पहिरोमा परी स्याङ्जामा १० जनाको मृत्यु

स्याङ्जा । लगातार परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरोका कारण एकै परिवारका नौ जनाको मृत्यु भएको छ । घरमाथिबाट गएको पहिरोले घर पुरिँदा वालिङ नगरपालिका–१४ तमादीमा नौ जना र कालीगण्डकी गाउँपालिका–४ मा एक गरी १० जनाको मृत्यु भएको छ । पहिरोमा परी तमादीका एकै परिवारका चार जना महिला, चार जना पुरुष र एक जना बालकको ज्यान गएको हो ।

पहिरोमा परि ४८ बर्षकी माया नेपाली, ६० बर्षकी सानु नेपाली, जेठो छोरा बर्ष ३० का दीपक नेपाली, साईलो छोरा कुलदीप नेपाली, कान्छो छोरा ९ बर्षीय बिवस नेपाली, कुलदीपकी श्रीमती बिनिता नेपाली, कुलदीपको एक बर्षको छोरा शिशिर नेपाली, र पाहुना आएकी उमाकला नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा पुरिएकी १७ वर्षीया मनिषा नेपालीलाई जिवितै उद्धार गरी गह्रौ अस्पताल वालिङमा सामान्य गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पाहुना बस्न मायाको घरमा आएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका(४ गौतमडाडामा पहिरोका कारण एक किशोरको मृत्यु भएको छ । स्थानीय बाबुराम दमाई र जगत बहादुर दमाईको घर माथिबाट पहिरो झरी दुवै घर पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । बाबुरामको छोरा बर्ष १६ को बिष्णु दमाइको पुरिएर मृत्यु भएको हो । पहिरोबाट विष्णुलाई प्रहरीले मृत अवस्थामा फेला पारेको थियो ।

८ आश्विन २०७७, बिहीबार १५:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..