प्रा डा केसीसँग तत्काल वार्ता शुरु गर्न अपिल

काठमाडौं । नेपाली कांग्रेसले अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग अपिल गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र प्रा डा केसीका माग पूरा गर्दै जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ ले मार्गप्रशस्त गरेकाले वर्तमान सरकारले इमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने जनाउनुभएको छ ।

डा केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले अपिल गरेको छ ।

७ आश्विन २०७७, बुधबार १९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..