पहिरोमा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

वालिङ । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् । माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

८ आश्विन २०७७, बिहीबार ११:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..