के काठमाडौं अब असुरक्षित भएकै हो त ?

काठमाडौं । कोरोनाको संक्रमणका हिसावले काठमाडौं उपत्यका हट स्पट बनेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण दर १० प्रतिशतभन्दा बढी हुनुलाई खतराको संकेत भनेको छ तर नेपालमा १२.८२ प्रतिशत पुग्दा पनि सरकारले परीक्षणको दायरा बढाएको छैन ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ माघ गते नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएका थिए । दोस्रो संक्रमित त्यसको दुई महीनापछि अर्थात् चैत ९ मा भेटिएका थिए । सुरुमा चीनबाट करिब १७८ जना नेपाली ल्याउँदा सरकारले निकै सतर्कता अपनाएको थियो ।

छ महीनापछि अर्थात असोज ९ गते बिहानसम्ममा ६९ हजार ३०१ जना संक्रमित पुगिसकेका छन् । संक्रमितमध्ये ५० हजार ४११ जनालाई कोरोना निको भैसकेको छन् भने ४ सय ५३ जनाको निधन भैसकेको छ ।

उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । बिहीबार थप ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएपछि उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ३ सय ३१ पुगेको हो ।

सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएका छन् । बिहीबारसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ६२ पुगेको छ । यस्तै, भक्तपुरमा १७ सय ४२ र ललितपुरमा १८ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । यसैबीच काठमाडौंमा उपत्यकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ सय २२ पुगेको छ ।

बिहीबार मात्रै उपत्यकामा थप ६ जना कोरोनाबाट मृत्यु भएका छन् । काठमाडौंमा कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै जनाको मृत्यु भएको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ । ललितपुरमा १७ र भक्तपुरमा १९ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ५० प्रतिशत सक्रिय संक्रमितहरु काठमाडौंमा रहेका छन् । गएको चार दिन यताको मात्र उपत्यकाको कोरोना संक्रमित संख्याको विश्लेषण गर्दा घट्दो छैन संक्रमण फैलिदो देखिन्छ ।

असोज ५ गते सोमबार : उपत्यकाको तीन जिल्लामा काठमाडौं ५ सय ३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना संक्रमित गरी ६ सय ७४ जनामा कोरानाको संक्रमण देखिएको थियो ।

असोज ६ गते मंगलबार : उपत्यकामा मात्र ६ सय ४७ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित देखिएका थिए ।

असोज ७ गते बुधबार : उपत्यकामा ६ सय ३७ जना कोरोना संक्रमितमध्ये काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा कोरोना संक्रमित भएका थिए ।

असोज ८ गते बिहीबार : उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ५५ जनामा कोरोनाको संक्रमण भएको थियो । काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना संक्रमित छन् ।

नयाँ अध्ययनले झ्याल–ढोका थुनी एसी चलाएर बस्नु असुरक्षित मानिएको छ । पहिला कोरोना थुकको छिटाबाट सर्छ भनिन्थ्यो, अब छिटाभन्दा पनि साना कण एरोसोलबाट पनि सर्छ भन्ने नयाँ कुरा आएको छ । यो मुखबाट निस्किएको बाफ हो, भेन्टिलेसन नभएको कोठामा केही बेर संक्रमित मानिस बस्यो भने कीटाणुले कोठा भरिन्छ र अरुलाई सर्छ डा. सुशील कोइरालाले केही दिनअघि भनेका थिए । लकडाउन र निशेधाज्ञा खुलेको पनि धेरै दिन भैसकेको छ । सबै गतिविधि पूर्ववत अबस्थामा चल्न थालिसकेका छन् । के काठमाडौं अब असुरक्षित भएकै हो त ?

९ आश्विन २०७७, शुक्रबार ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..