मुम्बईसामु कोलकाता निरीह

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । यो सिजनको उद्घाटन खेलमा चेन्नई सुपर किंग्ससँग हारेको मुम्बईले बुधबार राति भएको आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो ।

आबुधाबी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ८० रन तथा सूर्यकुमार यादवले ४७ रन बनाए ।

कोलकताका शिवम माभीले २ विकेट लिए । जवाफमा १९६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनमात्र बनाउन सक्यो । आईपीएल क्रिकेटमा बिहीबार राति किंग्स इलेभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

८ आश्विन २०७७, बिहीबार ११:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..