदारको अवस्थामा सुधार ल्याउन वैदेशिक रोजगारमा संलग्न सबै पक्ष (नेपाल सरकार,एजेन्सी र स्वयं कामदार ) अनुशासित नभई वैदेशिक रोजगार सुरक्षित,व्यवस्थित एवं मर्यादित हुन सक्दैन । सबैले आ आफ्नो तर्फबाट ईमान्दार भई काम गरेमा मात्र वैदेशिक रोजगारबाट प्रत्यक्ष रुपमा फाईदा लिन सकिन्छ । कामदार पठाउने स्रोत मुलुकमा मात्र सुधार गरेर घरेलु कामदार सुरक्षित हुन सक्दैन्न,रोजगारदाता मुलुकबाट पनि कामदारलाई संरक्षण हुनुपर्छ । त्यसको लागि रोजगारदाता मुलुकले घरेलु कामलाई कानुनी मान्यता प्रदान गर्ने अर्थात श्रम कानूनमा समावेश गर्ने,घरेलु कामको लागि सरकारले करारपत्र जारी गर्ने (जसमा कामदारको पारिश्रमिक,आवास,खाना,आराम समय,हप्तामा एक दिन अनिवार्य विदा,वार्षिक तलबी बिदा,उपचार खर्च,हवाई टिकट उपलब्ध गराउनु पर्ने लगायतका कुराहरु समावेश गरेर), कामदारको राहदानी घरमालिकले राख्न नपाउने व्यवस्था गरेर पनि घरेलु कामलाई सुरक्षित,व्यवस्थित एवं मर्यादित बनाउन सकिन्छ ।
वैदेशिक रोजगारमा महिला माथि हुने शोषण एवं ठगीलाई नियन्त्रण गर्न स्थानियस्तरबाटै वैदेशिक रोजगार सम्बन्धी सचेतना अभिवृद्धी गर्न विभिन्न किसिमका सचेतनामूलक गतिविधिहरु सञ्चालन गर्ने, नागरिक सचेतना केन्दहरु सञ्चालन गर्ने र वैदेशिक रोजगारमूलक सूचनाहरु सम्प्रेषण गर्ने, वैदेशिक रोजगारमा जान चाहने र वैदेशिक रोजगारको क्रममा पीडित भई फर्केका महिलाहरु वीच अन्तरकृया गराउने, महिलाहरुको लागि स्वदेशमा नै काम गर्न सक्ने वातावरणको सृजना गर्ने, सीप मुलक तालिम प्रदान गर्ने,वैदेशिक रोजगारबाट फर्केका कामदारका लागि पुनःएकीकरण र मर्यादित जीवन निर्वाहका लागि सहजीकरण गर्ने,स्रोत मुलुक र गन्तव्य मुलकमा रहेका आधिकारीक एजेन्सी वीच द्वीपक्षिय श्रम सम्झौता गर्ने,राम्रो काम गर्ने एजेन्सीको मूल्यांकन गरी पुरस्कृत गर्ने जस्ता कार्यहरु गर्न सक्यौ भने पनि केही हद सम्म वैदेशिक रोजगारबाट हुन सक्ने ठगी एवं शोषणलाई नियन्त्रण गर्न सकिन्छ
(
सृजना तिवारी
विश्व भरिका कुनै पनि एक मुलुकको श्रम शक्ति अर्को मुलुकमा रोजगारीको लागि जाने क्रमलाई बैदेशिक रोजगार भनिन्छ । बैदेशिक रोजगार ऐन,२०६४ ले वैदेशिक रोजगारलाई ” कामदारले विदेशमा पाउने रोजगार सम्झनु पर्छ ।” भनी परिभाषित गरेको छ । विगत केही वर्ष यता रोजगारीका लागि विदेशिने महिलाहरुको संख्या दिन प्रति दिन बढि रहेको छ र वैदेशिक रोजगार महिलाको लागि पनि आफ्नो परिवारको आर्थिक स्थिति र जीवनस्तर सुधार गर्ने एक राम्रो विकल्पको रुपमा अगाडि आएको छ । संयुक्त राष्ट्रसंघीय तथ्याङ्क अनुशार विश्वका ८ करोड भन्दा बढि महिलाहरु हाल वैदेशिक रोजगारमा संलग्न छन् । नेपालमा मात्र नभई विकसित मुलुकमा समेत कूल कामको ६० प्रतिशत काम महिलाले गर्दछन् । तर उनीहरुले कूल पारिश्रमिकको १० प्रतिशत मात्र पाउँछन् भन्ने कुरा अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २००३ मा सार्वजनिक “काममा असमानता सम्बन्धी” प्रतिवेदनले देखाएको छ । समान कामको लागि समान ज्यालाको माग बढ्रदै गएता पनि यथार्थमा अझै पूर्ण रुपमा कार्यान्वयनमा आई नसकेको अवस्था छ ।

९ भाद्र २०६९, शनिबार ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..