बिहीबार एकै दिन १७ को निधन, १,४९७ कोरोना संक्रमित

काठमाडौं । बिहीबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको हो । हिजो बुधबार उपत्यकामा ६ सय ३७ जना कोरोना संक्रमित थप भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा कोरोना संक्रमित थप भएका थिए ।

बिहीबार देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १,४९७ जनामा कोरोनाको संक्रमण भएको देखिएको हो । बिहीबार कोरोना भाइरस संक्रमणमुक्त भई ४ सय ५७ जना डिस्चार्ज भएका छन् । बिहीबार ४ बजेसम्ममा ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएका छन् । बिहीबार साँझसम्ममा देशभर संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ ।

हिजो बुधबार देशभरका प्रयोगशालामा ९ हजार ४५९ नमुना परीक्षण गदा ११ सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ४ सय २६ महिला र ७ सय ४६ पुरुष गरी जम्मा १,१७२ जनालाई संक्रमण भएको थियो । अस्ति मंगलबार ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमणबाट १७ जनाको ज्यान गयो
कोरोनाको संक्रमणबाट बिहीबार ८ गते १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ पुरुष र ५ महिला छन् । मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौंकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । बिहीबार मृत्यु भएका १७ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५३ जना पुगेको छ ।

८ आश्विन २०७७, बिहीबार १८:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय जनताप्रति गैरजिम्मेवार..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..

सांसदलाई दिएको दशैं पेस्की फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ ।..

प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरू डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय..